Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

राहतका लागि सरकारी खाता मात्रै

rastriya-bipad-jokhim-niu-1787794052.jpg

११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन  राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आह्वान गरेको छ ।
राहतका नाममा अनधिकृत व्यक्तिका क्यूआर सार्वजनिक भइरहेको भन्दै प्राधिकरणले सूचित गरेको हो । नेपाल सरकारले हालैका प्राकृतिक विपद्‌बाट प्रभावित भएका नागरिकहरूको राहत र उद्धार कार्यमा सहयोग गर्न इच्छुक व्यक्ति तथा संघसंस्थाहरूका लागि विभिन्न बैंक खाता  विवरणहरू सार्वजनिक गरेको छ ।
अर्थ मन्त्रालयका अनुसार, 'प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष' र 'प्रधानमन्त्री राहत कोष'मा रकम जम्मा गर्न सकिने गरी विभिन्न वाणिज्य बैंकहरूको खाता नम्बर उपलब्ध गराएको हो ।
विपद् व्यवस्थापनका लागि स्थापित यस कोषमा तोकिएका ९ बैंकका १५ खाता नम्बर मार्फत रकम जम्मा गर्न सकिनेछ । जसमा हिमालयन बैंक लिमिटेडमा भने अमेरिकी डलरका लागि खाता नम्बर ०१९०५६३१२१००४६ तोकिएको छ ।
यस्तै अन्य बैंकमा स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालको खाता ०१०१३२४३८०१ र ०२०१३२४३८०१, राष्ट्रिय वाणिज्य बैंकको ११३०१००००३७६२००१ र ११३०१०००००००६००६, एभरेष्ट बैंकको ००१००१०५२००२७० र ००१०११०२२०००१२,नेपाल बैंकको ००२११६००५१००३९०००००३ र ००२००१००५१००३९०००००१ खातामार्फत सहयोग गर्न सकिने छ ।
यसैगरी ग्लोबल आइएमई बैंकको ००४०१०१०१००००००५७ र ००४११०१००००००००५, नबिल बैंकको १७१००१७५०५२८५, कृषि विकास बैंकको ०१००२०१००२९०७०१४ खातामा सहयोग जुटाउन अनुरोध गरिएको छ ।
प्रधानमन्त्री राहत कोषका लागि राष्ट्रिय वाणिज्य बैंकमा खाताहरू रहेका छन् । जसअनुरूप राष्ट्रिय वाणिज्य बैंकको १४३०१००००००२५००६ र १४३०१०००११६४०००१ मा रकम पठाउन सकिने छ । अर्थ मन्त्रालयले रकम जम्मा गर्नुअघि सम्बन्धित बैंकबाट खाता नम्बर पुष्टि गर्न समेत विशेष आग्रह गरेको छ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
आज पनि टीका लगाएर दशैं मनाइँदै
Screenshot_20261023_06275-1792807534.jpg

७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1792807177.jpg

७ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशको हिमाली र पहाडी भूभागमा...

रास्वपा सभापति लामिछाने भारत जाने
Rabi_lamichhane1686382710-1792717881.jpg

६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीन दिने भ्रमणका लागि भारत जाने...

हानिनोक्सानी कोषले नेपाललाई करिब तीन अर्ब अनुदान दिने
loss_damage-1792716840.jpg

६ कार्तिक, हेटौंडा । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित समुदायको राहत,...

आइपिएलको टिकट मूल्य सार्वजनिक
Nepal_Premier_League_offi-1792716535.png

६ कार्तिक, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिगका खेलहरूको टिकट मूल्य...

आज पनि टीका लगाउने क्रम जारी
Screenshot_20261023_06275-1792716181.jpg

६ कार्तिक, हेटौंडा । बडादशैं अन्तर्गत टीकाको तेस्रो दिन आज पनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1792715895.jpg

६ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल देशभर मौसम मुख्यतया सफा रहेको छ।  तराई...

पूर्वप्रधानमन्त्री खनाल अस्पतालबाट डिस्चार्ज
Jhalanath-Khanal-17912015-1792632009.jpg

५ कार्तिक, हेटौंडा । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अस्पतालबाट घर फर्किएको...

टीका र जमरा लगाउने क्रम जारी
dashain-teeka-1792631601.jpg

५ कार्तिक, हेटौंडा । बडादसैँ अन्तर्गत टीकाको दोस्रो दिन आज पनि मान्यजन तथा आफन्तबाट नवदुर्गाको प्रसाद स्वरूप...

थप समाचार