२८ चैत,हेटौंडा । नेपाली काँग्रेसका नेता एवं पूर्व महामन्त्री तथा नेपाल सरकारको पूर्व गृहमन्त्री स्वर्गीय खुमबहादुर खड्काको स्वर्गारोहणको १३ औं दिनको पुण्यतिथिमा नेपाली काँग्रेस मकवानपुरले बुधबार श्रद्धाञ्जली सभा कार्यक्रम गरेको छ ।
मकवानपुर पार्टी कार्यालयमा भएको कार्यक्रममा बोल्दै काँग्रेस मकवानपुर सभापति, पूर्व गृहराज्यमन्त्री एवं ३ प्रदेश संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँले नेता खड्काको निधनले मुलुकको राजनीतिकै लागि ठूलो क्षति भएको बताउँदै प्रजातन्त्रका लागि आजिवन संघर्ष गर्नुभएको नेता खड्काको आत्माले शान्ति पाओस भन्दै परिवारजनमा समवेदना व्यक्त गर्नुभयो ।
श्रद्धाञ्जली सभा बोल्दै प्रदेशसभा सदस्य विजुला बर्मा, पार्टीका प्रमूख सल्लाहकार माईकल रामचन्द्र अर्याल, नेविसंघ सभापति राजु खतिवडाले खड्काले लोकतान्त्रिक आन्दोलनमा महत्वर्ण भूमिका खेलेका खड्काले नेपालमा लोकतन्त्र स्थापना र पुनस्र्थापनामा सक्रिय भूमिका निर्वाह गरेका, लामो समय प्रवास र जेल जीवन व्यतित गर्नुको साथै पार्टीको संगठन विस्तार र नेपालमा प्रजातन्त्र स्थापना र पुनस्र्थापनामा जीवनपर्यन्त अनवरत रूपमा नेपाली कांग्रेसमा रहेर महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए ।
श्रद्धाञ्जली सभामा ३ नम्बर प्रदेश सभा सदस्यहरु निमा लामा, छिरिङ दोर्जे लामा, पुकार महर्जन, सन्तबहादुर प्रजा, काँग्रेस मकवानपुर उपसभापति विष्णुप्रसाद लामिछाने, सचिवद्वय बुद्ध लामा र आनन्द कठायत, कोषाध्यक्ष गोपीलाल विश्वकर्मा, संगठन विभाग प्रमूख कृष्णप्रसाद सञ्जेल, प्रवक्ता प्रदिप कोईराला, सल्लाहकारहरु दामोदर सुवेदी, अशोक शाक्य, रिता खनाल, प्रभात दाहाल, जिल्ला सदस्यहरु, भातृ तथा शुभेच्छुक संघसंस्थाका पदाधिकारी एवं सदस्यहरुलगायत नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।
खड्काको चैत १६ गते शुक्रबार साँझ भारतमा निधन भएको हो । २००८ साल जेठ १२ गते दाङको तत्कालीन धर्ना गाविस– ६ मा जन्मिनुभएका उहाँका श्रीमती, एक छोरी र एक छोरा छन् ।
२१ बैशाख, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले निरंकुश शासनको अन्त्य र संघीय लोकतान्त्रिक गणतन्त्र...
२१ बैशाख, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको बजेट अधिवेशन आह्वान गरेका छन् । सरकारको...
२१ बैशाख, हेटौंडा । आज ३१औँ विश्व प्रेस स्वतन्त्रता दिवस विभिन्न कार्यक्रम गरि मनाइदैछ । दिवसकै अवसर पारेर नेपाल...
२१ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशको पहाडी भू-भागमा आंशिक...
२० बैशाख, हेटाैडा । हेटाैडा ६ चाैघडामा रहेकाे हेटाैडा स्वास्थ्य चाैकीले बिहीबार देखी जनता स्वास्थ्य ...
२० बैशाख, काठमाडौं । निर्वाचन आयोगले बैशाख १५ गते भएको उपनिर्वाचनको मतपरिणाम सहितको प्रतिवेदन राष्ट्रपति...
२० बैशाख, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबिच भेटवार्ता भएको छ...
२० बैशाख, हेटौंडा । आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस विविध कार्यक्रम गरी मनाइँदैछ । मुलुकमा सूचना तथा...
२० बैशाख, हेटौंडा । सशस्त्र प्रहरी बलका १८ जना वरिष्ठ उपरिक्षकहरुको सरुवा भएको छ । सरुवा हुनेमा साधारणतर्फ १६...
१२ बैशाख, हेटौंडा । बागमती प्रदेश सरकारले वैशाख २४ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । प्रदेश सरकारको बुधवार...
९ बैशाख, हेटौंडा। पूर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा-१० मा भएको सवारी दुर्घटनामा घाईते व्यक्तिको उपचारको...
१० बैशाख, हेटौंडा। सरकारले मंगलबार सार्वजनिक बिदा दिएको छ। कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानीको नेपाल...
१२ बैशाख, हेटौंडा। त्रिभुवन राजपथ अन्तर्गत मकवानपुरको भीमफेदी-३ त्रिखण्डी नजिक मोटरसाइकल सुमोसँग ठक्कर खादा...
८ बैशाख, हेटौंडा। हेटौंडा औद्योगिक क्षेत्रमा रहेको कार्टुन उद्योगमा आगलागी भएको छ।आइतबार बिहान हेटौंडा-८ मा...
१४ बैशाख, हेटौंडा । काठमाडौँको न्युरोडबाट एक किलो ८ सय ग्राम सुन र डेढ करोड नगदसहित ७ जना पक्राउ परेका छन् । पक्राउ...
१५ बैशाख, हेटौंडा। हेटौंडा हुदै काठमाडौँ जोड्ने बैकल्पिक मार्गको रुपमा रहेको कान्तिलोकपथ बैशाख १६ गते ...
१३ बैशाख, हेटौंडा। मकवानपुरको मनहरीमा खोलामा डुबेर एक जनाको मृत्यु भएको छ ।बिहीबार दिउँसो मनहरी खोलामा नुहाउन...
१८ बैशाख, ललितपुर । ललितपुरको गोदावरी नगरपालिका–४ स्थिति तपेश्वर सामुदायिक वनमा लागेको डढेलो निभाउने क्रममा...