७ चैत, हेटौडा ।नेपाली काँग्रेस मकवानपुरले नेपालको लोकतान्त्रिक आन्दोलनका मुद्र्यन्य नेता, शान्ति प्रक्रियाका अग्रणी, नेपाली काँग्रेसका पूर्व सभापति एवं पूर्व प्रधानमन्त्री स्व. गिरिजाप्रसाद कोईरालाको ८ औं पुण्य स्मृति दिवसको अवसरमा बुधबार रक्तदान कार्यक्रम गरेको छ ।
काँग्रेस मकवानपुरका कार्यवाहक सभापति विष्णुप्रसाद लामिछानेको सभाध्यक्षतामा भएको रक्तदान कार्यक्रममा ३० जनाले रक्तदान गर्नुभएको थियो ।
२०६२/०६३ को जनआन्दोलनमा गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा राजसंस्थाको अन्त्यसंगै मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेको थियो । शान्ति, सहकार्य र प्रजातन्त्रमा विश्वास गर्ने कोइराला चार पल्ट देशको प्रधानमन्त्री बन्नुभएको थियो । कोइरालाको २०६६ साल चैत ७ गते निधन भएको हो ।
रक्तदान कार्यक्रममा निवर्तमान सभापति रघुरमण न्यौपाने, प्रमूख सल्लाहकार माईकल रामचन्द्र अर्याल, सचिव आनन्द कठायत, प्रवक्ता प्रदिप कोईराला, सल्लाहकार प्रभात दाहाल, जिल्ला सदस्यहरु रामबाबु बानियाँ, ईन्दिरा न्यौपाने, अमृता थापामगर, भीमसेन महत, दलित संघकी केन्द्रीय सदस्य पवित्रा विश्वकर्मा, तरुण दल, महिला संघ, विद्यार्थी संघ, प्रेस युनियनका पदाधिकारी एवं सदस्यहरुको उपस्थिति रहेको थियो ।
त्यस्तै रक्तदान कार्यक्रममा आगलागीबाट घरगोठ, पशुपंक्षी जलेर नष्ट भएका बाग्मती गाउँपालिका ७ धनसारीका चन्द्रबहादुर गोलेलाई सहयोग रकम हस्तारण गरिएको छ ।
कार्यक्रमस्थलमै उठाइएको १० हजार ५० रुपियाँ पीडित गोलेलाई पार्टीका कार्यबहाक सभापति विष्णुप्रसाद लामिछानेले हस्तान्तरण गर्नुभएको हो ।
१४ कार्तिक, हेटौंडा । हाल देशमा बङ्गालको खाडीमा विकसित चक्रवात “अर्नब” को अवशेषका साथै पश्चिमी वायुको पनि...
१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...
१३ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सले विराटनगर किंग्सलाई पराजित...
१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...
१३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै, बिहीबार साँझदेखि बङ्गालको खाडीमा...
१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...
१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...
१२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...
१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...
४ कार्तिक, हेटौंडा । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । नेपाल प्रहरीले बडा दशैंको...
४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...
२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा...
३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...
४ कार्तिक, हेटौंडा । आइसिसी विश्वकप लिग-२ श्रृंखला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फर्किएको छ ।...
१ कार्तिक, हेटौंडा । चीनसँग सिमाना जोडिएको सिन्धुपाल्चोकस्थित तातोपानी नाका आजदेखि तीन खुल्ने भएको छ । उद्योग,...
४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...


















