Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

आदिवासी जनजातिद्वारा मूख्यमन्त्रीलाई ज्ञापनपत्र

P1.1-1523789862.jpg

२ बैशाख, हेटौँडा । नेपाल सरकारले सार्वजनिक विदा कटौति गरेको विरोधमा आदिवासी जनजाति सम्बद्ध संस्थाहरुले ३ नम्बर प्रदेशका मूख्यमन्त्री डोरमणी पौडेललाई ज्ञापनपत्र बुझाएका छन् ।  २०७५ सालको विदा कटौति गर्ने क्रममा संघीय सरकारले आफुहरुको पर्वमा दिईदैं आएको विदा कटौति भएको भन्दै उनीहरुले विरोध गरेका हुन् ।
मुख्यमन्त्रीको कार्यालय हेटौँडामा गुरुङ राष्ट्रिय परिषद् र नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् मकवानपुरले छुट्टा छुट्टै बुझाएका छन् । ज्ञापन पत्रमा आदिवासी जनजाति समुदायले मनाउँदै आएको तमू, सोनाम, ग्याल्वो ल्होसार, उधौली/उभौली, माघे संक्रान्ति, माघी पर्वलगायत संस्कृतको जर्गेनाका लागि मनाउने पर्वको सार्वजनिक बिदा कटौती गरेको भन्दै निर्णय फिर्ताका लागि संघीय सरकारसंग पहल गर्न माग गरिएको छ । 
नेपाल आदिवासी जनजाति महासंघ मकवानपुरका अध्यक्ष तिर्थ थापा मगर, तमु ह्युल छोंज धि गुरुङ राष्ट्रिय परिषद ३ नम्बर प्रदेश प्रमुख सन्तलाल गुरुङ र अध्यक्ष धर्मराज गुरुङले ऐतिहासिक सांस्कृतिक पर्व जर्गेनाका लागि यस्ता पर्व आवश्यक रहेको भन्दै मूख्यमन्त्रीलाई आफ्नो संस्थाको तर्फबाट ज्ञापनपत्र बुझाएका छन् । जनसंख्याको ३५.२ प्रतिशतले मनाउँदै आएको आप्mनो सांस्कृतिक पर्वहरुमा पाउँदै आएको विदाको निरन्तरता हुनुपर्ने नेपाल आदिवासी जनजाति महासंघ मकवानपुरले माग राखेको छ ।  
महासंघले बुझाएको ज्ञापन पत्रमा धर्म निरपेक्ष देशमा परापुर्व कालदेखि आदिवासी जनजातिहरुको सांस्कृतिक आहारको रुपमा प्रयोग हुँदै आएको गाईको मासुलाई सरकारले कानूनी मान्यता दिनुपर्ने र यही सवालमा जेल जीवन विताईरहेकाहरुलाई क्षतिपूर्तिसहित रिहार्य गर्नुपर्ने, प्रदेशको नामाकरण गर्दा पहिचानको आधारमा गरिनुपर्ने लगायतका ६ बुँदे माग राखेको छ । 
ज्ञापनपत्र बुझ्दै मूख्यमन्त्री पौडेलले आफुले यसलाई सकारात्मक रुपमा लिएको भन्दै मागलाई प्रधानमन्त्री कार्यालयमा पुग्ने व्यवस्था गर्ने बताए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
एमाले केन्द्रीय कमिटी बैठक जारी
uml-1790213537.jpg

८ असोज, हेटौंडा । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत...

राप्रपाको सातवटै प्रदेशको अधिवेशन हुँदै
raprapa-1790213294.png

८ असोज, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सातवटै प्रदेशको अधिवेशन हुँदैछ । राप्रपाले असोज २१...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16320-1790212662.jpg

८ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । सिंहदरबारमा बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको...

मध्यम वर्षाको सम्भावना
rain-weather-1790211819.jpg

८ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । साथै बङ्गालको खाडीको...

प्रशासनिक कार्य वाग्लेले सम्हाल्ने
swarnim-wagle1-1790150442.jpg

७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...

प्रधानमन्त्री शाह अमेरिका प्रस्थान
6-pm-balen-nepal-photo-li-1790089851.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...

प्रधानमन्त्री बालेन आज न्युयोर्क जाँदै
balen-sahaaa1661769967-1790040514.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...

परराष्ट्रमन्त्री र पोल्यान्डका उपप्रधानमन्त्रीबीच भेटवार्ता
meeting1-1790040112.jpg

६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16321-1790039554.jpg

६ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....

थप समाचार