Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

पदमपोखरी बहुमुखी क्याम्पसमा महायज्ञ हुने

mahayagya-1522664133.jpg

१९ चैत, हेटौँडा । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १३ मा सञ्चालित पदमपोखरी बहुमुखी क्याम्पसको शैक्षिक तथा समग्र भौतिक स्तर सुधारका निम्ति पदमपोखरीमा श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ हुने भएको छ । साथै बौद्ध धर्म गुरुहरुको मुखारबिन्दबाट बुद्धका ज्ञान उपयोगी कथाहरु वाचन समेत गरिने भएको छ ।
चैत २१ गतेदेखि २९ गतेसम्म हुने महायज्ञको उद्घाटन प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले गर्ने भएका छन् । चैत २१ गते मुख्यमन्त्री पौडेलले महायज्ञको उद्घाटन गर्ने क्याम्पसका प्रमुख कृष्णमाया लटौलाले जानकारी दिए । महायज्ञको लागि तयारी जोडतोड भइरहेको बताइएको छ । महायज्ञमा पण्डित सुशिल पौडेलले भागवत कथा वाचन गर्नेछन् भने राष्ट्रिय कलाकारहरुले समेत संगितमय कथा वाचनमा साथ दिनेछन् ।
गायक तथा कलाकारको संयोजनको जिम्मा दिनेश प्रसाईलाई दिइएको छ । कार्यक्रममा प्रमुख भागवत वाचक पण्डित सुशिल पौडेल सहित भागवत उपवाचक पण्डित रमेश चालिसे, प्रमुख बौद्ध धर्म गुरु खेन रेन्पुन्छे तथा आचार्य सर्वजीत तामाङ, बौद्ध गुरु ज्ञान बज्र लामा लगायतले भागवत तथा बौद्ध ज्ञान वाचन गर्नेछन् ।
२१ गतेदेखि २९ गतेसम्म हुने कार्यक्रमहरु अन्तर्गत चैत २१ गते बिहान ८ बजे शोभा कलश यात्रा हुनेछ भने साढे १२ बजे कार्यक्रमको उद्घाटन मुख्यमन्त्री पौडेलले गर्नेछन् । त्यस्तै चैत २२ गतेबाट प्रत्येक दिन बिहान ७ बजेदेखि १० बजेसम्म पण्डित गुरु तथा बौद्ध गुरुबाट भागवत पुजा अर्चना तथा पाठपरायण हुने सप्ताह ज्ञान महायज्ञ मुल समारोह समिति पदमपोखरी बहुमुखी क्याम्पसले जनाएको छ । त्यस्तै बिहान ११  बजेदेखि ५ बजेसम्म भागवत कथा प्रवचन, संगीतमय भजन किर्तन र भगवानको झाँकी लिला प्रस्तुत गरिनेछ । प्रत्येक दिन साँझ साढे ६ बजेदेखि साढे ९ बजेसम्म महात्मीय कथा, भजन किर्तन झाँकी लिला प्रस्तुत गरिने छ ।
कार्यक्रम अन्तर्गत नै चैत २८ गते बौद्ध धर्म गुरुहरुबाट विशेष प्रवचन दिईनेछ भने चैत २९ गते प्रवचनका साथै तिलार्चन र दिउँसो समापन कार्यक्रम हुने बताइएको छ ।
२०७१ सालमा सम्बन्धनप्राप्त क्याम्पसमा स्थानीय विद्यार्थीलाई प्रोत्सहान दिँदै वडा नम्बर १२ र १३ का स्थानीय विद्यार्थीहरुका लागि वडा कार्यालयको समन्वयमा निःशुल्क शिक्षाको व्यवस्था समेत मिलाईदै आएको छ । हाल व्यवस्थापन संकाय मात्र पढाई हुने क्याम्पसमा विद्यार्थीलाई अझ पढ्ने वातावरण मिलाउनकालागि र विद्यार्थीको अभाव हुन नदिनका लागि क्याम्पस प्रमुख लटौला सहित क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष शंकर रोक्कासहितको टोली वडाका बुद्धिजीवीहरुसँगको छलफलमा प्राप्त सुझावका आधारमा विभिन्न योजनासहित अगाडि बढेका छन् । क्याम्पसमा हाल ५ जना शिक्षकहरुले कुनै सेवा सुविधा बिना नै अध्यापन गराईरहेका छन् ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
आज सुनचाँदीको मूल्य घट्यो
gold1616689900-1788244458.jpg

१६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ र चाँदीको मूल्य १५...

आज सर्वदलीय बैठक बस्दै
sarbadliya-baithak_edit_1-1788244165.jpg

१६ भदौ, हेटौंडा । भोटेकोशी बाढीबाट भएको क्षति, खोजी तथा उद्धार, राहत र पुनःस्थापनाका विषयमा छलफल गर्न आज सर्वदलीय...

नेकपा सुदुरपश्चिमका सांसदले राहतका लागि १५ दिनको पारिश्रमिक दिने
774033199_162700764210800-1788229040.jpg

१६ भदौ, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेशका सांसदहरूले भोटेकोसी बाढीबाट प्रभावित...

मेसीद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा
messi-1784513381-1788228753.png

१६ भदौ, हेटौंडा । अर्जेन्टिनाका कप्तान तथा स्टार फुटबलर लियोनल मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...

राष्ट्रपति र रास्वपा सभापतिबीच भेटवार्ता
rabi-ramchandra-paudel-1788227944.jpg

१६ भदौ, हेटौंडा ।  राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच...

तातोपानी नाका अनिश्चितकालका लागि बन्द
IMG_20240406_132517-1788227325.jpg

१६ भदौ, हेटौंडा । चीनले नेपालसँगको प्रमुख व्यापारिक नाका तातोपानी अनिश्चितकालका लागि बन्द गरेको छ । बाढी र...

कांग्रेस सांसदले आधा महिनाको पारिश्रमिक राहत कोषमा जम्मा गर्ने
1644884473_congress-samsa-1788165307.png

१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी बाढी–पहिरो पीडितको सहयोगार्थ आफ्ना सांसदहरूको आधा महिनाको...

रसुवा बाढीबाट हालसम्म ९०३ जनाको मृत्यु
f-7_1-1788164757.jpg

१५ भदौ, हेटौंडा । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा बाढीमा परी हालसम्म ९०३ जनाको...

कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुरमा यस्तो छ रूट व्यवस्थापन
kanti-lokpath_NrsOBeYJfc-1788142156.jpg

१५ भदौ, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर हुँदै काठमाडौँ जाने...

थप समाचार