Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

राजनीति

यसरी भयो लोकप्रिय मतमा काँंग्रेस पहिलो ?

Nepali-Congress-1521964683.jpg

यसरी भयो लोकप्रिय मतमा काँंग्रेस पहिलो ?
११ चैत, काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा नराम्ररी हार बेहोरेको विषयमा समीक्षामा जुटिरहेका कांग्रेस नेता तथा कार्यकर्तालाई राहत दिने खबर छ । प्रत्यक्षतर्फको लोकप्रिय मतका आधारमा कांग्रेस पहिलो पार्टी भएको छ ।
सिट संख्याका आधारमा संसदमा ठूलो अन्तरले पछाडि परेको कांग्रेसले लोकप्रिय मतमा भने एमालेलाई उछिनेको हो। निर्वाचन आयोगले तयार पारेको निर्वाचन प्रतिवेदनअनुसार प्रत्यक्षतर्फ कांग्रेसले ३५ दशमलव ७५ प्रतिशत मत ल्याएको हो। संसदमा पहिलो पार्टी बनेको एमालेको मत ३० दशमवल ६८ प्रतिशत मात्र छ। कांग्रेस ५ प्रतिशतले एमालेभन्दा अगाडि देखिएको छ। संसद्मा एमालेले ८० सिट जित्दा कांग्रेसले २३ सिट मात्रै पाएको छ।
कुल १ करोड ५४ लाख ७९ हजार ३८ मतदातामध्ये ६८।६७ प्रतिशत मतदान भएको थियो। खसेको मतको प्रतिशत गणनाका बेला यकिन भएको मतपत्रका आधारमा निकालिएको हो। प्रत्यक्षतर्फ खसेको १ करोड ५ लाख ९४ हजार ४४ मतमध्ये कांग्रेसका उम्मेदवारले ल्याएको कुल मत ३५ लाख ९० हजार ७ सय ९३ छ। एमालेले प्रत्यक्षतर्फ ३० लाख ८२ हजार २ सय ७७ मत पाएको छ। ५ लाखभन्दा बढी मत अन्तरले कांग्रेस अगाडि देखिएको हो।
मत संख्यामा तेस्रो स्थानमा रहेको माओवादीले प्रत्यक्षमा ३६ सिट जितेको छ। उसका उम्मेदवारले पाएको कुल मत १५ लाख १० हजार ७ सय ६० छ। प्रत्यक्षतर्फ माओवादीले पाएको मत प्रतिशत १५ हुन आउँछ।
प्रत्यक्षतर्फ कांग्रेसले बढी मत पाउनुको कारण उम्मेदवार संख्या एमालेको भन्दा बढी हुनु पनि हो। कांग्रेसले १ सय ५४ निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएको थियो भने माओवादीसँगको तालमेलका कारण एमालेको १ सय ३ निर्वाचन क्षेत्रमा मात्रै उम्मेदवारी दिएको थियो। माओवादीबाट ५९ उम्मेदवार थिए।
तर, देशैभरलाई एउटा निर्वाचन क्षेत्र मानेर समानुपातिकतर्फ प्रतिस्पर्धामा उत्रिएका दलहरुबीच पनि कांग्रेस थोरै मत अन्तरले दोस्रो भएको थियो। यसले पनि मतदाताबीच कांग्रेसको स्थान पूरै खस्किनसकेको देखाउँछ। समानुपातिकमा एमालेभन्दा कांग्रेस शून्य दशमलव ४७ प्रतिशतले मात्रै पछाडि छ। एमालेले समानुपातिकतर्फ कुल खसेको मतको ३३ दशमलव २५ प्रतिशत मत ल्याएको छ भने कांग्रेसले ३२ दशमवल ७८ प्रतिशत।
एमालेको मत संख्या ३१ लख ७३ हजार ४ सय ९४ छ भने कांग्रेसले ३१ लाख २८ हजार ३ सय ८९ मत ल्याएको छ। एमालेभन्दा कांग्रेस ४५ हजार १ सय ५ मतले मात्रै पछाडि छ। स्थानीय तह निर्वाचनमा पनि दुई दलबीचको मतान्तर यस्तै थियो। स्थानीयमा पनि पहिलो पार्टी बनेको एमालेभन्दा कांग्रेस कुल मतमा ८२ हजार ३ सयले मात्रै पछाडि परेको थियो। एमालेले ३० लाख ६४ हजार ५ सय ४० मत ल्याउँदा कांग्रेसको मत २९ लाख ८२ हजार २ सय ४० थियो।
माओवादीले भने प्रत्यक्षमा पाएको लोकप्रिय मतको तुलनामा समानुपातिकमा पाएको मत संख्या कम देखिन्छ। उसले पाएको मत प्रतिशत १३ दशमलव ६६ थियो। समानुपातिकमा एमालेले ४१ सिट पाउँदा कांग्रेसले ४० सिट र माओवादीले १७ सिट जितेको छ।
एक सिटले उछिनेर संसदमा चौथो दल बनेको राष्ट्रिय जनता पार्टी प्रत्यक्षतर्फको कुल मतमा भने संसदभित्रको पाँचौ दल संघीय समाजवादी फोरम नेपाल भन्दा पछाडि देखिएको छ। फोरमका सबै उम्मेदवारले ल्याएको मत प्रतिशत ५ दशमलव २६ प्रतिशत छ भने राजपाको कुल मत प्रतिशत ४ दशमलव ५६ मात्र। समानुपातिकतर्फ भने राजपाले फोरमलाई २ हजार ५३ मत अन्तरले उछिनेको थियो। समानुपातिकमा राजपाले मत प्रतिशत ४ दशमलव ९५ तथा फोरमको ४ दशमलव ९३ थियो।
साभार : कान्तिपुर दैनिक


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
चौघडा बचतको रक्तदान, ३० जनाले दिए रगत
FB_IMG_1713235364802-1713235376.jpg

 ४ बैशाख, हेटौंडा।  हेटाैडा ६ चाैघडामा रहेकाे चाैघडा बचत तथा ऋण  सहकारी सस्थाले रक्तदान कार्यक्रमकाे...

आज चैते दशैं पर्व मनाइँदै
Screenshot_20240416_08105-1713234363.jpg

४ बैशाख, हेटौंडा । आज चैते दशैं पर्व मनाइँदै छ । हरेक वर्ष चैत्र शुक्ल अष्टमीका दिन नवदुर्गाको पूजाआराधना गरी चैते...

आज हेटौंडा सहित विभिन्न स्थानमा १२ घण्टा विद्युत आपूर्ति नहुने
20201106_083918-163123516-1713232789.jpg

४ बैशाख, हेटौंडा। हेटौंडा सहित कैलाश र मकवानपुरगढीका विभिन्न स्थानमा  मंगलबार १२ घण्टा विद्युत आपूर्ति...

मंगलबार प्रदेशभर सार्वजनिक बिदा
Screenshot_20240416_07415-1713232618.jpg

४ बैशाख, हेटौंडा । गण्डकी प्रदेश सरकारले मंगलबार प्रदेशभर सार्वजनिक बिदा दिएको छ । चैत्र शुक्ल अष्टमी (चैते दसैँ)...

प्रहरीका दुई डिआइजीलाई एआइजी बढुवाका लागि सिफारिस
umesh-and-bhim-1713232294.jpg

४ बैशाख, हेटौंडा । नेपाल प्रहरीका दुई डिआइजीलाई एआइजी बढुवाका लागि सिफारिस गरिएको छ । जनपद प्रहरी समूहतर्फ...

नागरिक उन्मुक्ति पार्टीबाट सद‍्भावना पार्टी अलग
Screenshot_20240416_07234-1713231535.jpg

४ बैशाख, हेटौंडा । नागरिक उन्मुक्ति पार्टी (नाउपा) संग एकीकरण गरेको नेपाल सद‍्भावना पार्टी अलग भएको छ । गरिएको...

मौसम मुख्यतया सफा रहने
Screenshot_20230324_10360-1713230738.jpg

४ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय  वायुको प्रभाव रहेको छ। सुदूरपश्चिम, कर्णाली र लुम्बिनी ...

३ रुपैयाँले बढ्यो पेट्रोलियम पदार्थको मूल्य
Petrol-Pump-1713195853.jpg

३ बैशाख, हेटौंडा। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले सोमबार राति १२ बजेबाट लागु...

अदालतबाट गौशाला-२६ को जन्मदर्ताको प्रमाणित प्रतिलिपि र निवेदनको सक्कल प्रति माग
1657346199_uchha-adalat-p-1713190941.jpg

३ बैशाख, काठमाडौं । उच्च अदालत पाटनले गौशाला-२६ को जन्मदर्ताको प्रमाणित प्रतिलिपि र उनले प्रमाणपत्रको प्रतिलिपि...

थप समाचार