Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

पदमपोखरीको महायज्ञमा ३६ लाख ६१ हजार संकलन

Mahayagya-1523548336.jpg

सम्मान ग्रहणपछि वडा नम्बर १२ का वडा अध्यक्ष ललित घलान, वडा नम्बर १३ का वडाअध्यक्ष मनोज वाईबाका साथमा पत्रकार चन्द्र घलान ।

२९ चैत, हेटौँडा । हेटौँडा–१३ स्थित पदमपोखरी बहुमुखी क्याम्पसको शैक्षिक एवं भौतिक सुधारका लागि चैत २१ गतेबाट भएको श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञमा ३६ लाख ६१ हजार ९ सय ५१ रुपैयाँभन्दा बढी सहयोग जुटेको छ । सप्ताहमा ३६ लाख ६१ हजार ९ सय ५१ रुपैयाँभन्दा बढी सहयोग जुटेको क्याम्पस प्रमुख कृष्णमाया लटौलाले जानकारी दिईन् । सप्ताहमा महेन्द्र मावि पदमपोखरीका शिक्षकहरुले एकमुष्ठ रुपमा १ लाख ८१ हजार ४ सय ८४ रुपैयाँ सहयोग गरेका थिए ।
सप्ताह मुल आयोजक समितिका अध्यक्ष राजेन्द्र मैनालीको अध्यक्षता तथा हेटौँडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतको प्रमुख आतिथ्यतामा औपचारिक कार्यक्रम गरि महायज्ञको समापन गरिएको हो । क्याम्पसको शैक्षिक अवस्था सुधारको निम्ती सप्ताहमा ५ लाख १० हजार सहयोग गर्ने कृष्णप्रसाद मैनाली र ५ लाख ५ हजार सहयोग गर्ने राजेन्द्र मैनालीलाई विशेष सम्मान समेत गरिएको थियो । 
त्यस्तै प्रदेश नम्बर ३ का प्रदेशसभा सदस्य ईन्द्रबहादुर बानियाँ, वडा नम्बर १२ परिवार, वडा नम्बर १३ परिवार, टासी छ्वेईलिङ बौद्ध गुम्बा परिवार, आधुनिक महिला जागृति, नमोबुद्ध टोल सुधार समूह ठुलोथली, महेन्द्र मावि परिवार, बुद्ध मावि परिवार, दिनेश गोले, बिदुर तामाङ घलान लगायतका नगद सहयोग गर्ने तथा समाचार संकलन र प्रचारप्रसारका गरि सहयोग पुराएको भन्दै तामाङ पत्रकार संघ मकवानपुरका अध्यक्ष चन्द्र घलान र सचिव दिलबहादुर लामालाई समेत सम्मान पत्र प्रदान गरिएको थियो ।
समापन कार्यक्रममा वडा नम्बर १२ का वडा अध्यक्ष ललित घलान, वडा नम्बर १३ का वडाअध्यक्ष मनोज वाईबा, धर्मगुरु, पण्डित गुरु तथा विभिन्न व्यक्तित्वहरुको सहभागीता रहेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
हेटौंडा-१७ मा मिनी ट्रकको ठक्करबाट एकजनाको मृत्यु
Accident-1574954466-1790258638.jpg

८ असोज, हेटौंडा । कान्तिलोकपथ अन्तरगत हेटौंडा-१७ चुनडाँडामा मिनी ट्रकले ठक्कर दिंदा एक महिलाको मृत्यु भएको छ।...

क्लासिक टेकको दशैं अफर: ३ महिनाको शुल्कमा ७ महिना इन्टरनेट
Classic-Tech-NEWS_1200x6-1790236290.png

८ असोज, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले दशैंको अवसर पारेर विशेष अफर सार्वजनिक गरेको छ...

एमाले केन्द्रीय कमिटी बैठक जारी
uml-1790213537.jpg

८ असोज, हेटौंडा । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत...

राप्रपाको सातवटै प्रदेशको अधिवेशन हुँदै
raprapa-1790213294.png

८ असोज, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सातवटै प्रदेशको अधिवेशन हुँदैछ । राप्रपाले असोज २१...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16320-1790212662.jpg

८ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । सिंहदरबारमा बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको...

मध्यम वर्षाको सम्भावना
rain-weather-1790211819.jpg

८ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । साथै बङ्गालको खाडीको...

प्रशासनिक कार्य वाग्लेले सम्हाल्ने
swarnim-wagle1-1790150442.jpg

७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...

प्रधानमन्त्री शाह अमेरिका प्रस्थान
6-pm-balen-nepal-photo-li-1790089851.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...

प्रधानमन्त्री बालेन आज न्युयोर्क जाँदै
balen-sahaaa1661769967-1790040514.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...

थप समाचार