Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

सिद्धार्थ मावि मतदान केन्द्रमा महिला कर्मचारी

IMG-20260222-WA0000-1771729119.jpg

१० फागन, हेटौंडा । फागुन २१ हुने प्रतिनिधिसभाको निर्वाचनका लागि यति बेला मतदान अधिकृत तथा सहायक मतदान अधिकृत खटाउने काम भइरहेको छ । 
२ ओटा निर्वाचन क्षेत्र रहेको मकवानपुरमा पनि निर्वाचन सम्पन्न गराउन कर्माचारी खटाउने क्रम जारी रहेको छ । मकवानपुरमा निर्वाचनका लागि २ हजार २४४ कर्मचारी खटिने भएका छन् । मकवानपुरका दुई निर्वाचन क्षेत्रमध्ये मकवानपुर क्षेत्र नम्बर १ मा १ हजार ६८ कर्मचारी खटाइने भएको छ । जहाँ ६२ मतदानस्थलअन्तर्गत १७८ मतदान केन्द्र रहका छन् । यस्तै मकवानपुर क्षेत्र नम्बर २ मा १०५ मतदानस्थलअन्तर्गत १९६ मतदान केन्द्रमा १ हजार १७६ कर्मचारी खटिने जनाइएको छ । 
यसै क्रममा हेटौंडा उपमहानगरपालिका- वडा नम्बर २ सिद्धार्थ माध्यमिक विद्यालयमा रहेको मतदानस्थलमा मतदान अधिकृतदेखि सबै कर्मचारी र सुरक्षाकर्मी महिला मात्र खटाइने मुख्य निर्वाचन अधिकृत गीता श्रेष्ठले जानकारी दिइन् । 
सिद्धार्थ माविमा रहेको मतदानस्थलमा ६ वटा मतदान केन्द्र छन् । ती सबै केन्द्रमा मतदान अधिकृत, सहायक मतदान अधिकृत, अन्य कर्मचारी र स्वयसेवकहरु पनि महिला नै राखिएका छन् । यी मतदानस्थलमा खटिने सबै सुरक्षाकर्मी पनि महिला छन् । ती ६ मतदान केन्द्रमा ३६ महिला कर्मचारी र २० महिला सुरक्षाकर्मी परिचालन हुने छन् । उक्त मतदानस्थलमा ५ हजार ४ सय ९३ मतदाता रहेका छन् । वडा नम्बर २ को सो विद्यालय मात्र मतदानस्थल हो । यस अघि २०७९ को निर्वाचनमा पनि सो मतदानस्थलमा महिला कर्मचारीले मतदान सम्पन्न गराएका थिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
आज पनि टीका लगाएर दशैं मनाइँदै
Screenshot_20261023_06275-1792807534.jpg

७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1792807177.jpg

७ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशको हिमाली र पहाडी भूभागमा...

रास्वपा सभापति लामिछाने भारत जाने
Rabi_lamichhane1686382710-1792717881.jpg

६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीन दिने भ्रमणका लागि भारत जाने...

हानिनोक्सानी कोषले नेपाललाई करिब तीन अर्ब अनुदान दिने
loss_damage-1792716840.jpg

६ कार्तिक, हेटौंडा । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित समुदायको राहत,...

आइपिएलको टिकट मूल्य सार्वजनिक
Nepal_Premier_League_offi-1792716535.png

६ कार्तिक, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिगका खेलहरूको टिकट मूल्य...

आज पनि टीका लगाउने क्रम जारी
Screenshot_20261023_06275-1792716181.jpg

६ कार्तिक, हेटौंडा । बडादशैं अन्तर्गत टीकाको तेस्रो दिन आज पनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1792715895.jpg

६ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल देशभर मौसम मुख्यतया सफा रहेको छ।  तराई...

पूर्वप्रधानमन्त्री खनाल अस्पतालबाट डिस्चार्ज
Jhalanath-Khanal-17912015-1792632009.jpg

५ कार्तिक, हेटौंडा । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अस्पतालबाट घर फर्किएको...

टीका र जमरा लगाउने क्रम जारी
dashain-teeka-1792631601.jpg

५ कार्तिक, हेटौंडा । बडादसैँ अन्तर्गत टीकाको दोस्रो दिन आज पनि मान्यजन तथा आफन्तबाट नवदुर्गाको प्रसाद स्वरूप...

थप समाचार