४ जेठ, हेटौंडा । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नेपालले स्कटल्यान्डलाई पराजित गरेको छ ।
स्कटल्यान्डले दिएको १९५ रनको चुनौतीलाई नेपाली टोलीले ७४ बल बाँकी छँदै ४ विकेको क्षतिमा भेट्टाएको हो ।
नेपालका लागि कप्तान रोहित पौडेलले ७४ र अर्का ब्याटर इशान पाण्डेले ५५ रनको अर्धशतकीय पारी खेले ।ओपनरहरू कुशल भुर्तेल र आशिफ शेखले पनि २८ र २९ रनको योगदान दिए ।
काठमाडौंको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा स्कटल्याण्डले दिएको १९५ रनको लक्ष्य पछ्याएको नेपाललाई शुरूवाती धक्का लागेको थियो ।
नेपालले ८ ओभर खेलिसक्दा २ विकेटको क्षतिमा ६० र बनाएको थियो। त्यसबेला नेपालका दुवै ओपनर कुशल भुर्तेल र आशिफ शेख सस्तैमा आउट भए ।
कुशलले २७ बलमा २८ रन बनाए । उता आशिफले १७ बलमा २९ रन बनाउँदै आउट भए । उता इशानले ६१ बलमा ५५ रन बनाए ।
त्रिवि क्रिकेट मैदानमा भइरहेको खेलमा स्कटल्यान्डले सावधानीपूर्वक सुरुवात गरेको थियो। प्रारम्भिक ओभरहरूमा नेपाली बलरले दबाब बनाए पनि स्कटल्यान्डले विकेट नगुमाई रन गति अघि बढाएको थियो ।
नेपाल घरेलु मैदानमा लगातार राम्रो प्रदर्शन गर्ने लक्ष्यसहित मैदान उत्रिएको छ । यसअघि अमेरिकाविरुद्ध प्रभावशाली जित निकालेको नेपाल स्कटल्यान्डविरुद्ध पनि लय कायम राख्ने प्रयासमा छ ।
लिग–२ अन्तर्गतको यो सिरिज विश्वकप छनोट यात्राका लागि महत्त्वपूर्ण मानिएको छ । नेपाल, स्कटल्यान्ड र अमेरिकाबीच भइरहेको त्रिकोणात्मक सिरिजका सबै खेल कीर्तिपुरस्थित त्रिवि मैदानमा भइरहेका छन् ।
२२ असोज, हेटौंडा । तान्जानियाको अरुसामा आयोजित अन्तरसंसदीय सङ्घ (आईपीयू) को १५३औँ महासभाका अवसरमा सभामुख...
२२ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि बिहीबार बिहान...
२२ असोज, हेटौंडा । राष्ट्रिय मानव अधिकार आयोगले २०८१ चैत १५ मा तीनकुनेमा भएको राजावादी आन्दोलनका क्रममा सुरक्षा...
२२ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । बागमती,...
२१ असोज, हेटौंडा । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनासँग स्विट्जरल्यान्डको फेडेरल अफिस अफ...
२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य (खुला) तर्फ बागमती प्रदेश सभापति...
२१ असोज, हेटौंडा । दशैंको घटस्थापनादेखि पूर्णिमासम्म नेपालभर रुट परमिट खुला गरिने भएको छ । यातायात व्यवस्था...
२१ असोज, हेटौंडा । वरिष्ठताक्रममा माथि रहेका उच्च अदालतका मुख्य न्यायाधीश र न्यायाधीशहरुलाई पछि पार्दै...
२१ असोज, हेटौंडा । दशैंको घटस्थापना र टिकाको साइत सार्वजनिक भएको छ । नेपाल पञ्चाङ निर्णायक समितिले ...
१० असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे चाैघडा बचत तथा ऋण सहकारी संस्थाकाे अध्यक्षमा पुन: विजयकुमार श्रेष्ठ...
८ असोज, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सातवटै प्रदेशको अधिवेशन हुँदैछ । राप्रपाले असोज २१...
८ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । सिंहदरबारमा बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको...
११ असोज, हेटौंडा । पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उनलाई...
१३ असोज, हेटौंडा । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडाैँ जिल्ला...
१५ असोज, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय, मुगुका...
८ असोज, हेटौंडा । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत...
१० असोज, हेटौंडा । नवलपरासीको सुस्ता गाउँपालिका-५ सुस्तामा नारायणी नदी पसेपछि स्थानीयलाई सुरक्षित स्थानमा...
१२ असोज, हेटौंडा । भारी वर्षापछि गएको बाढी र पहिरोमा परी २१ जनाले ज्यान गुमाएका छन्। पाँच जना घाइते भएका छन् भने...


















