Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Adv-Manahari-1719378115.jpg

राजनीति

मध्यम वर्षाको सम्भावना

water-1781486413.jpg

१ असार, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायू तथा पूर्वीय वायूको समेत आंशिक प्रभाव रहेको छ।
देशको हिमाली र पहाडी भू-भागका साथै मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराईमा आंशिक बादल लागेको छ। बाँकी तराई भू-भागमा मौसम मुख्यतया सफा रहेको छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली र पहाडी भू-भागका थोरै स्थानहरूमा तथा कर्णाली प्रदेशको एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा भइरहेको छ ।
सोमबार दिउँसो देशको हिमाली भू-भागमा साथै कोशी प्रदेशको पहाडी भू-भागमा साधारणतया बादल लाग्नेछ । देशको पहाडी भू-भागमा तथा कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका तराई भू-भागमा आंशिक बादल तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भू-भागमा मौसम मूख्यतया सफा रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू-भागका थोरै स्थानहरूमा  तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ । कोशी प्रदेशको तराईका थोरै स्थानहरूमा तथा मधेश प्रदेशको पनि एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका केही स्थानहरूमा तातो दिन हुने सम्भावना छ । 
राति कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिक बादल लाग्नेछ । लुम्बिनी , कर्णाली र सुदूरपश्चिम प्रदेशको  हिमाली र पहाडी भू-भागमा आंशिक बादल लाग्नेछ ।  लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भू-भागमा मौसम मूख्यतया सफा रहनेछ। कोशी प्रदेशका हिमाली र पहाडी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षा/हिमपात तथा बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा/हिमपातको सम्भावना छ । कोशी प्रदेशको तराईका थोरै स्थानहरूमा तथा मधेश प्रदेशको पनि एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
आयोगको प्रतिवेदन सच्याउन ओलीको निवेदन
Screenshot_20260710_06432-1783645107.jpg

२६ असार, हेटौंडा । एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो बारेमा राष्ट्रिय मानव अधिकार आयोग तयार गरेको प्रतिवेदन...

मुख्यसचिव गोविन्दबहादुर कार्कीलाई स्वागत
de1e643c-9cbd-4817-b32f-f-1783644789.jpg

२६ असार, हेटौंडा । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा नवनियुक्त मुख्यसचिव गोविन्दबहादुर कार्कीलाई...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1783644468.jpg

२६ असार, हेटौंडा । हाल देशभर मनसुनी वायूको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही माथि...

फ्रान्स सेमिफाइनलमा प्रवेश
2458-1783644116.jpg

२६ असार, हेटौंडा । साविक विजेता फ्रान्स मोरोक्कोलाई २-० ले पराजित गर्दै विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ...

राष्ट्रपतिद्वारा चार विधेयक प्रमाणीकरण
Screenshot_20260710_06191-1783643660.jpg

२६ असार, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदबाट पारित भई प्रमाणीकरणका लागि पेस भएका चार वटा विधेयक...

सभामुख अर्याल र भारतीय राजदूतबीच भेटवार्ता
740486497_104387313136345-1783586538.png

२५ असार, हेटौंडा । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालसँग नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले...

झापामा उपसभामुख सम्मेलन
file_00000000adcc720baa63-1783560174.png

२५ असार, हेटौंडा । झापाको बिर्तामोडमा बिहीबारदेखि दुई दिने उपसभामुख सम्मेलन आयोजना हुन लागेको छ...

मन्त्री यादव र इजरायली राजदूतबीच भेटवार्ता
Ramjee-yadav-1783559413.jpg

२५ असार, हेटौंडा । युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादव र नेपालका लागि इजरायली राजदूत स्मुलिम एरी बासबीच...

आज र भोलि राहदानी सेवा बन्द हुने
Passport-800x500-1783559257.jpg

२५ असार, हेटौंडा । राहदानी विभागले आज र भोलि दुई दिन राहदानी सेवा बन्द हुने जनाएको छ । विभागले बुधबार जारी गरेको...

थप समाचार