Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

नेपालसंग स्कटल्यान्ड पराजित

lalit-kushal-bhurtel-1779106096.jpg

४ जेठ, हेटौंडा । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नेपालले स्कटल्यान्डलाई पराजित गरेको छ ।
स्कटल्यान्डले दिएको १९५ रनको चुनौतीलाई नेपाली टोलीले ७४ बल बाँकी छँदै ४ विकेको क्षतिमा भेट्टाएको हो ।
नेपालका लागि कप्तान रोहित पौडेलले ७४ र अर्का ब्याटर इशान पाण्डेले ५५ रनको अर्धशतकीय पारी खेले ।ओपनरहरू कुशल भुर्त‍ेल र आशिफ शेखले पनि २८ र २९ रनको योगदान दिए ।
काठमाडौंको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा स्कटल्याण्डले दिएको १९५ रनको लक्ष्य पछ्याएको नेपाललाई शुरूवाती धक्का लागेको थियो ।
नेपालले ८ ओभर खेलिसक्दा २ विकेटको क्षतिमा ६० र बनाएको थियो। त्यसबेला नेपालका दुवै ओपनर कुशल भुर्तेल र आशिफ शेख सस्तैमा आउट भए ।
कुशलले २७ बलमा २८ रन बनाए । उता आशिफले १७ बलमा २९ रन बनाउँदै आउट भए । उता इशानले ६१ बलमा ५५ रन बनाए ।
त्रिवि क्रिकेट मैदानमा भइरहेको खेलमा स्कटल्यान्डले सावधानीपूर्वक सुरुवात गरेको थियो। प्रारम्भिक ओभरहरूमा नेपाली बलरले दबाब बनाए पनि स्कटल्यान्डले विकेट नगुमाई रन गति अघि बढाएको थियो ।
नेपाल घरेलु मैदानमा लगातार राम्रो प्रदर्शन गर्ने लक्ष्यसहित मैदान उत्रिएको छ । यसअघि अमेरिकाविरुद्ध प्रभावशाली जित निकालेको नेपाल स्कटल्यान्डविरुद्ध पनि लय कायम राख्ने प्रयासमा छ ।
लिग–२ अन्तर्गतको यो सिरिज विश्वकप छनोट यात्राका लागि महत्त्वपूर्ण मानिएको छ । नेपाल, स्कटल्यान्ड र अमेरिकाबीच भइरहेको त्रिकोणात्मक सिरिजका सबै खेल कीर्तिपुरस्थित त्रिवि मैदानमा भइरहेका छन् ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेपाल एसियाली पूर्वाधार लगानी बैंकको उपाध्यक्ष चयन
AIIB-1790614499-1790645406.png

१३ असोज, हेटौंडा । नेपाल एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को उपाध्यक्ष पदमा चयन भएको छ।  कतारको राजधानी...

एसियाली खेलकुद: क्रिकेटबाट नेपाल बाहिरियो
HSAa0KNacAAs8de_edit_2844-1790645255.jpg

१३ असोज, हेटौंडा । जापानमा जारी एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा नेपाल र श्रीलंकाबीचको तेस्रो...

दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राख्न अनुमति
Durga-parshain-1790644807.jpg

१३ असोज, हेटौंडा । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडाैँ जिल्ला...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16320-1790644596.jpg

१३ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान १० बजे सिंहदरबारमा बस्नेछ । बैठकमा प्रधानमन्त्री...

देशभर आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1790644364.jpg

१३ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...

राष्ट्रियसभा र प्रतिनिधिसभाको बैठक आज बस्दै
rastriya-sabha-2-17677507-1790559119.jpg

१२ असोज, हेटौंडा । राष्ट्रियसभा र प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा...

बाढी र पहिरोमा परी २१ जनाको मृत्यु
rastriya-bipad-jokhim-niu-1790558914.jpg

१२ असोज, हेटौंडा । भारी वर्षापछि गएको बाढी र पहिरोमा परी २१ जनाले ज्यान गुमाएका छन्। पाँच जना घाइते भएका छन् भने...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1790558319.jpg

१२ असोज, हेटौंडा । हाल नेपालमा मनसुनी वायु, पश्चिमी वायुका साथै भारतको उत्तर प्रदेश आसपास रहेको न्यूनचापीय...

पूर्व प्रधानन्यायाधीश जबरा पक्राउ
cholendra-1790471275.jpg

११ असोज, हेटौंडा । पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उनलाई...

थप समाचार