३० पुस, हेटौंडा । मकवानपुरको कैलाश गाउॅंपालिकाले हरेक गाउॅंसभामा गर्दै आएको चेली प्रोत्साहन कार्यक्रमलाई निरन्तरता दिएको छ भने योग्दान पुर्याउने विभिन्न व्यक्ति,कर्मचारीलाई सम्मान गरेको छ । पालिकाको १७ औ हिउँदे अधिवेशनमा ७ जना चेलीहरुलाई सम्मान गरेको हो ।
सभामा चेली प्रोत्साहन कार्यक्रम अन्तरगत चेलीहरु सहित विभिन्न क्षेत्रका कर्मचारी र व्यक्तिहरुलाई नगद सहित सम्मान गरिएको थियो । १२ कक्षा उतिर्ण पश्चात २० वर्ष पुरा भई विवाह गर्ने ७ जना चेलीहरुलाई नगद वीस हजार सहित सम्मान गरिएको थियो । सम्मानित हुनेमा कैलाश-९ की आइस्का थापा, कैलाश १० की कुमारीमाया स्याङ्तान र एस्तर प्रजा, कैलाश १ की विमला थापामगर र रीता थापामगर, कैलाश २ की पुष्पा प्रजा, कैलाश ५ की सिर्जना दर्लामीमगर रहेका छन् । त्यसैगरी स्वास्थ्यतर्फ नामटार स्वास्थ्य चौकीकी सिनियर अनमी नानीमैया सत्याल, लिच्चे आधारभूत स्वास्थ्य चौकीका हेल्थ असिस्टेन्ट सरफोदिन राउत गद्दी र गोगने स्वास्थ्य चौकीका कार्यालय सहयोगी टोलकुमारी सुवेदीलाई नगद सहित सम्मान गरिएको थियो ।
यसैगरी प्रशासन तथा प्राविधिकतर्फ कैलाश गाउँपालिकामा कार्यरत सहायक महिला विकास निरीक्षक रमिला सापकोटा, कृषि प्राविधिक उमेश गुरुङ, कार्यालय सहयोगी भाइविक्रम मल्ल, कैलाश ९ मा कार्यरत सव इन्जिनियर धिरेन्द्र राई, कैलाश २ का वडा सचिव नितेश कुमार यादव, कैलाश १ का सामाजिक परिचालक राजकुमार मुक्तान, कैलाश ८ का कार्यालय सहयोगी विशाल मुक्तानलाई नगद सहित सम्मान गरिएको थियो ।
त्यस्तै, शिक्षा क्षेत्रतर्फ एसईइमा उत्कृष्ट नतिजा ल्याउने विद्यालयमा कमलादेवी माध्यमिक विद्यालय, एसईइमा उत्कृष्ट अंक ल्याउने आयुष्मा घिसिङ, यमबहादुर गुरुङ र स्वर्णिम स्याङ्बो, कक्षा १२ मा उत्कृष्ट अंक ल्याउने अरुणा घलानलाई नगद सहित पुरस्कृत गरिएको थियो । यसैगरि सेवा निवृत पूर्व प्रअ मोहन शिवाकोटी, प्रधानाध्यापकद्धय देवेन्द्र प्रसाद यादव र निर्मला सिन्तान, शिक्षकमा प्रावितर्फ सन्तोषी साह र लक्ष्मण प्रसाद बर्तौला, निमावितर्फ मञ्जुकुमारी कार्की र परमानन्द झा, प्रारम्भिक वाल विकास सहजकर्तातर्फ बुद्धिमाया मुक्तान, विद्यालय कार्यालय सहयोगीद्धय सिंह बहादुर प्रजा र पदमराज रुम्बालाई नगद सहित सम्मान गरिएको थियो । त्यसैगरी सञ्चारकर्मीतर्फ प्रष्टखबर डटकमका वरिष्ठ संवाददाता सुनिल शिवाकोटी, निर्माण व्यवसायीतर्फ पल्भिस कन्स्ट्रक्सन एण्ड सप्लायर्सका सञ्चालक सुनिल शर्मा, उपभोक्ता समितितर्फ वाक्सिराङ कालिका मन्दिर संरक्षण उपभोक्ता समिति कैलाश ८ का अध्यक्ष वीरबहादुर लोप्चन, मेडपा उद्यमीतर्फ रेशम थिङ, कृषकतर्फ सुर्यबहादुर थिङलाई नगद सहित सम्मान गरिएको थियो । गाउँसभा पालिका अध्यक्ष लोक बहादुर मुक्तानको सभाध्यक्षतामा भएको हो ।
९ कार्तिक, हेटौंडा । नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि शुरु हुँदैछ । प्रतियोगिताको...
९ कार्तिक, हेटौंडा । सप्तकोसी नदीमा मोटरबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने ४ जना बेपत्ता भएका छन् ।...
९ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...
८ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोजाग्रत पूर्णिमाको अवसरमा आज भक्तपुरस्थित ऐतिहासिक, धार्मिक...
८ कार्तिक, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को राष्ट्रिय जागरण अभियान शुरु भएको छ । पार्टीका संयोजक...
८ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने भएको छ । बीपी कोइरालाको पालादेखि हरेक...
८ कार्तिक, हेटौंडा । बडादशैं पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम...
८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...
७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...
२७ असोज, हेटौंडा । नयाँ तथा पुराना सवारीसाधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन...
२७ असोज, हेटौंडा । विवादास्पद अडियो प्रकरणमा विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सांसद...
२७ असोज, हेटौंडा । बडादशैंअन्तर्गत शारदीय नवरात्रको तेस्रो दिन आज हिन्दु धर्मावलम्बीहरूले नवदुर्गाको तेस्रो...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ। बुधबार...
३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...
२८ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा दुई वटा अध्यादेश जारी गरेका छन्...
२९ असोज, हेटौंडा । हाल देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र...
२७ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल गण्डकी, कर्णाली...






-1792888897.jpg)






-nepal-1792111426.jpg)




