Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना

water-1783816949.jpg

२८ असार, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा केही माथि र पूर्वमा नेपालको तराई भूभाग नजिक रहेको छ।
जसको प्रभावले देशभर साधरणतया बादल लागेको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको केहि स्थानमा तथा सुदूरपश्चिमको एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
आज दिउँसो देशभर अधिकांश बादल लाग्नेछ। देशका हिमाली भूभागका केही स्थानमा चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ। देशका पहाडी भूभागका धेरै स्थानमा चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ। मधेश प्रदेश तथा कोशी, बागमती, गण्डकी प्रदेशका तराई भूभागका धेरै स्थानमा तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेश तराई भूभागका केही स्थानमा चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ। मधेश प्रदेशसहित कोशी, बागमती, गण्डकी,  लुम्बिनी प्रदेशको पहाडी  र तराई भूभागको एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । 
आज राति कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा अधिकांश बादल लाग्नेछ । कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बादल लाग्नेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका घेरै र बाँकी हिमाली भूभागका केही स्थानमा चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ। 
कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र तराई  भूभागका घेरै स्थानमा, लुम्बिनी प्रदेशको पहाडी र तराई भूभागका केही स्थानमा तथा कर्णाली प्रदेशको पहाडी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई  भूभागका थोरै चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ। 
कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागको थोरै स्थानमा  तथा मधेस प्रदेश लगायत कोशी, बागमती र गण्डकी प्रदेशको तराई भूभागको एक-दुई स्थानमा भारी देखि धेरै भारी वर्षाको सम्भावना रहेको छ ।  कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागको एक-दुई स्थानमा अति भारी वर्षाको पनि सम्भावना रहेको छ । 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
देउवाको नेपाल फर्किने दिन परिवर्तन
deuba-1-1786201767.jpg

२३ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाको नेपाल फर्किने दिन परिवर्तन भएको छ । साउन २६...

मुख्यमन्त्री बानियाँले भदौ ३ गतेभित्र विश्वासको मत लिने
1786200571348-1786200753.jpg

२३ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आगामी भदौ ३ गतेभित्र संसदबाट विश्वासको...

देशभर साधारणतया बदली रहने
cloudy-weather-1771119240-1786157739.jpg

२३ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

प्रधानमन्त्री र मन्त्री क्वार्टरमा ग्याँसको अभाव छ कि छैन?: प्रसाईं
ramesh-prasadi_jKOjouRL88-1786105188.jpg

२२ साउन, हेटौंडा । रास्वपा पार्टीका सांसद रमेश प्रसाईंले आफ्नै पार्टी नेतृत्वको सरकारको काम कारबाहीप्रति...

विपन्न समुदायको उत्थान प्रदेश सरकारको विशेष प्राथमिकता: बानियाँ
IMG-20260807-WA0003_edit_-1786092286.jpg

२२ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आदिवासी जनजाति, सीमान्तकृत तथा विपन्न...

राष्ट्रियसभाको बैठक सर्यो
rastriya-sabha-2-17677507-1786080863.jpg

२२ साउन, हेटौंडा । राष्ट्रियसभाको बैठक सरेको छ । आजका लागि तय गरिएको बैठक सरेको हो । साउन २२ गते शुक्रबार अपराह्न...

कक्षा १२ को मौका परीक्षाको नतिजा सार्वजनिक
National-Examination-Boar-1786069100.jpg

२२ साउन, हेटौंडा । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को मौका परीक्षाको नतिजा बिहीबार सार्वजनिक गरेको...

तीनवटा संसदीय समितिको बैठक बस्दै
sanghiya-samsad-pic-1786067533.jpg

२२ साउन, हेटौंडा । आज तीनवटा संसदीय समितिको बैठक बस्दैछ । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, कानुन, न्याय तथा...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16320-1786067190.jpg

२२ साउन, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक दिउँसो १ः०० बजे बस्ने भएको हो । बैठकमा राज्य व्यवस्था तथा...

थप समाचार