१४ माघ, हेटौंडा । नगर स्तरीय शैक्षिक समन्वय समिति हेटौंडाले हेटौंडा नगर स्तरीय महिला शिक्षक तथा कर्मचारी मैत्रीपूर्ण भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ। गत वर्ष झै यस वर्ष पनि प्रतियोगितालाई निरन्तरता दिएको हो । फागुन १६ गते र १७ गते दुई दिन चल्ने प्रतियोगितामा हेटौंडा नगरका २० वटा विद्यालयको टिम सहभागी हुने प्रतियोगिता संयोजक बालकुमार श्रेष्ठले जानकारी दिएका छन्। बुधबार सिमितले पत्रकार सम्मेलनमा आयोजना गर्दै प्रतियोगिता बारे जानकारी गराएको हो।
प्रतियोगिता हेटौंडा १८ स्थित ज्योति मा विको खेलमैदानमा आयोजना हुने र प्रतियोगिताको प्रथम, द्वितीय ,तृतीय र सान्त्वना स्थान हासिल गर्ने टिमल् नगद क्रमश २० हजार, १५ हजार,१० हजार र ५ हजार मेडल प्रमाणपत्र प्राप्त गर्ने सम्मेलनमा कार्यक्रम संयोजक श्रेष्ठले जानकारी दिएका छन्।
हेटौंडा १८ का वडाध्यक्ष अनिल बानियांले उद्घाटन गर्ने प्रतियोगिताको उद्घाटन् खेल सिद्धार्थ मा वि र ज्योति मा वि बिच हुने जनाइएको छ।शिक्षणका साथै अतिरिक्त क्रियाकलापमा महिला सहभागिता वृद्धि गरी सामुदायिक विद्यालयमा शैक्षिक गुणस्तर सुधार गर्न सहयोग पुगोस भन्ने हेतुले प्रतियोगिता आयोजना गरिएको नगरस्तरीय शैक्षिक समन्वय समितिका अध्यक्ष भोगेन्द्र लुइँटेलले बताएका छन्। बुधबार नै पत्रकार सम्मेलनमा खेलको टाइसिट सार्वजनिक गरिएको छ। प्रतियोगितामा हेटौँडा नगर भित्रका सिद्धार्थ मा वि,प्रगती मा वि,भृकुटी मा वि,आधुनिक मा वि, भुटनदेवी मावि, त्रिभुवन मा वि,ज्योती मावि, अरनिको मावि,गोरखनाथ मावि,श्रमिक मावि,बाल ज्योती मावि,बालबोध मावि,चन्द्रोदय मा वि,जनप्रिय मावि,राजदेवी मावि,दिपज्योती आधारभूत विद्यालय,कृष्ण आधारभूत विद्यालय,बुद्ध मावि, नवज्योती मावि र निर्मल माविको सहभागिता हुने जनाइएको छ । प्रतियोगिता हेटौँडा १८ को वडा कार्यालयको समन्वय र लगानीमा हुने हेटौँडा १८ का वडा सचिव महेश पुडासैनीले बताएका छन् ।
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
२८ साउन, हेटौंडा । राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १:१५ बजे बस्ने भएको हो । बैठकमा संस्कृति, पर्यटन तथा...
२८ साउन, हेटौंडा । प्रहरीले जनआस्थाका सम्पादक किशोर श्रेष्ठलाई पक्राउ गरेको छ । कुसुन्तीस्थित निवास नजिकैबाट...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा आज स्वदेश फर्किँदै छन् । देउवा...
२८ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव कायमै रहेको छ । मनसुनको न्यून चापीय रेखा अहिले सरदर स्थानकै...
२७ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री एवं नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर...
२७ साउन, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुन तोलामा १२ सयले घटेको हो । आज छापावाल सुनको मूल्य...
२७ साउन, हेटौंडा । राष्ट्रियसभाको बैठक आज बस्दै छ । बैठक दिउँसो सवा १ बजे बस्ने भएको हो । बैठकमा संस्कृति, पर्यटन...
२७ साउन, हेटौंडा । प्रतिनिधि सभाको बैठक भदौ १ गतेसम्मका लागि स्थगित भएको छ। सभामुख डोलप्रसाद अर्यालले बैठक भदौ...
१९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारमा हाम्रो नेपाली पार्टी (हानेपा) को 'इन्ट्रि' भएको छ । बागमती प्रदेशमा...
१८ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले बागमती प्रदेशमा देखिएको वर्तमान...
१४ साउन, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको आज बसेको बैठकले मुख्यमन्त्री तथा संसदीय दलका नेता...
१८ साउन, हेटौंडा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनमा...
१८ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
१९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका नवनियुक्त भौतिक पूर्वाधार विकासमन्त्री शौलेन्द्रमान बज्राचार्यले...
१७ साउन, हेटौंडा । चर्चित नेपाली पर्वतारोही निर्मल पुर्जाको शव फेला परेको छ। पाकिस्तानको अल्पाइन क्लब (एसीपी) ले...
२० साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
२६ साउन, हेटौंडा । पर्साको वीरगञ्जबाट स्रोत नखुलेको ५२ लाख ५० हजार नेपाली रुपैयाँसहित ४ जना पक्राउ परेका छन्...






-1786539267.jpg)











