१ वैशाख, हेटौंडा । नयाँ वर्षको अवसरमा प्रत्येक वर्ष नेपाल तरुण दल हेटौडा-६ को आयोजनामा हुँदै आएको शुभकामना दौड प्रतियोगिता यस वर्ष पनि आयोजना भएको छ ।
मंगलबार सम्पन्न ५ किलोमिटर शुभकामना खुल्ला दौड मा बकैयाका राजकुमार गोले पहिलो भएका छन् । प्रतियोगितामा बकैयाकै अनिष थिङ दोश्रो र राक्सिराङका सुभाष हेमजंग तेस्रो भएका छन् ।
नेपाली कांग्रेस मकवानपुरका सभापति बुद्व लामाको प्रमुख आतिथ्यता एवम नेपाल तरुण दल जिल्ला सदस्य राजकुमार बास्तोलाको सभापतित्वमा सम्पन्न प्रतियोगितामा पहिलो स्थान हासिल गर्नेले नगद १५ हजार मेडल र प्रमाणपत्र दोस्रोले नगद १० हजार मेडल र प्रमाणपत्र तेस्रोले नगद ५ हजार मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । त्यसैगरी महिलातर्फ हेटौडा १३ की साधना लोप्चन पहिलो, हेटौंडा १३ कै गंगा मोक्तान दोस्रो र हेटौडा-३ की स्वस्तिका थिङ तेस्रो बनिन् ।
कार्यक्रममा हेटौडा ६ का वडा अध्यक्ष विष्णुबहादुर दाहाल, ७ का वडा अध्यक्ष दामोदर गौतम, १६ का वडा अध्यक्ष रामकृष्ण कोईराला, हेटौडा ६ का वडा सदस्य विजय पौडेल, काङ्ग्रेस जिल्ला सचिव भीमसेन महत, पार्टी प्रवक्ता अर्जुनप्रसाद चौलागाई, नगर सभापति उत्सव ईटेनी, पार्टी वडा सभापति रामहरी तिमल्सिना, उपसभापति केशव धिताल लगायत पार्टीका नेता र कार्यकर्ताको उपस्थिति रहेको थियो ।
प्रतियोगितामा ४ महिलासहित ३० जनाको सहभागिता रहेको थियो ।
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
२९ साउन, हेटौंडा । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) प्रदेशसभा संसदीय दलका...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...
२९ साउन, हेटौंडा । रोल्पामा चट्याङ लागेर एक जनाको मृत्यु भएको भएको छ । मृत्यु हुनेमा लुङ्ग्री गाउँपालिका-१ खदरका...
२९ साउन, हेटौंडा । अविरल वर्षापछि पहिराले घर पुरिँदा बाजुराको त्रिवेणी नगरपालिका-९ ताम्सुमा एक जना बेपत्ता भएका...
२९ साउन, हेटौंडा । नेपाली कांग्रेसको इतर समूहले आज काठमाडौंको सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा राष्ट्रिय...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
२८ साउन, हेटौंडा । राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १:१५ बजे बस्ने भएको हो । बैठकमा संस्कृति, पर्यटन तथा...
१८ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले बागमती प्रदेशमा देखिएको वर्तमान...
१९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारमा हाम्रो नेपाली पार्टी (हानेपा) को 'इन्ट्रि' भएको छ । बागमती प्रदेशमा...
१८ साउन, हेटौंडा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनमा...
१८ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
१९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका नवनियुक्त भौतिक पूर्वाधार विकासमन्त्री शौलेन्द्रमान बज्राचार्यले...
१७ साउन, हेटौंडा । चर्चित नेपाली पर्वतारोही निर्मल पुर्जाको शव फेला परेको छ। पाकिस्तानको अल्पाइन क्लब (एसीपी) ले...
२१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
२० साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
२६ साउन, हेटौंडा । पर्साको वीरगञ्जबाट स्रोत नखुलेको ५२ लाख ५० हजार नेपाली रुपैयाँसहित ४ जना पक्राउ परेका छन्...



-1786686763.jpg)














