२० फागुन,हेटौंडा । फागुन २१ गते बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मकवानपुरमा मतदानका लागि सबै तयारी पूरा गरिएको छ। बिहीबार बिहान ७ बजेबाट सुरु हुने मतदानका लागि जिल्लाका १० ओटै स्थानीय तह अन्तर्गत मतदानस्थलमा बुथ निर्माण, घेराबार, लाइन व्यवस्थापनको तयारी पुरा भएको मकवानपुरका मुख्य निर्वाचन अधिकृत गीता श्रेष्ठले बताइन्।
मकवानपुरका १६७ मतदानस्थल अन्तर्गत ३७४ मतदान केन्द्रमा ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति, गर्भवती, सुत्केरी, किरियापुत्री तथा अशक्त मतदाताका लागि छुट्टै लाइनको व्यवस्था गरिएको बताइएको छ ।
जिल्लामा कुल ३ लाख १५ हजार ३ सय ३४ मतदाता रहेका छन्। तीमध्ये क्षेत्र नम्बर १ मा १ लाख ५८ हजार ४३५ र क्षेत्र नम्बर २ मा १ लाख ५६ हजार ८९९ मतदाता छन्। कुल मतदातामध्ये महिला १ लाख ५३ हजार ३७६, पुरुष १ लाख ६१ हजार ९५३ र अन्य ५ जना रहेका छन्।
मकवानपुरका दुई प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा कुल ४४ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्। क्षेत्र नम्बर १ मा २३ जना र क्षेत्र नम्बर २ मा २१ जना उम्मेदवार रहेका छन्। यस पटक रातो रङको मतपत्र प्रत्यक्ष तर्फ र कालो रङको मतपत्र समानुपातिक तर्फ रहेको छ । मतदानको समय बिहान ७ बजेबाट साझॅं ५ बजे सम्मलाई तोकिएको छ। यस पटक मतगणना हेटौंडा ४ मा रहेको भुटनदेवी मा वि मा कायम गरिएको छ ।
१८ असोज, हेटौंडा । कर्णाली र सुदूरपश्चिम प्रदेशको सबै भूभाग, गण्डकी र लुम्बिनी प्रदेशको पश्चिमी भूभागमा पश्चिमी...
१७ असोज, हेटौंडा । प्रतिनिधिसभाको दोस्रो अधिवेशन गत वैशाख २८ गतेदेखि असोज १६ गते शुक्रबारसम्म १४५ दिन सञ्चालन भई...
१७ असोज, हेटौंडा । अन्तरव्यवस्थापिका सङ्घ (आईपीयू) काे १५३औँ महासभामा सहभागी हुन सभामुख डोल प्रसाद अर्याल आइतबार...
१७ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र पहाडी...
१६ असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे बंशगाेपाल दुग्ध उत्पादक सहकारी संस्थाकाे ३५ औं वार्षिक साधारणसभा...
१६ असोज, हेटौंडा । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली २० औं एसियाली खेलकुदमा सहभागिता जनाएर स्वदेश फिर्ता भएको...
१६ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे सिंहदरबारमा...
१६ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशभर आंशिक बादल...
१५ असोज, हेटौंडा । जापानमा भएको २०औँ एसियाली खेलकुदमा पदक जित्न सफल नेपाली महिला कबड्डी टोलीसँगै पुरुष कबड्डी...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर शनिबार साँझ स्वदेश फर्किएका छन्...
४ असोज, हेटौंडा । जनकपुरमा गएराति एक घरमा आगलागी हुँदा एक जना बृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा जनकपुरधाम...
६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...
६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...
४ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा...
१० असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे चाैघडा बचत तथा ऋण सहकारी संस्थाकाे अध्यक्षमा पुन: विजयकुमार श्रेष्ठ...
८ असोज, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सातवटै प्रदेशको अधिवेशन हुँदैछ । राप्रपाले असोज २१...
५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...


















