Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

कैलाशमा मावि स्तरीय वक्तृत्वकलामा गुरुङ प्रथम

618313474_170623166700482-1769435949.jpg

१२ माघ,हेटौँडा । मकवानपुरको कैलाश गाउँपालिकाले आयोजना गरेको गाउँपालिकाको माविस्तरीय वक्तृत्वकला प्रतियोगितामा कमलादेवी माविकी  सदिक्षा गुरुङ प्रथम भएकी छिन् । उनी सोमबार भएको प्रतियोगितामा सामाजिक सञ्जाल अवसर की चुनौति भन्ने विषयमा आफ्ना धारणा राख्दै प्रथम भएकी हुन् । उनले नगद १० हजार सहित मेडल र प्रमाणपत्र प्राप्त गरेकी छिन् । 
त्यस्तै, प्रतियोगितामा सोही विद्यालयका अभिषेक सारुमगर द्धितीय भएका छन् । उनले नगद सात हजार, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् भने कालिका माविका कृष मोक्तान तृतीय भएका छन् । मुक्तानले नगद पाँच हजार, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । प्रतियोगितामा ९ जनाको सहभागीता रहेको थियो । 
गाउँपालिका अध्यक्ष एंव गाउँ शिक्षा समितिका संयोजक लोकबहादुर मुक्तानको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिका उपाध्यक्ष बालकुमार मल्ल ठकुरी, सामाजिक विकास संयोजक तथा वडा २ का वडाध्यक्ष राजेन्द्र घिसिङ, शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख समीर जोशीलगायतको आतिथ्यता रहेको थियो । 
कार्यक्रममा बोल्दै अध्यक्ष मुक्तानले वक्तृत्वकला कार्यक्रमले विद्यार्थीहरुमा व्यक्तित्व र नेतृत्वका साथै वाक कलाको प्रस्तुतीकरणको विकास रहने बताए । समय सान्दर्भिक विषयवस्तुले गर्दा सामाजिक सञ्जालको सदुपयोग र दुरुपयोगको असरबारे ज्ञान बढ्ने बताए । यसको अवसर र चुनौति दुबै छन्,  गुगल र च्याटजिपिटीको भर पर्नाले पठनपाठनमा कमी हुँदै क्रियटिभ तरिकाले  अघि बढ्न सकिरहेका छैनौं जसले गर्दा बौद्धिक कुरामा कम हुन्छ, मुक्तानले भने । 
सामाजिक सञ्जालको दुरुपयोग बढ्दो छ । मानव बेचविखन, दुव्र्यवहार, हिंसा लगायतका कार्य भइरहेको छ, त्यसतर्फ सबैको ध्यान जानु जरुरी छ ।कार्यक्रममा उपाध्यक्ष बालकुमार मल्लले यी यस्ता कार्यक्रमले तार्किक र बौद्धिक क्षमतामा बृद्धि हुने बताए । सामाजिक सञ्जालको सदुपयोग र दुरुपयोग बराबरको अवस्था रहेको छ, सदुपयोगले विकास हुन्छ दुरुपयोगले विनास समेत हुनेछ, उपाध्यक्ष मल्लले भने । प्रतियोगिताको शिक्षा शाखा प्रमुख समीर जोशी, शिक्षिका धनकुमारी जोशी र शिक्षक सीताराम श्रेष्ठ निर्णायक मण्डलमा रहेका थिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
कांग्रेस केन्द्रीय सदस्य (खुला) तर्फ बानियाँसहित ९२ को उम्मेदवारी
IMG-20260929-WA0007-1791340500.jpg

२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य (खुला) तर्फ बागमती प्रदेश सभापति...

घटस्थापनादेखि पूर्णिमासम्म नेपालभर रुट परमिट खुला
Public-Bus-yatayat_W7R3LD-1791336068.jpg

२१ असोज, हेटौंडा । दशैंको घटस्थापनादेखि पूर्णिमासम्म नेपालभर रुट परमिट खुला गरिने भएको छ । यातायात व्यवस्था...

वरीयता मिच्दै १६औँ नम्बरका न्यायाधीशलाई सर्वोच्चमा सिफारिस
nyaya-parishad-1791335546.jpg

२१ असोज, हेटौंडा । वरिष्ठताक्रममा माथि रहेका उच्च अदालतका मुख्य न्यायाधीश र न्यायाधीशहरुलाई पछि पार्दै...

टिकाको उत्तम साइत कात्तिक ४ गते १०:२६ बजे
Screenshot_20261007_06503-1791335149.jpg

२१ असोज, हेटौंडा । दशैंको घटस्थापना र टिकाको साइत सार्वजनिक भएको छ । नेपाल पञ्चाङ निर्णायक समितिले ...

वरिष्ठ उपसभापतिमा शर्मा र महिला उपसभापतिमा भुसाल निर्विरोध
bishwo-puspa-1791334854.jpg

२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा वरिष्ठ उपसभापति पदमा विश्वप्रकाश शर्मा र महिला...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
rain-weather-1791334430.jpg

२१ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । देशका हिमाली...

बानियाँले गरे केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा
Baniya-1791268438.jpg

२० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका निवर्तमान मुख्यमन्त्री एवं कांग्रेस बागमतीका सभापति...

न्याय परिषद् बैठक आज बस्दै
nyaya-parishad-1791248772.jpg

२० असोज, हेटौंडा । प्रधानन्यायाधीश मनोजकुमार शर्माले न्याय परिषद् बैठक बोलाएका छन् । बैठक आज मंगलबार दिउँसो १...

जेनजी प्रदर्शनकारीका मुद्दा फिर्ता लिने तयारी
Screenshot_20261006_06464-1791248512.jpg

२० असोज, हेटौंडा । सरकारले जेनजी प्रदर्शनकारीहरूलाई लगाएको फौजदारी मुद्दा फिर्ता लिनेबारे अध्ययन गर्न गठित...

थप समाचार