२१ चैत, हेटौँडा । हाँस्य कलाकार सिताराम कट्टेल धुर्मसुले बुधबार हेटौँडा–६ मा रहेको गौरीटार रंगशालाको अवलोकन गरेका छन् ।
अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि जग्गाको खोजि गरिरहनु भएका उहाँले गौरीटारस्थित रंगाशाला अवलोकन गरेका हुन् । गुरुयोजनासहित राष्ट्रिय खेलकुद प्रतिष्ठान निर्माणको क्रममा रहेको रंगशालाको जग्गा अवलोकन गर्न मूख्यमन्त्री डोरमणी पौडेलसहित धुर्मुसको टोली पुगेको थियो । अवलोकनपछि मूख्यमन्त्री पौडेलले आफुहरु यो रंगशालालाई खेलकुद पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने अभियानमा लागेकोले धुर्मुस टोलीले बनाउन लागेको क्रिकेट रंगशालालाई जग्गा उपलव्ध गराउन तयार रहेको बताए ।
२३ विगाह क्षेत्रफलमा फैलिएको रंगशालालाई प्रतिष्ठानको रुपमा विकास गरी सबै खाले विधाका खेलका प्रतियोगिता र अभ्यास संचालन गर्ने लक्ष्य सरकारले राखेर संरचनाहरु निर्माणाधिन छन् । गुरुयोजनामा क्रिकेट रंगशाला समेत रहेकाले धुर्मुसलाई जग्गा उपलव्ध कुनै कठिनाई नहुने जिल्ला खेलकुद विकास समितिले जनाएको छ । धुर्मुसले भने भौगोलिक हिसावले रंगशालाको जग्गा उपयुक्त रहेको भन्दै आईसिसीको मापदण्ड अनुसार प्राविधिक दृष्टिकोणले उपयुक्त देखिए काम अघि बढाउने बताए ।
अवलोकनका क्रममा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष माधव तिमल्सिना, पूर्व अध्यक्ष बालकृष्ण चौलागाई, कार्यालय प्रमुख खुसराज दाहाल, वडा नम्बर ६ का अध्यक्ष अर्जुनप्रसाद चौलागाई लगायत अन्तराष्ट्रिय क्रिकेट रंगशालालाई जग्गा उपलव्ध गराउने प्रतिवद्धता व्यक्त गरेका थिए ।
७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...
६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...
६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...
६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...
६ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....
६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...
५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...
५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...
५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
२४ भदौ, हेटौंडा । जेनजी आन्दोलनका क्रममा मकवानपुरको भीमफेदी कारागारबाट फरार भएका १२२ जना कैदीबन्दी अझै फरार छन्...
२५ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
२५ भदौ, हेटौंडा । नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि छनोट भएको छ । आज भएको एसीसी प्रिमियर कप सेमिफाइनलमा...
२५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
२५ भदौ, हेटौंडा । मकवानपुरमा रहेका श्रीकृष्ण प्रणामी समुदायबाट प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा ५ लाख...
२६ भदौ, हेटौंडा । नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति...
२६ भदौ, हेटौंडा । कुशेऔँशी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने...
२८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...

















