३० पुस, हेटौंडा । मकवानपुरको कैलाश गाउॅंपालिकाले हरेक गाउॅंसभामा गर्दै आएको चेली प्रोत्साहन कार्यक्रमलाई निरन्तरता दिएको छ भने योग्दान पुर्याउने विभिन्न व्यक्ति,कर्मचारीलाई सम्मान गरेको छ । पालिकाको १७ औ हिउँदे अधिवेशनमा ७ जना चेलीहरुलाई सम्मान गरेको हो ।
सभामा चेली प्रोत्साहन कार्यक्रम अन्तरगत चेलीहरु सहित विभिन्न क्षेत्रका कर्मचारी र व्यक्तिहरुलाई नगद सहित सम्मान गरिएको थियो । १२ कक्षा उतिर्ण पश्चात २० वर्ष पुरा भई विवाह गर्ने ७ जना चेलीहरुलाई नगद वीस हजार सहित सम्मान गरिएको थियो । सम्मानित हुनेमा कैलाश-९ की आइस्का थापा, कैलाश १० की कुमारीमाया स्याङ्तान र एस्तर प्रजा, कैलाश १ की विमला थापामगर र रीता थापामगर, कैलाश २ की पुष्पा प्रजा, कैलाश ५ की सिर्जना दर्लामीमगर रहेका छन् । त्यसैगरी स्वास्थ्यतर्फ नामटार स्वास्थ्य चौकीकी सिनियर अनमी नानीमैया सत्याल, लिच्चे आधारभूत स्वास्थ्य चौकीका हेल्थ असिस्टेन्ट सरफोदिन राउत गद्दी र गोगने स्वास्थ्य चौकीका कार्यालय सहयोगी टोलकुमारी सुवेदीलाई नगद सहित सम्मान गरिएको थियो ।
यसैगरी प्रशासन तथा प्राविधिकतर्फ कैलाश गाउँपालिकामा कार्यरत सहायक महिला विकास निरीक्षक रमिला सापकोटा, कृषि प्राविधिक उमेश गुरुङ, कार्यालय सहयोगी भाइविक्रम मल्ल, कैलाश ९ मा कार्यरत सव इन्जिनियर धिरेन्द्र राई, कैलाश २ का वडा सचिव नितेश कुमार यादव, कैलाश १ का सामाजिक परिचालक राजकुमार मुक्तान, कैलाश ८ का कार्यालय सहयोगी विशाल मुक्तानलाई नगद सहित सम्मान गरिएको थियो ।
त्यस्तै, शिक्षा क्षेत्रतर्फ एसईइमा उत्कृष्ट नतिजा ल्याउने विद्यालयमा कमलादेवी माध्यमिक विद्यालय, एसईइमा उत्कृष्ट अंक ल्याउने आयुष्मा घिसिङ, यमबहादुर गुरुङ र स्वर्णिम स्याङ्बो, कक्षा १२ मा उत्कृष्ट अंक ल्याउने अरुणा घलानलाई नगद सहित पुरस्कृत गरिएको थियो । यसैगरि सेवा निवृत पूर्व प्रअ मोहन शिवाकोटी, प्रधानाध्यापकद्धय देवेन्द्र प्रसाद यादव र निर्मला सिन्तान, शिक्षकमा प्रावितर्फ सन्तोषी साह र लक्ष्मण प्रसाद बर्तौला, निमावितर्फ मञ्जुकुमारी कार्की र परमानन्द झा, प्रारम्भिक वाल विकास सहजकर्तातर्फ बुद्धिमाया मुक्तान, विद्यालय कार्यालय सहयोगीद्धय सिंह बहादुर प्रजा र पदमराज रुम्बालाई नगद सहित सम्मान गरिएको थियो । त्यसैगरी सञ्चारकर्मीतर्फ प्रष्टखबर डटकमका वरिष्ठ संवाददाता सुनिल शिवाकोटी, निर्माण व्यवसायीतर्फ पल्भिस कन्स्ट्रक्सन एण्ड सप्लायर्सका सञ्चालक सुनिल शर्मा, उपभोक्ता समितितर्फ वाक्सिराङ कालिका मन्दिर संरक्षण उपभोक्ता समिति कैलाश ८ का अध्यक्ष वीरबहादुर लोप्चन, मेडपा उद्यमीतर्फ रेशम थिङ, कृषकतर्फ सुर्यबहादुर थिङलाई नगद सहित सम्मान गरिएको थियो । गाउँसभा पालिका अध्यक्ष लोक बहादुर मुक्तानको सभाध्यक्षतामा भएको हो ।
३१ साउन, हेटौंडा । पोखरामा विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता भएका छन् । पोखरा-१४ को विजयबस्तीबाट विजयपुर खोला...
३१ साउन, हेटौंडा । मुग्लिन-काठमाडौं सडक सञ्चालनमा आएको छ । पहिरो पन्छाएसँगै आज बिहान ६ बजेबाट सडक सञ्चालनमा आएको...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
२९ साउन, हेटौंडा । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) प्रदेशसभा संसदीय दलका...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...
२९ साउन, हेटौंडा । रोल्पामा चट्याङ लागेर एक जनाको मृत्यु भएको भएको छ । मृत्यु हुनेमा लुङ्ग्री गाउँपालिका-१ खदरका...
२९ साउन, हेटौंडा । अविरल वर्षापछि पहिराले घर पुरिँदा बाजुराको त्रिवेणी नगरपालिका-९ ताम्सुमा एक जना बेपत्ता भएका...
२९ साउन, हेटौंडा । नेपाली कांग्रेसको इतर समूहले आज काठमाडौंको सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा राष्ट्रिय...
१८ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले बागमती प्रदेशमा देखिएको वर्तमान...
१९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारमा हाम्रो नेपाली पार्टी (हानेपा) को 'इन्ट्रि' भएको छ । बागमती प्रदेशमा...
१८ साउन, हेटौंडा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनमा...
१८ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
१९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका नवनियुक्त भौतिक पूर्वाधार विकासमन्त्री शौलेन्द्रमान बज्राचार्यले...
१७ साउन, हेटौंडा । चर्चित नेपाली पर्वतारोही निर्मल पुर्जाको शव फेला परेको छ। पाकिस्तानको अल्पाइन क्लब (एसीपी) ले...
२१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
२६ साउन, हेटौंडा । पर्साको वीरगञ्जबाट स्रोत नखुलेको ५२ लाख ५० हजार नेपाली रुपैयाँसहित ४ जना पक्राउ परेका छन्...
२० साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...






-1786686763.jpg)











