१३ चैत, हेटौंडा । प्रधानमन्त्री सुशीला कार्कीले जननिर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्न पाउँदा आफू खुसी रहेको बताएकी छन् ।
बिहीबार साँझ बालुवाटारबाट राष्ट्रका नाममा सम्बोधन गर्दै उनले छ महिनाभित्र निर्वाचन सम्पन्न गरी जिम्मेवारी जननिर्वाचित सरकारलाई हस्तान्तरण गर्ने उद्देश्य पूरा भएको बताइन् । ‘अहिले म केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु,’ उनले भनिन्।
सम्बोधनका क्रममा उनले भदौ २३ र २४ गते भएको जेनजी आन्दोलन को समयमा आफूले डर र अनिश्चयबीच जिम्मेवारी सम्हालेको स्मरण गरिन् । आन्दोलनमा ज्यान गुमाएका तथा घाइते भएकाहरूलाई सम्झिँदै उनले श्रद्धाञ्जली व्यक्त गर्दै पीडित परिवारलाई ढाडस दिइन् ।
कार्कीले आन्दोलनका क्रममा तोडफोड र आगजनीबाट ऐतिहासिक धरोहर, व्यवसाय तथा निजी सम्पत्तिमा पुगेको क्षतिप्रति दुःख व्यक्त गरिन् । साथै उनले सबैलाई एकताबद्ध भएर अगाडि बढ्न आह्वान गरिन् ।
उनले हालै सम्पन्न निर्वाचनमार्फत नागरिकले परिवर्तनको पक्षमा स्पष्ट जनादेश दिएको बताउँदै नयाँ सरकारले सुशासन, रोजगारी सिर्जना, भ्रष्टाचार नियन्त्रण, आर्थिक विकास र सामाजिक न्यायका क्षेत्रमा काम गर्ने विश्वास व्यक्त गरिन् । (खबरहबबाट)
१४ चैत, हेटौंडा । हाल नेपालमा पश्चिमी न्युन चापिय प्रणालीका साथै स्थानीय वायूको प्रभाव रहेको छ। देशभर अधिकांश...
१४ चैत, हेटौंडा । नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन् । काठमाडौँ...
१४ चैत, हेटौंडा । पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ परेका छन् । भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा भएको...
१३ चैत, हेटौंडा । सरकारले गौरीबहादुर कार्की नेतृत्वको जेनजी आन्दोलनसम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन...
१३ चैत, हेटौंडा । प्रधानमन्त्री बालेन शाहको नेतृत्वमा १५ सदस्यीय मन्त्रिपरिषद् गठन भएको छ । प्रधानमन्त्री...
१३ चैत, हेटौंडा । रास्वपाका वरिष्ठ नेता एवं प्रधानमन्त्री बालेन शाहले पद तथा गोपनीयताको शपथ लिएका छन् ।...
१३ चैत, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले सांस्कृतिक तथा ऐतिहासिक पर्वले विविध जातजाति, भाषाभाषी, संस्कृति...
१३ चैत, हेटौंडा । प्रधानमन्त्री सुशीला कार्कीले जननिर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्न पाउँदा आफू खुसी...
१३ चैत, हेटौंडा । चैत्र शुक्ल नवमीका दिन मर्यादा पुरुषोत्तम भगवान् रामचन्द्रको सम्झनामा मनाइने ‘रामनवमी’...
१ चैत, हेटौंडा । नेपाली कांग्रेसले समानुपातिकतर्फ निर्वाचित हुने २० जना उम्मेदवारको सूची टुंगाएको छ...
१० चैत,हेटौंडा । मकवानपुरको हेटौडामा बिजुलीको पोलबाट खसेर एक युवकको ज्यान गएको छ । सोमबार अपरान्ह हेटौंडा-४...
२ चैत्र,हेटौंडा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा भारी मात्रमा मूल्यवृद्वि गरेको छ । मध्य पूर्वी देशमा...
१० चैत, हेटौंडा । मकवानपुरको इन्द्रसरोबर-३ चुत्रोघारीडाँडामा भिरबाट लडेर एक बालिकाको मृत्यु भएको छ । मृत्यु...
३ चैत, हेटौंडा । बाजुरा स्थानीयबीच कुटाकुट हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ३५ वर्षीय सर्वाश...
१ चैत, हेटौंडा । गृहमन्त्री ओमप्रकाश अर्याल राष्ट्रियसभा सदस्यमा सिफारिस भएका छन् । आइतबार बसेको...
१ चैत, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले समानुपातिक सांसदको नाम टुंगो लगाएको छ । राप्रपाको...
१ चैत, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिकमा ५७ जनाको नाम सिफारिस गरेको छ । रास्वपाले खस...
१ चैत, हेटौंडा । श्रम संस्कृति पार्टीले समानुपातिक सांसदको नाम टुंगो लगाएको छ । श्रम संस्कृतिले आइतबार एक पुरुष...


















