२९ चैत, हेटौँडा । हेटौँडा–१३ स्थित पदमपोखरी बहुमुखी क्याम्पसको शैक्षिक एवं भौतिक सुधारका लागि चैत २१ गतेबाट भएको श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञमा ३६ लाख ६१ हजार ९ सय ५१ रुपैयाँभन्दा बढी सहयोग जुटेको छ । सप्ताहमा ३६ लाख ६१ हजार ९ सय ५१ रुपैयाँभन्दा बढी सहयोग जुटेको क्याम्पस प्रमुख कृष्णमाया लटौलाले जानकारी दिईन् । सप्ताहमा महेन्द्र मावि पदमपोखरीका शिक्षकहरुले एकमुष्ठ रुपमा १ लाख ८१ हजार ४ सय ८४ रुपैयाँ सहयोग गरेका थिए ।
सप्ताह मुल आयोजक समितिका अध्यक्ष राजेन्द्र मैनालीको अध्यक्षता तथा हेटौँडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतको प्रमुख आतिथ्यतामा औपचारिक कार्यक्रम गरि महायज्ञको समापन गरिएको हो । क्याम्पसको शैक्षिक अवस्था सुधारको निम्ती सप्ताहमा ५ लाख १० हजार सहयोग गर्ने कृष्णप्रसाद मैनाली र ५ लाख ५ हजार सहयोग गर्ने राजेन्द्र मैनालीलाई विशेष सम्मान समेत गरिएको थियो ।
त्यस्तै प्रदेश नम्बर ३ का प्रदेशसभा सदस्य ईन्द्रबहादुर बानियाँ, वडा नम्बर १२ परिवार, वडा नम्बर १३ परिवार, टासी छ्वेईलिङ बौद्ध गुम्बा परिवार, आधुनिक महिला जागृति, नमोबुद्ध टोल सुधार समूह ठुलोथली, महेन्द्र मावि परिवार, बुद्ध मावि परिवार, दिनेश गोले, बिदुर तामाङ घलान लगायतका नगद सहयोग गर्ने तथा समाचार संकलन र प्रचारप्रसारका गरि सहयोग पुराएको भन्दै तामाङ पत्रकार संघ मकवानपुरका अध्यक्ष चन्द्र घलान र सचिव दिलबहादुर लामालाई समेत सम्मान पत्र प्रदान गरिएको थियो ।
समापन कार्यक्रममा वडा नम्बर १२ का वडा अध्यक्ष ललित घलान, वडा नम्बर १३ का वडाअध्यक्ष मनोज वाईबा, धर्मगुरु, पण्डित गुरु तथा विभिन्न व्यक्तित्वहरुको सहभागीता रहेको थियो ।
२१ बैशाख, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले निरंकुश शासनको अन्त्य र संघीय लोकतान्त्रिक गणतन्त्र...
२१ बैशाख, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको बजेट अधिवेशन आह्वान गरेका छन् । सरकारको...
२१ बैशाख, हेटौंडा । आज ३१औँ विश्व प्रेस स्वतन्त्रता दिवस विभिन्न कार्यक्रम गरि मनाइदैछ । दिवसकै अवसर पारेर नेपाल...
२१ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशको पहाडी भू-भागमा आंशिक...
२० बैशाख, हेटाैडा । हेटाैडा ६ चाैघडामा रहेकाे हेटाैडा स्वास्थ्य चाैकीले बिहीबार देखी जनता स्वास्थ्य ...
२० बैशाख, काठमाडौं । निर्वाचन आयोगले बैशाख १५ गते भएको उपनिर्वाचनको मतपरिणाम सहितको प्रतिवेदन राष्ट्रपति...
२० बैशाख, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबिच भेटवार्ता भएको छ...
२० बैशाख, हेटौंडा । आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस विविध कार्यक्रम गरी मनाइँदैछ । मुलुकमा सूचना तथा...
२० बैशाख, हेटौंडा । सशस्त्र प्रहरी बलका १८ जना वरिष्ठ उपरिक्षकहरुको सरुवा भएको छ । सरुवा हुनेमा साधारणतर्फ १६...
१२ बैशाख, हेटौंडा । बागमती प्रदेश सरकारले वैशाख २४ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । प्रदेश सरकारको बुधवार...
९ बैशाख, हेटौंडा। पूर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा-१० मा भएको सवारी दुर्घटनामा घाईते व्यक्तिको उपचारको...
१० बैशाख, हेटौंडा। सरकारले मंगलबार सार्वजनिक बिदा दिएको छ। कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानीको नेपाल...
१२ बैशाख, हेटौंडा। त्रिभुवन राजपथ अन्तर्गत मकवानपुरको भीमफेदी-३ त्रिखण्डी नजिक मोटरसाइकल सुमोसँग ठक्कर खादा...
८ बैशाख, हेटौंडा। हेटौंडा औद्योगिक क्षेत्रमा रहेको कार्टुन उद्योगमा आगलागी भएको छ।आइतबार बिहान हेटौंडा-८ मा...
१४ बैशाख, हेटौंडा । काठमाडौँको न्युरोडबाट एक किलो ८ सय ग्राम सुन र डेढ करोड नगदसहित ७ जना पक्राउ परेका छन् । पक्राउ...
१५ बैशाख, हेटौंडा। हेटौंडा हुदै काठमाडौँ जोड्ने बैकल्पिक मार्गको रुपमा रहेको कान्तिलोकपथ बैशाख १६ गते ...
१३ बैशाख, हेटौंडा। मकवानपुरको मनहरीमा खोलामा डुबेर एक जनाको मृत्यु भएको छ ।बिहीबार दिउँसो मनहरी खोलामा नुहाउन...
१८ बैशाख, ललितपुर । ललितपुरको गोदावरी नगरपालिका–४ स्थिति तपेश्वर सामुदायिक वनमा लागेको डढेलो निभाउने क्रममा...