१० बैशाख , हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बहादुर बानियांको प्रमुख राजनीतिक सल्लहाकारमा दामोदर खनाल नियुक्त भएका छन् ।
बिहीबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकले इन्द्रबहादुर बानियाँका प्रमुख राजनीतिक सल्लाहकारमा मकवानपुरका दामोदर खनाललाई नियुक्त गर्ने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री प्रभात तामाङले बताएका छन् ।
यसअघि बानियाँको राजनीतिक सल्लाहकार रहेका कांग्रेस मकवानपुरका सभापति बुद्ध लामाले राजीनामा दिएपछि उक्त पद रिक्त रहेको थियो। रिक्त पदमा बानियांले खनाललाई नियुक्त गरेका हुन्। खनाल बकैया गाउॅपालिकाका पुर्व अध्यक्ष समेत हुन् ।
त्यसैगरी सरकारको बिहीबार सम्पन्न मन्त्रिपरिषद् बैठकले प्रमुख राजनीतिक सल्लाहकार नियुक्तिसॅंगै नीति स्वीकृति, ऐन संशोधन र प्रशासनिक जिम्मेवारी हेरफेरसहित १४ वटा निर्णय गरेको छ।प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री प्रभात तामाङले बैठकका निर्णय सार्वजनिक गर्दै बागमती प्रदेश विश्वविद्यालयका संरक्षकमा डा. प्रेमनारायण अर्याललाई नियुक्त गरिएको जानकारी दिए। यस्तै, सूचना प्रतिवेदन समितिको अध्यक्षमा धादिङका कृष्णराज अधिकारी र सदस्यमा मकवानपुरका अशोक श्रेष्ठलाई मनोनयन गरिएको छ।मन्त्रिपरिषद् बैठकले प्रशासनिकतर्फ सामाजिक विकास मन्त्रालयका सचिव खुबीराम अधिकारीलाई सहकारी तथा गरिबी निवारण मन्त्रालयको समेत थप जिम्मेवारी दिएको छ। यसअघि सो मन्त्रालय सम्हाल्दै आएका बाबुराम पुरीलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सीमित गरिएको छ।
नमोबुद्ध क्षेत्र विकास समितिको अध्यक्षमा शंखबुद्ध लामालाई नियुक्त गर्ने निर्णय भएको छ भने स्वास्थ्य सेवाका ११औँ तहका अधिकृत डा. अर्जुनप्रसाद सापकोटाको राजीनामा स्वीकृत गरेको छ। साथै, समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका पदाधिकारी दामोदर केसीले स्वास्थ्यका कारण दिएको राजीनामा माघ ५ गतेदेखि लागू हुने गरी स्वीकृत गरिएको छ।
यसैगरी, नीतिगत रूपमा बैठकले द्वन्द्वकालमा नष्ट भएका अभिलेख प्रमाणीकरणका लागि कार्यसम्पादन मूल्यांकनसम्बन्धी नयाँ नीति पारित गरेको छ। यस्तै, ‘गरिबी निवारण नीति २०८२’ र शैक्षिक छात्रवृत्ति निर्देशिका, २०८३ स्वीकृत गर्ने निर्णय पनि मन्त्रिपरिषद् बैठकले गरेको छ।
बैठकले कानुनीतर्फ प्रदेश पर्यटन (पहिलो संशोधन) ऐन २०८२ र प्रदेश राष्ट्रिय वन ऐन (पहिलो संशोधन) २०८३ का मस्यौदालाई प्रदेश सभामा पेस गर्न स्वीकृति दिएको छ।
यसैगरी, त्रिभुवन पार्क सञ्चालन तथा व्यवस्थापनसम्बन्धी संशोधित गठन आदेश स्वीकृत गरिएको छ भने आगामी आर्थिक वर्ष ०८३/८४ का लागि स्थानीय तहलाई हस्तान्तरण गरिने वित्तीय समानीकरण अनुदानको रकम पनि पारित गरिएको छ।
७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...
७ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशको हिमाली र पहाडी भूभागमा...
६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीन दिने भ्रमणका लागि भारत जाने...
६ कार्तिक, हेटौंडा । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित समुदायको राहत,...
६ कार्तिक, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिगका खेलहरूको टिकट मूल्य...
६ कार्तिक, हेटौंडा । बडादशैं अन्तर्गत टीकाको तेस्रो दिन आज पनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम...
६ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल देशभर मौसम मुख्यतया सफा रहेको छ। तराई...
५ कार्तिक, हेटौंडा । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अस्पतालबाट घर फर्किएको...
५ कार्तिक, हेटौंडा । बडादसैँ अन्तर्गत टीकाको दोस्रो दिन आज पनि मान्यजन तथा आफन्तबाट नवदुर्गाको प्रसाद स्वरूप...
२७ असोज, हेटौंडा । नयाँ तथा पुराना सवारीसाधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन...
२७ असोज, हेटौंडा । विवादास्पद अडियो प्रकरणमा विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सांसद...
२७ असोज, हेटौंडा । बडादशैंअन्तर्गत शारदीय नवरात्रको तेस्रो दिन आज हिन्दु धर्मावलम्बीहरूले नवदुर्गाको तेस्रो...
२५ असोज, हेटौंडा । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको महान् पर्व बडादशैं...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ। बुधबार...
२७ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल गण्डकी, कर्णाली...
२८ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा दुई वटा अध्यादेश जारी गरेका छन्...
३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...







-1792715895.jpg)






-nepal-1792111426.jpg)



