२६ बर्षमै ११ र ९ बर्षका दुई छोराकी आमा मानकुमारी बुढाथोकी ।
श्रीजना नेपाल
१७ चैत, हेटौँडा । राक्सिराङ गाउँपालिका वडा नम्बर ९ खैराङकी मानकुमारी बुढाथोकी २६ बर्षमै दुई बच्चाकी आमा भईसकिन् । उनको पहिलो चोरा ११ बर्ष र दोस्रो छोरा ९ बर्षका भए । अर्थात उनी आफु १५ बर्ष हुँदा पहिलो र १७ बर्ष हुँदा दोस्रो सन्तानकी आमा भएकी थिईन् ।
उमेर २६ बर्षभएपनि मानकुमारी पाको देखिन्छिन्, कारण सानो उमेरमा आमा भएकी उनी पोष्णयुक्त खानाबाट बन्चित थिईन् । सानो उमेरमा बच्चा जन्माउँदा उनमा शारिरीक कमजोरीको समस्या रहेको उनको भनाई छ । उनी अहिले गाउँमै पसल चलाउँछिन् । कलिलो उमेरमा विवाह बन्धनमा बाधिएर जिम्मेवारीमा बाँधिनु परेको सम्झँदै उनी आफैलाई यसको दोष दिन्छिन् । ‘यो समाजले त्यस्तो गरायो मलाई, आफैलाई थाहा छैन म कसरी विवाह बन्धनमा बाधिएँ ।’ उनले भनिन्–‘घरबाट बिहेको प्रस्ताव आएर होईन गाउँमा अन्य साथीहरुले सानो उमेरमै भागी विवाह गरेको देखेर मैले पनि गरेँ ।’
बिहे नगरेर पढिरहेको भए जीवन धेरै सहज हुने उनमा अहिले हेक्का आएको छ । ‘३ कक्षा पढ्दा देखी नै साथीहरुले विवाह गर्न थालेपनि उनले भने ६ कक्षामा पुगेपछि विहे गरिन् । यसरी सानो उमेरमै विवाह गर्ने उनी भने एक्ली हैनन् । मकवानपुरको ग्रामिण भेगमा पर्ने यस क्षेत्रमा अधिकांश बालिका सानै उमेरमा आमा बन्ने गरेका छन् ।
आफुले सानै उमेरमा विवाह गरेपनि उनी अहिले भने अरुलाई सानो उमेरमा विवाह नगर्न सल्लाह दिन्छिन् । स्थानीय तहमा रहेका विकृति र विसंगति अन्त्यका लागि पनि उनीसहितका महिला यहाँ सक्रिय छन् । ‘जाँडरक्सी तथा लागुपदार्थ खाएर होहल्ला र झगडा देखेर दिक्क भएपछि यसलाई निषेध गर्नेतर्फ लागेका छौं ।’–उनले भनिन् ‘अब भने गाँजा खेति र जाँडरक्सी जथाभावी खाने काम घट्दै गएको छ ।’
मानकुमारीले जस्तै १२ वर्षमै विवाह गरेकी थिईन् पुर्णकुमारी घिमिरेले पनि । २३ बर्षिय उनको दूध खाँदै गरेको काखे छोरा छ । ‘उमेरमा रमाईलो र लहैलहैमा विवाह गरियो तर अहिले यस्तो गर्नु नहुने रहेछ भन्ने थाहा भयो ।’–उनले भनिन्–‘अहिले पछुतो लागेको छ ।’ घरमा १२ वटा पशुचौपाया पालेकी उनको दैनिकी तिनको स्याहारमै जाने गरेको छ । कक्षा ८ को परीक्षा दिने तर्खरमा रहेकी १२ बर्षीया चण्डिका घलानले परीक्षाको अघिल्लो दिन भागेर विवाह गरिन् । स्थानीय कालिका माविमा अध्ययन गर्ने छात्राहरुको तथ्यांक हेर्ने हो भने कक्षा १० सम्म अध्ययन गरिरहेका अधिकांश बालिकाको विवाह भएको छ भने विवाह गर्ने पनि कम उमेरका रहेका छन् ।
सरकारी संयन्त्रसंगै दर्जनौं गैरसरकारी संस्थाले काम गरिरहेको यस क्षेत्रमा कलिलो उमेरमै आमा बन्ने समस्यामा भने कमी आएको छैन । बाल विवाहका जोखिम र जीवनमा पर्ने दिर्घकालिन असरबारे विद्यालय तहको शुरुवात देखि नै बुझाउनुपर्ने र दण्डलाई प्रभावकारी ढंगबाट कार्यान्वयनमा लैजाने हो भने बाल विवाहमा कमी आउने देखिन्छ ।
१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी बाढी–पहिरो पीडितको सहयोगार्थ आफ्ना सांसदहरूको आधा महिनाको...
१५ भदौ, हेटौंडा । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा बाढीमा परी हालसम्म ९०३ जनाको...
१५ भदौ, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर हुँदै काठमाडौँ जाने...
१५ भदौ, हेटौंडा । रसुवाको भोटेकोसी बाढी प्रभावित क्षेत्रमा सूचना प्रवाहलाई सहज बनाउन नेपाल दूरसञ्चार...
१५ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको पहिलो खेलमा आज नेपालले बहराइनसँग प्रतिस्पर्धा गर्दै छ ।...
१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समयावधि थपिएको छ । सदस्यता अद्यावधिक...
१५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
१४ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनामा...
१४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
२ भदौ, हेटौंडा । उपसभामुख रुबी ठाकुरले जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठविरुद्ध प्रहरीमा जाहेरी दिएकी...
४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दगोरिया...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामाको घोषणा छन् । आज बसेको...
२ भदौ, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह भदौ १० गते प्रतिनिधि सभामा उपस्थित भएर प्रश्न उत्तर कार्यक्रममा...
४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...






-1788140988.jpg)











