यसरी भयो लोकप्रिय मतमा काँंग्रेस पहिलो ?
११ चैत, काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा नराम्ररी हार बेहोरेको विषयमा समीक्षामा जुटिरहेका कांग्रेस नेता तथा कार्यकर्तालाई राहत दिने खबर छ । प्रत्यक्षतर्फको लोकप्रिय मतका आधारमा कांग्रेस पहिलो पार्टी भएको छ ।
सिट संख्याका आधारमा संसदमा ठूलो अन्तरले पछाडि परेको कांग्रेसले लोकप्रिय मतमा भने एमालेलाई उछिनेको हो। निर्वाचन आयोगले तयार पारेको निर्वाचन प्रतिवेदनअनुसार प्रत्यक्षतर्फ कांग्रेसले ३५ दशमलव ७५ प्रतिशत मत ल्याएको हो। संसदमा पहिलो पार्टी बनेको एमालेको मत ३० दशमवल ६८ प्रतिशत मात्र छ। कांग्रेस ५ प्रतिशतले एमालेभन्दा अगाडि देखिएको छ। संसद्मा एमालेले ८० सिट जित्दा कांग्रेसले २३ सिट मात्रै पाएको छ।
कुल १ करोड ५४ लाख ७९ हजार ३८ मतदातामध्ये ६८।६७ प्रतिशत मतदान भएको थियो। खसेको मतको प्रतिशत गणनाका बेला यकिन भएको मतपत्रका आधारमा निकालिएको हो। प्रत्यक्षतर्फ खसेको १ करोड ५ लाख ९४ हजार ४४ मतमध्ये कांग्रेसका उम्मेदवारले ल्याएको कुल मत ३५ लाख ९० हजार ७ सय ९३ छ। एमालेले प्रत्यक्षतर्फ ३० लाख ८२ हजार २ सय ७७ मत पाएको छ। ५ लाखभन्दा बढी मत अन्तरले कांग्रेस अगाडि देखिएको हो।
मत संख्यामा तेस्रो स्थानमा रहेको माओवादीले प्रत्यक्षमा ३६ सिट जितेको छ। उसका उम्मेदवारले पाएको कुल मत १५ लाख १० हजार ७ सय ६० छ। प्रत्यक्षतर्फ माओवादीले पाएको मत प्रतिशत १५ हुन आउँछ।
प्रत्यक्षतर्फ कांग्रेसले बढी मत पाउनुको कारण उम्मेदवार संख्या एमालेको भन्दा बढी हुनु पनि हो। कांग्रेसले १ सय ५४ निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएको थियो भने माओवादीसँगको तालमेलका कारण एमालेको १ सय ३ निर्वाचन क्षेत्रमा मात्रै उम्मेदवारी दिएको थियो। माओवादीबाट ५९ उम्मेदवार थिए।
तर, देशैभरलाई एउटा निर्वाचन क्षेत्र मानेर समानुपातिकतर्फ प्रतिस्पर्धामा उत्रिएका दलहरुबीच पनि कांग्रेस थोरै मत अन्तरले दोस्रो भएको थियो। यसले पनि मतदाताबीच कांग्रेसको स्थान पूरै खस्किनसकेको देखाउँछ। समानुपातिकमा एमालेभन्दा कांग्रेस शून्य दशमलव ४७ प्रतिशतले मात्रै पछाडि छ। एमालेले समानुपातिकतर्फ कुल खसेको मतको ३३ दशमलव २५ प्रतिशत मत ल्याएको छ भने कांग्रेसले ३२ दशमवल ७८ प्रतिशत।
एमालेको मत संख्या ३१ लख ७३ हजार ४ सय ९४ छ भने कांग्रेसले ३१ लाख २८ हजार ३ सय ८९ मत ल्याएको छ। एमालेभन्दा कांग्रेस ४५ हजार १ सय ५ मतले मात्रै पछाडि छ। स्थानीय तह निर्वाचनमा पनि दुई दलबीचको मतान्तर यस्तै थियो। स्थानीयमा पनि पहिलो पार्टी बनेको एमालेभन्दा कांग्रेस कुल मतमा ८२ हजार ३ सयले मात्रै पछाडि परेको थियो। एमालेले ३० लाख ६४ हजार ५ सय ४० मत ल्याउँदा कांग्रेसको मत २९ लाख ८२ हजार २ सय ४० थियो।
माओवादीले भने प्रत्यक्षमा पाएको लोकप्रिय मतको तुलनामा समानुपातिकमा पाएको मत संख्या कम देखिन्छ। उसले पाएको मत प्रतिशत १३ दशमलव ६६ थियो। समानुपातिकमा एमालेले ४१ सिट पाउँदा कांग्रेसले ४० सिट र माओवादीले १७ सिट जितेको छ।
एक सिटले उछिनेर संसदमा चौथो दल बनेको राष्ट्रिय जनता पार्टी प्रत्यक्षतर्फको कुल मतमा भने संसदभित्रको पाँचौ दल संघीय समाजवादी फोरम नेपाल भन्दा पछाडि देखिएको छ। फोरमका सबै उम्मेदवारले ल्याएको मत प्रतिशत ५ दशमलव २६ प्रतिशत छ भने राजपाको कुल मत प्रतिशत ४ दशमलव ५६ मात्र। समानुपातिकतर्फ भने राजपाले फोरमलाई २ हजार ५३ मत अन्तरले उछिनेको थियो। समानुपातिकमा राजपाले मत प्रतिशत ४ दशमलव ९५ तथा फोरमको ४ दशमलव ९३ थियो।
साभार : कान्तिपुर दैनिक
८ असोज, हेटौंडा । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत...
८ असोज, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सातवटै प्रदेशको अधिवेशन हुँदैछ । राप्रपाले असोज २१...
८ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । सिंहदरबारमा बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको...
८ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । साथै बङ्गालको खाडीको...
७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...
६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...
६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...
६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...
६ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
२५ भदौ, हेटौंडा । नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि छनोट भएको छ । आज भएको एसीसी प्रिमियर कप सेमिफाइनलमा...
२६ भदौ, हेटौंडा । नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति...
२५ भदौ, हेटौंडा । मकवानपुरमा रहेका श्रीकृष्ण प्रणामी समुदायबाट प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा ५ लाख...
२८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...
२६ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानकै आसपास रहेको...
२७ भदौ, हेटौंडा । तेस्रो संस्करणको एससी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि नेपाली पुरुष राष्ट्रिय...
२९ भदौ, हेटौंडा । भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका तिज पर्व आज महादेवको पूजा आराधना गरी मनाइँदै छ...
२६ भदौ, हेटौंडा । कुशेऔँशी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने...


















