Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

खेलकुद

डीपीएलमा काठमाडौं गोल्डेन्सको विजयी सुरुवात

DPL-2-1522502125.jpg

१७ चैत्र, हेटौँडा । धनगढी प्रिमियर लिग क्रिकेटमा काठमाडौं गोल्डेन्सले विजयी सुरुवात गरेको छ । शनिबार कैलालीको धनगढीमा भएको उद्घाटन खेलमा टीम चौराहा धनगढीलाई ७ विकेटले हराउँदै काठमाडौंले विजयी सुरुवात गरेको हो । 
टस हारेर पहिले ब्याटिङ गरेको धनगढीले निर्धा्रित २० ओभरमा ६ विकेट गुमाएर १ सय ४५ रन बनायो । १ सय ४६ रनको मध्यम विजयी लक्ष्य काठमाडौं गोल्डेन्सले ८ बल बाँकी छँदै ३ विकेट गुमाएर पूरा गर्यो । 
राष्ट्रिय टोलीका उपकप्तान ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको काठमाडौंलाई जिताउन बलिङमा शाहब आलमले ह्याट्रिक गर्दा ब्याटिङतर्फ अमित श्रेष्ठले नटआउट ८१ र नरेश बुढाऐरले नटआउट २४ रनको योगदान दिए ।  
काठमाडौंलाई जिताउन अमित श्रेष्ठले नटआउट ८१ रनको अर्धशतकीय पाली खेले । ६५ बलको सामना गरेका उनले ९ चौका र ४ चौका प्रहार गरे उनी खेलको म्यान अफ् द म्याचसमेत बने ।
टस हारेर ब्याटिङ गरेको घरेलु टिम चौराहा धनगढीले उत्कृष्ट सुरुवात गरेको थियो । ५५ रनमा पहिलो विकेट गुमाएको उसले १ सय २६ रन जोड्दा मात्र २ विकेट गुमाएको थियो । उसका लागि ओपनर सुनिल धमालाले उत्कृष्ट पाली खेल्दै ६८ रन बनाए । तर १७ ओभरको तेश्रो बलमा शाहब आलमले धमलालाई आउट गरे । त्यसपछि लगातार चौथो र पाँचौ बलमा विकेट लिदै आलमले पहिलो खेलमा आफ्नो नाममा ‘ह्याट्रिक’ राखे । उनले धनगढीका कप्तान सोमपाल कामी र सोनु तामाङलाई शुन्य रनमै पेवेलियन फर्काएका थिए ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
नुहाउने क्रममा डुबेर दुई जनाको मृत्यु
5f19617119fb9_dubeko-1714875013.jpg

२३ बैशाख, कञ्चनपुर । कञ्चनपुरको दोदा नदीमा नुहाउने क्रममा दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बेलौरी...

आईपिएलमा बैंग्लोरुद्वारा गुजरात पराजित
1714844855-5868-1714874144.jpg

२३ बैशाख, हेटौंडा । आईपिएलमा रोयल च्यालेन्जर बैंग्लोरु (आरसिबी) गुजरात टाइटनलाई पराजित गर्दै सातौं स्थानमा...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1714872576.jpg

२३ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशका पहाडी भू-भागमा आंशिक...

जापानी विदेशमन्त्री योको नेपाल आउँदै
Capture-1714871318.JPG

२३ बैशाख, हेटौंडा । जापानका विदेशमन्त्री कामिकावा योको आज नेपाल आउँदै छिन् । उनी उपप्रधानमन्त्री तथा...

अन्तिम खेलमा नेपालले वेस्ट इन्डिज ’ए’ लाई ६ विकेटले हरायो
f-1714869999.jpg

२३ बैशाख, हेटौंडा । पाँचौं तथा अन्तिम टी–२० क्रिकेटमा नेपालले वेस्ट इन्डिज ’ए’ लाई छ विकेटले हराएको छ । वेस्ट...

गौरिटार क्रिकेट रंगशाला र स्विमिङ्ग पुलको शिलान्यास
shilanyash1-1714869633.jpg

२३ बैशाख, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले खेल क्षेत्रलाई व्यवसायीकरण गर्न आवश्यक...

आज हेटौंडा उपमहानगरको कामकाज बन्द रहने
IMG_20240504_094323-1714869218.jpg

२३ बैशाख, हेटौंडा। हेटौंडा उपमहानगरपालिकाको नियमित  कामकाज आइतबार (आज) एक दिन बन्द रहने भएको...

भीम विराग प्रतिष्ठानद्वारा ९ जना सम्मानित
Bhim-Birag-Puraskar-1714869219.jpg

२३ बैशाख, हेटौंडा । भीम विराग संगीत साहित्य कला प्रतिष्ठान हेटौंडाद्वारा साहित्य कला तथा संगित क्षेत्रमा...

प्रगतिशिल महिलाको साधारणसभा सम्पन्न
FB_IMG_1714866997448-1714867503.jpg

२३ बैशाख, हेटौंडा।  हेटाैडा ६  चुच्चेखाेलामा रहेकाे प्रगतिशिल महिला आपसी विकास संस्थाकाे २० औ वार्षिक...

थप समाचार