६ चैत, हेटौँडा । वनलाई कसरी डढेलो बाट बचाउन सकिन्छ भन्ने विषयमा जानकारी गराउने उद्धेश्यले हर्नामाडीमा एक दिने डढेलो सचेतना गोष्ठीको आयोजना गरिएको छ ।
जिल्ला वन कार्यालय मकवानपुरको आयोजनामा गोष्ठी भएको हो । गोष्ठीमा जिल्ला वन अधिकृत प्रल्हाद प्रसाद धितालले सबैको सामुहिक प्रयासबाट मात्र वनलाई डढेलोबाट बचाउन सकिने भएकाले सबै उपभोक्ताहरु सक्रिय हुनु पर्नेमा जोड दिए । गोष्ठीमा फापरवारी सेक्टर वन कार्यालयका प्रमुख राजेन्द्रमान राजभण्डारी,जिल्ला वन कार्यालयका सहायक वन अधिकृत ऋषिराम पराजुलीले सहजकिरण गरेका थिए ।
सहभागीहरु विच सुख्खायाममा वनजंगलमा डढेलोको प्रकोपले व्यापक विनास गर्ने भएकाले यसबाट कसरी जंगललाई बचाउन सकिन्छ भन्ने विषयमा छलफल गरिएको थियो । गोष्ठीमा डढेलो नियन्त्रणबारे स्थलगत अभ्यास समेत गरिएको थियो । गोष्ठीमा सहायक वन अधिकृत, फरेष्टर, वनरक्षक, संचारकर्मी र उपभोक्ताको सहभागिता रहेको थियो ।
यता, हेटौडा–५ मा रहेको पिप्लेपोखरा सामुदायिक वनमा लागेको डढेलो २ घण्टा पछि नियन्त्रमा आएको छ । सिंचाईकुनादेखि मनकामना जाने बाटोमा लागेको आगो वनका कर्मचारी, प्रहरी, छिमेकी, सामुदायिक वनका उपभोक्ता र स्थानीय उपभोक्ताहरुको सहयोगमा निभाईएको हेटौडा ईलाका वन कार्यालयका फरेष्टर यदुकुमार घिमिरेले जानकारी गराए ।
१५ भदौ, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर हुँदै काठमाडौँ जाने...
१५ भदौ, हेटौंडा । रसुवाको भोटेकोसी बाढी प्रभावित क्षेत्रमा सूचना प्रवाहलाई सहज बनाउन नेपाल दूरसञ्चार...
१५ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको पहिलो खेलमा आज नेपालले बहराइनसँग प्रतिस्पर्धा गर्दै छ ।...
१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समयावधि थपिएको छ । सदस्यता अद्यावधिक...
१५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
१४ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनामा...
१४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...
१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
२ भदौ, हेटौंडा । उपसभामुख रुबी ठाकुरले जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठविरुद्ध प्रहरीमा जाहेरी दिएकी...
४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दगोरिया...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामाको घोषणा छन् । आज बसेको...
२ भदौ, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह भदौ १० गते प्रतिनिधि सभामा उपस्थित भएर प्रश्न उत्तर कार्यक्रममा...
५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...
४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...




-1788140988.jpg)













