Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

अर्यालद्वारा पत्रकार उपचार कोषमा २ लाख सहयोग

FNJ-1522149848.jpg

१३ चैत, हेटौँडा । मकवानपुरका उद्योगी नबराज अर्यालले मंगलबार नेपाल पत्रकार महासंघ मकवानपुर शाखाकोे पत्रकार उपचार कोषमा दुई लाख रुपैयाँ हस्तान्तरण गरेका छन् ।

पत्रकार उपचार कोषका लागि अर्यालले आफ्नो जन्मदिनका अबसरमा दुई लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् । सबै संचारकर्मीका माझ रकम हस्तान्तरण कार्यक्रममा अर्यालले पत्रकार महासंघ मकवानपुरका अध्यक्ष तथा पत्रकार उपचार कोषका संयोजक हरि हुमागाईलाई चेक हस्तान्तरण गरेका थिए ।

आफ्नो जन्म दिनका अबसरमा अर्यालका बुबा बिस्वनाथ अर्याल, आमा शिबकुमारी अर्याल, ठुली आमा तिलकुमारी अर्याल, ससुरा नारायण प्रसाद भण्डारी, सासु बाल्मीका देबि भण्डारी र ठुली सासु लोकमायाँ भण्डारीको नाममा सहयोग गरेका हुन् । रकम हस्तान्तरण गर्दै उद्योग संघ मकवानपुरका अध्यक्ष समेत रहेका अर्यालले सबैका पिडा बुझेर समाचार लेख्ने पत्रकारहरुका पिडा कसैले पनि बुझ्दैन र उनिहरुका निम्ती सहयोग गर्ने हातहरु पनि कमै मात्र हुन्छन्, त्यसैले आफुले सहयोग गरेको बताए ।

पत्रकारका निम्ती अरु पनि संस्थागत रुपमा समस्या परेमा आफु सदैब सहयोग गर्नका लागि तयार रहेको उनले बताए । रकम बुझ्दै नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष हरि हुमागाईले गम्भिर बिरामी परेपछी पत्रकारहरु काम गर्न पनि नसक्ने र उपचारका लागि बाबु आमा र आफन्त संग माग्नुपर्ने बाध्यता रहेकाले उपचारकोष संचालन गर्ने निणय गरिएको बताए । सबैले गरेको सहयोगबाट रकम कहिले पनि नचलाउने र त्यसको ब्याजबाट मात्र पत्रकार गम्भिर बिरामी परेमा सहयोग गर्ने अध्यक्ष हुमागाईले बताए । उद्योगी अर्यालले आफ्नो जन्मदिनका अबसरमा हेटौंडाको मानब सेवा आश्रममा आश्रीतहरुलाई एक छाक खाना खुवाएका हुन् ।

हेटौंडा ४ कर्रामा रहेका आश्रममा आश्रीतहरुलाई खाना खुवाएका हुन् । पैसा कमाएर मात्र नहुने भन्दै यस्तो महत्वपुर्ण काम गरेकाहरुलाई सहयोग पु¥याउनका लागि पनि खाना खुवाएको बताए । पत्रकार उपचार कोष महासंघ मकवानपुर शाखासंग आबद्ध भएका आफ्ना सदस्यहरु गम्भीर बिरामी परेमा उपचारको क्रममा सहयोग होस भन्ने उद्देश्यले उपचार कोष स्थापना गर्ने निणय यही चैत १० गतेको महासंघको नियमित बैठकले गरेको हो । मकवानपुरका पत्रकार गम्भीर खालका बिरामी पर्दा आर्थिक अभावका कारण समस्यामा पर्दै आएकाले कोषको स्थापना गरेर रकम सहयोग गर्नका लागि आव्हान गर्ने निणय भएको हो ।

पत्रकार उपचार कोष संकलन गर्नका लागि पत्रकार महासंघ मकवानपुरका अध्यक्ष हरि हुमागाईको संयोजकत्वमा उपाध्यक्षद्वय कुमार अधिकारी पोष्टराज र सरिता दाहाल तथा सचिव गणेश दर्पण अधिकारी सदस्य रहेका छन् । कोषमा अध्यक्ष हुमागाई र उपाध्यक्ष अधिकारीले बैठकले निणय गरेकै दिनमा आफैले रकम सहयोग गरेर सुरुवात गरेका थिए । आगामी दिनहरुमा पनि पत्रकार महासंघ मकवानपुरमा आबद्ध रहनुभएका पत्रकार, बिभिन्न सञ्चार संस्था, अरु शुभेच्छुक ब्यक्ति र संस्थासंग रकम संकलन गरेर उपचार कोषमा रकम बृद्धि गरिने छ ।

कोषमा जम्मा भएको रकम के कसरी गम्भीर खालका बिरामीलाई उपचारमा सहयोग गर्ने भन्ने बिषयको निर्णय भने महासंघ मकवानपुर शाखाको बैठकले गर्ने जनाइएको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
आज सुनचाँदीको मूल्य घट्यो
gold1616689900-1788244458.jpg

१६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ र चाँदीको मूल्य १५...

आज सर्वदलीय बैठक बस्दै
sarbadliya-baithak_edit_1-1788244165.jpg

१६ भदौ, हेटौंडा । भोटेकोशी बाढीबाट भएको क्षति, खोजी तथा उद्धार, राहत र पुनःस्थापनाका विषयमा छलफल गर्न आज सर्वदलीय...

नेकपा सुदुरपश्चिमका सांसदले राहतका लागि १५ दिनको पारिश्रमिक दिने
774033199_162700764210800-1788229040.jpg

१६ भदौ, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेशका सांसदहरूले भोटेकोसी बाढीबाट प्रभावित...

मेसीद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा
messi-1784513381-1788228753.png

१६ भदौ, हेटौंडा । अर्जेन्टिनाका कप्तान तथा स्टार फुटबलर लियोनल मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...

राष्ट्रपति र रास्वपा सभापतिबीच भेटवार्ता
rabi-ramchandra-paudel-1788227944.jpg

१६ भदौ, हेटौंडा ।  राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच...

तातोपानी नाका अनिश्चितकालका लागि बन्द
IMG_20240406_132517-1788227325.jpg

१६ भदौ, हेटौंडा । चीनले नेपालसँगको प्रमुख व्यापारिक नाका तातोपानी अनिश्चितकालका लागि बन्द गरेको छ । बाढी र...

कांग्रेस सांसदले आधा महिनाको पारिश्रमिक राहत कोषमा जम्मा गर्ने
1644884473_congress-samsa-1788165307.png

१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी बाढी–पहिरो पीडितको सहयोगार्थ आफ्ना सांसदहरूको आधा महिनाको...

रसुवा बाढीबाट हालसम्म ९०३ जनाको मृत्यु
f-7_1-1788164757.jpg

१५ भदौ, हेटौंडा । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा बाढीमा परी हालसम्म ९०३ जनाको...

कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुरमा यस्तो छ रूट व्यवस्थापन
kanti-lokpath_NrsOBeYJfc-1788142156.jpg

१५ भदौ, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर हुँदै काठमाडौँ जाने...

थप समाचार