२८ चैत,हेटौंडा । नेपाली काँग्रेसका नेता एवं पूर्व महामन्त्री तथा नेपाल सरकारको पूर्व गृहमन्त्री स्वर्गीय खुमबहादुर खड्काको स्वर्गारोहणको १३ औं दिनको पुण्यतिथिमा नेपाली काँग्रेस मकवानपुरले बुधबार श्रद्धाञ्जली सभा कार्यक्रम गरेको छ ।
मकवानपुर पार्टी कार्यालयमा भएको कार्यक्रममा बोल्दै काँग्रेस मकवानपुर सभापति, पूर्व गृहराज्यमन्त्री एवं ३ प्रदेश संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँले नेता खड्काको निधनले मुलुकको राजनीतिकै लागि ठूलो क्षति भएको बताउँदै प्रजातन्त्रका लागि आजिवन संघर्ष गर्नुभएको नेता खड्काको आत्माले शान्ति पाओस भन्दै परिवारजनमा समवेदना व्यक्त गर्नुभयो ।
श्रद्धाञ्जली सभा बोल्दै प्रदेशसभा सदस्य विजुला बर्मा, पार्टीका प्रमूख सल्लाहकार माईकल रामचन्द्र अर्याल, नेविसंघ सभापति राजु खतिवडाले खड्काले लोकतान्त्रिक आन्दोलनमा महत्वर्ण भूमिका खेलेका खड्काले नेपालमा लोकतन्त्र स्थापना र पुनस्र्थापनामा सक्रिय भूमिका निर्वाह गरेका, लामो समय प्रवास र जेल जीवन व्यतित गर्नुको साथै पार्टीको संगठन विस्तार र नेपालमा प्रजातन्त्र स्थापना र पुनस्र्थापनामा जीवनपर्यन्त अनवरत रूपमा नेपाली कांग्रेसमा रहेर महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए ।
श्रद्धाञ्जली सभामा ३ नम्बर प्रदेश सभा सदस्यहरु निमा लामा, छिरिङ दोर्जे लामा, पुकार महर्जन, सन्तबहादुर प्रजा, काँग्रेस मकवानपुर उपसभापति विष्णुप्रसाद लामिछाने, सचिवद्वय बुद्ध लामा र आनन्द कठायत, कोषाध्यक्ष गोपीलाल विश्वकर्मा, संगठन विभाग प्रमूख कृष्णप्रसाद सञ्जेल, प्रवक्ता प्रदिप कोईराला, सल्लाहकारहरु दामोदर सुवेदी, अशोक शाक्य, रिता खनाल, प्रभात दाहाल, जिल्ला सदस्यहरु, भातृ तथा शुभेच्छुक संघसंस्थाका पदाधिकारी एवं सदस्यहरुलगायत नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।
खड्काको चैत १६ गते शुक्रबार साँझ भारतमा निधन भएको हो । २००८ साल जेठ १२ गते दाङको तत्कालीन धर्ना गाविस– ६ मा जन्मिनुभएका उहाँका श्रीमती, एक छोरी र एक छोरा छन् ।
८ असोज, हेटौंडा । कान्तिलोकपथ अन्तरगत हेटौंडा-१७ चुनडाँडामा मिनी ट्रकले ठक्कर दिंदा एक महिलाको मृत्यु भएको छ।...
८ असोज, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले दशैंको अवसर पारेर विशेष अफर सार्वजनिक गरेको छ...
८ असोज, हेटौंडा । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत...
८ असोज, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सातवटै प्रदेशको अधिवेशन हुँदैछ । राप्रपाले असोज २१...
८ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । सिंहदरबारमा बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको...
८ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । साथै बङ्गालको खाडीको...
७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...
६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...
६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
२५ भदौ, हेटौंडा । नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि छनोट भएको छ । आज भएको एसीसी प्रिमियर कप सेमिफाइनलमा...
२६ भदौ, हेटौंडा । नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति...
२६ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानकै आसपास रहेको...
२९ भदौ, हेटौंडा । भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका तिज पर्व आज महादेवको पूजा आराधना गरी मनाइँदै छ...
२७ भदौ, हेटौंडा । तेस्रो संस्करणको एससी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि नेपाली पुरुष राष्ट्रिय...
२८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...
२६ भदौ, हेटौंडा । कुशेऔँशी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने...
२६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुन तोलामा चार हजार आठ सय रूपैयाँ घटेको हो । नेपाल...


















