३ बैशाख, हेटौँडा । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई लम्पसारबादी नेताको संज्ञा दिएका छन् ।
नेपाल तरुण दलले हेटौँडामा गरेको ३ नम्बर प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा बोल्दै सभापति देउवाले ओली राष्ट्रवादी नेता हुनै नसक्ने बताएका हुन् । उनले हिमाल पहाड र मधेशलाई मिलाउन नसक्ने नेता राष्ट्रवादी हुनै नसक्ने बताए । उनले ओलीको देखावटी राष्ट्रवाद भारत पुगेर लम्पसारवादमा परिणत भएको बताए । ओली नेतृत्वको सरकार देशमा आर्थिक समृद्धि र विकासतर्फ भन्दापनि अधिनायकवादको विकास गर्न उद्धत भएको उनको आरोप छ ।
उनले देशको निकासका लागि तीन तहको निर्वाचन आवश्यक रहेकाले नेपाली कांग्रेसले त्यसलाई प्राथमिकतामा राखेको भन्दै देशले निकास पाएमा आफुलाई खुशी लागेको बताए । दुई कम्प्युनिष्ट पार्टीहरु गठबन्धन बनाएर निर्वाचनमा गएकाले कांग्रेसले प्राविधिक रुपमा हारेपनि जनमतमा नहारेको देउवाको भनाई थियो । निर्वाचनमा अन्तरघात भएकाले नेपाली कांग्रेसले हारेको बताउँदै उनले अन्तरघातिको पहिचान गरी कारवाही गरिने बताए । उनले कांग्रेसलाई देशको पहिलो पार्टी बनाएरमात्रै विश्राम लिने बताए ।
नेपाल तरुण दलका केन्द्रीय अध्यक्ष जीतजंग बस्नेतको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. रामशरण महत, बालकृष्ण खाँड, प्रकाशशरण महत, महेन्द्र यादव, सुरेन्द्र पाण्डे, उदयशम्शेर राणा, लक्ष्मी परियार, रामकृष्ण यादव, ३ नम्बर प्रदेश कांग्रेस संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँ, तरुण दलका नेताहरु, कांग्रेस मकवानपुरका निवर्तमान सभापति रघुरमण न्यौपाने, नगर सभापति आनन्दराम पराजुली, तरुण जिल्ला अध्यक्ष ईश्वर पाठक लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
१२ साउन, हेटौंडा । नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन भएको छ । श्रेष्ठको आज ललितपुरको...
१२ साउन, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुनको मूल्य आज तोलामा चार हजार ३०० रुपैयाँले घटेको...
१२ साउन, हेटौंडा । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नेदरल्यान्ड्सको उट्रेचस्थित स्पोर्टपार्क...
१२ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भू-भागमा...
१२ साउन, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक बस्ने भएको छ। पार्टीका...
१२ साउन, हेटौंडा । डा. गाेविन्द केसीले अनशन तोडेका छन् । सरकारसँग सहमति भएसँगै डा.केसीले अनशन ताडेका हुन्...
११ साउन, हेटौंडा । चारदिने भारत भ्रमण सम्पन्न गरेर प्रधान न्यायाधीश डा मनोजकुमार शर्मा आज स्वदेश फर्किएका छन् ।...
११ साउन, हेटौंडा । नागढुङ्गा-सिस्नेखोला सुरुङमार्ग आज औपचारिक रूपमा उद्घाटन गरिँदैछ । पूर्वाधार विकासमन्त्री...
११ साउन, हेटौंडा । धनगढीमा अनशनरत डा. गोविन्द केसी र सरकारी टोलीबीच आज पुनः वार्ता हुने भएको छ । वार्ता बिहान १० बजे...
२ साउन, हेटौंडा । हेटौंडा-६ चौघडामा रहेको नवजीवन ज्योति क्लव भवनको बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर...
३२ असार, हेटौंडा । डोल्पाको त्रिपुराकोटमा एक व्यक्तिको साथबाट स्रोत नखुलेको ५५ लाख ९० हजार रुपैयाँ बरामद भएको छ ।...
३२ असार, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा...
३१ असार, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही माथि...
२ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले बागमती सरकारले प्रशासनिक खर्च कटौती र...
५ साउन, हेटौंडा । बाजुराको हिमाली गाउँपालिकामा भएको जिप दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा...
१ साउन, हेटौंडा । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरिएको छ ।...
१ साउन, हेटौंडा । व्यवसायी दिपक भट्टको सम्पत्ति शुद्धीरणसम्बन्धी काममा संलग्न रही मतियारको भूमिका खेलेको...
३२ असार, हेटौंडा । अर्जेन्टिना इङ्ग्ल्यान्डलाई २-१ गोलले पराजित गर्दै विश्वकपको फाइनलमा पुगेको छ । खेलमा...

















