१० माघ,हेटौडा । हेटौडा ६ शान्तिटोलमा रहेको शान्तिटोल टोल विकास संस्थाको २६ औ वार्षिक साधारणसभा शनिवार सम्पन्न भएको छ । साधारणसभाले केशव धितालको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ । समितिको उपाध्यक्षमा अप्सरा क्षेत्री, सचिवमा प्रदिप ढुङ्गाना, सहसचिवमा यसोदा भट्टराई र कोषाध्यक्षमा पूर्णभद्र चौलागाई चयन भएका छन । यसैगरी सदस्यहरुमा कोपिला ढकाल, यादव सापकोटा, शुभद्रा तिमल्सिना र केशव प्रसाद सापकोटा रहेका छन । भेलाले तिर्थ खड्का संयोजक र गान्दिप हुमागाई र रिता अधिकारीलाई सदस्यमा चयन गरेको छ ।
साधारणसभमा संस्थाको था अध्यक्ष केशव धितालले संस्थागत प्रतिवेदन र कोषाध्यक्ष पूर्णभद्र चौलागाईले आर्थिक प्रतिवेदन पेश गरेका थिए । साधारणसभामा ज्येष्ठ सदस्य टंक प्रसाद सापकोटा, रितादेवी राई, उत्कृष्ट विधार्थी अनुष्गा हुमागाई, डिजिशा तिमल्सिना ,असली बचतकर्ता केशव प्रसाद सापकोटा र असली कारोवारीमा कोपिला गौतमलाई पुरस्कृत गरिएको थियो ।
हेटौडा ६ का वडा अध्यक्ष विष्णुबहादुर दाहालको प्रमुख आतिथ्यता एवम संस्थाका अध्यक्ष केशव धितालको सभाध्यक्षतामा साधारणसभा भएको थियो ।
साधारसभामा हेटौडा( ६ का वडा सदस्य विजय पौडेल, हेटौडा उपमहानगरपालिका सामाजिक विकास महाशाखा प्रमुख भीमप्रसाद तिमल्सिना, टोल विकास संस्था नगर समन्वय समिति उपाध्यक्ष विष्णुप्रसाद ढुङ्गाना, भूगोल ईन्चार्ज गोमा लामिछाने, टोल विकास संस्था वडा समन्वय समिति, हेटौडा ६ का उपाध्यक्ष रमेश कुमार थापा, रक्षादेवी टोल विकास संस्था अध्यक्ष केशव प्रसाद कोईराला, मुनलाईट ईन्टरनेशनल स्कूलका प्रिन्सिपल मनोज थिङ,सञ्चारकर्मी रुपेश दुलाल, सुनिल शिवाकोटी लगायतको उपस्थिति रहेको थियो ।संस्थाले बचत संकलन, ऋण लगानीको साथै सामाजिक काम गर्दै आएको छ । संस्थाको आफ्नै भवन रहेको छ ।
टोल विकास संस्थामा १ सय ५५ जना सदस्य आवद्व रहेका छन ।
२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य (खुला) तर्फ बागमती प्रदेश सभापति...
२१ असोज, हेटौंडा । दशैंको घटस्थापनादेखि पूर्णिमासम्म नेपालभर रुट परमिट खुला गरिने भएको छ । यातायात व्यवस्था...
२१ असोज, हेटौंडा । वरिष्ठताक्रममा माथि रहेका उच्च अदालतका मुख्य न्यायाधीश र न्यायाधीशहरुलाई पछि पार्दै...
२१ असोज, हेटौंडा । दशैंको घटस्थापना र टिकाको साइत सार्वजनिक भएको छ । नेपाल पञ्चाङ निर्णायक समितिले ...
२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा वरिष्ठ उपसभापति पदमा विश्वप्रकाश शर्मा र महिला...
२१ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । देशका हिमाली...
२० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका निवर्तमान मुख्यमन्त्री एवं कांग्रेस बागमतीका सभापति...
२० असोज, हेटौंडा । प्रधानन्यायाधीश मनोजकुमार शर्माले न्याय परिषद् बैठक बोलाएका छन् । बैठक आज मंगलबार दिउँसो १...
२० असोज, हेटौंडा । सरकारले जेनजी प्रदर्शनकारीहरूलाई लगाएको फौजदारी मुद्दा फिर्ता लिनेबारे अध्ययन गर्न गठित...
१० असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे चाैघडा बचत तथा ऋण सहकारी संस्थाकाे अध्यक्षमा पुन: विजयकुमार श्रेष्ठ...
८ असोज, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सातवटै प्रदेशको अधिवेशन हुँदैछ । राप्रपाले असोज २१...
८ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । सिंहदरबारमा बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको...
८ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । साथै बङ्गालको खाडीको...
१३ असोज, हेटौंडा । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडाैँ जिल्ला...
१५ असोज, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय, मुगुका...
७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...
११ असोज, हेटौंडा । पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उनलाई...
८ असोज, हेटौंडा । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत...


















