Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Adv-Manahari-1719378115.jpg

समाज

मध्यम वर्षाको सम्भावना

1774004021_Rain9-1200x560-1783905558.jpg

२९ असार, हेटौंडा । हाल देशभर मनसुनी वायूको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही माथि नेपालको तराई भू-भाग नजिक रहेको छ।
देशभर अधिकांश बादल लागेको छ । कोशी, बागमती,गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको केही स्थानमा तथा मधेश र सुदूरपश्चिम प्रदेशको एक-दुई स्थानमा हल्का देखि मध्यम वर्षा भैरहेको छ।
सोमबार दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा अधिकांश बादल लाग्नेछ र कर्णाली र सुदुरपश्चिम प्रदेशमा साधारणतया बादल लाग्नेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू-भागका धेरै र  लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू-भागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र तराई  भू-भागका धेरै स्थानमा, मधेश प्रदेश तथा लुम्बिनी र सुदुरपश्चिम प्रदेशको पहाडी र तराई , कर्णाली प्रदेशको पहाडी भू-भागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ। कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागको थोरै स्थानमा  तथा मधेश प्रदेश लगायत कोशी, बागमती र गण्डकी प्रदेशको तराई भू-भागको एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । 
राति कोशी,मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा अधिकांश बादल लाग्नेछ र कर्णाली र सुदुरपश्चिम प्रदेशमा साधारणतया बादल लाग्नेछ। कोशी र बागमती प्रदेशका हिमाली भू-भागका धैरै स्थान, गण्डकी प्रदेशको हिमाली भू-भागको केही स्थान र लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू-भागका थोरै  स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ। मधेश प्रदेश तथा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र तराई  भू-भागका धेरै स्थानमा, लुम्बिनी प्रदेशको पहाडी र तराई भू-भागका केही स्थानमा तथा कर्णाली प्रदेशको पहाडी र सुदुरपश्चिम प्रदेशका पहाडी र तराई  भू-भागका थोरै मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ। कोशी र बागमती प्रदेशको पहाडी र तराई भू-भाग तथा मधेश प्रदेशको थोरै स्थानमा भारी देखि धेरै भारी वर्षा साथै गण्डकी र लुम्बिनी प्रदेशको पहाडी र तराई भू-भागको एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । कोशी र बागमती प्रदेशको पहाडी भू-भागको एक-दुई स्थानमा अति भारी वर्षाको पनि सम्भावना रहेको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
रातो पासपोर्ट दुरुपयोगमा उच्च अदालत पाटनद्वारा तीन संविधानसभा सदस्य दोषी ठहर
2a62efbe5e255fed9474e26f1-1784042442.jpg

३० असार, हेटौंडा । रातो पासपोर्ट दुरुपयोग र कीर्ते कागजसम्बन्धी मुद्दामा उच्च अदालत पाटनले तत्कालीन...

टोपबहादुर रायमाझी र बालकृष्ण खाणसहित १६ जनालाई कैद सजाय
Topbahadur-rayamajhi-balk-1784041970.jpg

३० असार, हेटौंडा । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी र पूर्वगृहमन्त्री...

भोलि विहानसम्म कान्तिलोकपथ बन्द
kantilolpath-1783996121.jpg

३० असार, हेटौंडा । पहिरो र चट्टान खसेर सडक अवरुद्ध हुने जोखिम बढेको भन्दै जिल्ला प्रशासन कार्यालय ललितपुरले...

नेपाल जर्सीविरुद्ध ८१ रनले विजयी
avyas-khel-1783989452-1783995634.jpg

३० असार, हेटौंडा ।  नेपालले जर्सीविरुद्धको पहिलो एकदिवसीय अभ्यास खेलमा ८१ रनले विजयी भएको छ ।  सोमबार...

आज फ्रान्स र स्पेनबीच भिडन्त हुँदै
Mbappe-vs-Yamal-1783995055.jpg

३० असार, हेटौंडा ।  फिफा विश्वकप २०२६ को पहिलो सेमिफाइनलमा मंगलबार फ्रान्स र स्पेनबीच रोमाञ्चक भिडन्त हुँदैछ।...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260518_07103-1783994733.jpg

३० असार, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे बस्ने भएको हो । आजको बैठकमा प्रधानमन्त्री...

मध्यम वर्षाको सम्भावना
water-1783994211.jpg

३० असार, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा...

नारायणगढ-मुग्लिन सडक अवरुद्ध
muglin-e1688199347331-1783955786.jpg

२९ असार, हेटौंडा । नारायणगढ-मुग्लिन सडकखण्डका विभिन्न स्थानमा पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको...

भानु जन्मजयन्ती आज मनाइँदै
1689293846-k5kxP-1783906048.jpg

२९ असार, हेटौंडा । आदिकवि भानुभक्त आचार्यको २१३ औँ जन्मजयन्ती आज देश तथा विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी...

थप समाचार