२६ चैत, हेटौँडा । हेटौँडा–१० मा रहेको गोरक्षेश्वर दिव्यधाममा बैशाख १ गतेदेखि ७ गतेसम्म सामाजिक सद्भाव अभिबृद्धिका लागि महायज्ञ हुने भएको छ । नयाँ बर्ष शुभकामना पञ्चबर्षीय विराट महायज्ञ आयोजक मूल समारोह समितिले सोमबार पत्रकार सम्मेलन गरी यसको तयारीबारे जानकारी दिएको हो ।
पत्रकार सम्मेलनमा महायज्ञका संयोजक अजेयराज सुमार्गीले सामाजिक सद्भाव, भाईचारा अभिबृद्धि र जातीय विभेदको अन्त्यका लागि महायज्ञको आयोजना गरिएको जानकारी दिए । २०६० सालबाट शुरु भएको महायज्ञको यो चौथो पटक हो । ५ लाख भक्तजनको सहभागिता रहने महायज्ञमा करिव ५० हजार बढिलाई सामुहिक भोजनको व्यवस्था गरिएको जनाईएको छ । ६० देखि ६५ लाख रुपैँया महायज्ञ व्यवस्थापनका लागि खर्च हुने र ६० देखि ६५ लाख रुपैँया नै बचत हुने अनुमान गरिएको संयोजक सुमार्गीको भनाई छ ।
अन्य महायज्ञ जस्तो आर्थिक सहयोगका लागि महायज्ञ आयोजना नगरिएको बताउँदै शुभेच्छुक, शुभचिन्तकबाट प्राप्त सहयोग ग्रहण गर्ने उनको भनाई छ । बचत रकमबाट गोरक्षेश्वर दिव्यधाम क्षेत्रको विकासमा खर्च गरिने जनाईएको छ । यसअघिको महायज्ञबाट बचत भएको रकमबाट दिव्यधाममा पूर्वाधार, गुरुकुल संचालन लगायतका काम भईरहेको बताउँदै गोरक्षेश्वर क्षेत्र विकास समितिका अध्यक्ष उत्तम शर्मा ढकालले यस पटकको महायज्ञबाट थप टेवा पुग्ने विश्वास व्यक्त गरे ।
कथावाचक देवी प्रतिभा पराजुलीबाट कथावाचन हुने महायज्ञमा मुक्तिनाथ पिठाधिश स्वामी कमलनयनाचार्य, स्वामी हेमानन्द गिरी, ३ नम्बर प्रदेशका मूख्यमन्त्री डोरमणी पौडेल, एनआरएन सम्बद्ध व्यक्तित्वसहित आधात्मिक एवं सामाजिक क्षेत्रका महानुभावको सहभागिता रहने महायज्ञ मूल समारोह समितिका महासचिव ह्याग्रिव आर्चायले जानकारी दिए । महायज्ञमा खैजडि भजन प्रतियोगिता हुने जनाउँदै महासचिव आचार्यले प्रतियोगितामा प्रथम हुनेले नगद २० हजार, दोस्रोले १५ हजार र तेस्रो हुनेले १० हजार रुपैँया प्राप्त गर्ने जनाईएको छ ।
८ असोज, हेटौंडा । कान्तिलोकपथ अन्तरगत हेटौंडा-१७ चुनडाँडामा मिनी ट्रकले ठक्कर दिंदा एक महिलाको मृत्यु भएको छ।...
८ असोज, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले दशैंको अवसर पारेर विशेष अफर सार्वजनिक गरेको छ...
८ असोज, हेटौंडा । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत...
८ असोज, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सातवटै प्रदेशको अधिवेशन हुँदैछ । राप्रपाले असोज २१...
८ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । सिंहदरबारमा बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको...
८ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । साथै बङ्गालको खाडीको...
७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...
६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...
६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
२५ भदौ, हेटौंडा । नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि छनोट भएको छ । आज भएको एसीसी प्रिमियर कप सेमिफाइनलमा...
२६ भदौ, हेटौंडा । नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति...
२६ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानकै आसपास रहेको...
२९ भदौ, हेटौंडा । भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका तिज पर्व आज महादेवको पूजा आराधना गरी मनाइँदै छ...
२७ भदौ, हेटौंडा । तेस्रो संस्करणको एससी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि नेपाली पुरुष राष्ट्रिय...
२८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...
२६ भदौ, हेटौंडा । कुशेऔँशी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने...
२६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुन तोलामा चार हजार आठ सय रूपैयाँ घटेको हो । नेपाल...


















