९ चैत, हेटौँडा । एएफसी एसियन कप छनोटअन्तर्गत समूह चरणको अन्तिम खेल खेल्न कतारको दोहा जान लागेको राष्ट्रिय फुटबल टोलीलाई शुक्रबार विदाई गरिएको छ । यही चैत १३ गते दोहामा हुने यमनविरुद्धको दोस्रो लिग खेल्न जाने नेपाली टोलीलाई सफलताको शुभकामना दिँदै अखिल नेपाल फुटबल संघले बिदाइ गरेको हो ।
नेपाली टोलीमा गोलकिपर बिकेश कुथू, किरण चेम्जोङ र एलन न्यौपाने, डिफेन्डरमा अनन्त तामाङ, विराज महर्जन, रजिन धिमाल, आदित्य चौधरी, दिनेश राजवंशी र देवेन्द्र तामाङ, मिडफिल्डरमा सुजल श्रेष्ठ, अन्जन विष्ट, रोहित चन्द, विशाल राई, सुनील वल, हेमन गुरुङ र हेमन्त थापा मगर तथा स्ट्राइकरमा विमल घर्ति मगर, सुमन लामा, नवयुग श्रेष्ठ र जर्जप्रिन्स कार्की रहेका छन् । टोलीको मुख्य प्रशिक्षक योतुकु कोजी, प्रशिक्षक राजुकाजी शाक्य र गोलकिपर प्रशिक्षक उज्ज्वल मानन्धर छन् । नेपाली टोली आइतबार त्यसतर्फ प्रस्थान गर्नेछ ।
यसअघि, काठमाडौंमा नेपालले यमनसँग गोलरहित बराबरी खेलेको थियो । छनोट खेलमा पाँच खेल खेलेको नेपालले दुई खेलमा बराबरी खेलेको छ । दुई अंक जोडेको नेपालका लागि उक्त खेल प्रतिष्ठाका लागिमात्र हुनेछ । समूह ‘एफ’मा रहेको नेपाल यसअघि नै समूह चरणबाटै बाहिरिइ सकेको छ ।
८ असोज, हेटौंडा । कान्तिलोकपथ अन्तरगत हेटौंडा-१७ चुनडाँडामा मिनी ट्रकले ठक्कर दिंदा एक महिलाको मृत्यु भएको छ।...
८ असोज, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले दशैंको अवसर पारेर विशेष अफर सार्वजनिक गरेको छ...
८ असोज, हेटौंडा । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत...
८ असोज, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सातवटै प्रदेशको अधिवेशन हुँदैछ । राप्रपाले असोज २१...
८ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । सिंहदरबारमा बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको...
८ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । साथै बङ्गालको खाडीको...
७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...
६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...
६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
२५ भदौ, हेटौंडा । नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि छनोट भएको छ । आज भएको एसीसी प्रिमियर कप सेमिफाइनलमा...
२६ भदौ, हेटौंडा । नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति...
२६ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानकै आसपास रहेको...
२९ भदौ, हेटौंडा । भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका तिज पर्व आज महादेवको पूजा आराधना गरी मनाइँदै छ...
२७ भदौ, हेटौंडा । तेस्रो संस्करणको एससी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि नेपाली पुरुष राष्ट्रिय...
२८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...
२६ भदौ, हेटौंडा । कुशेऔँशी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने...
२६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुन तोलामा चार हजार आठ सय रूपैयाँ घटेको हो । नेपाल...


















