Email :- prastakhabar@gmail.com
Kailash_Ghatna-Darta-Adv-1750605311.jpg

राजनीति

मूख्यमन्त्री पौडेल बने २ बालबालिकाको अभिभावक

IMG_9928-1524036871.JPG

५ बैशाख, हेटौँडा । ३ नम्बर प्रदेशका मूख्यमन्त्री डोरमणी पौडेल २ बालबालिकाको अभिभावक बनेका छन् । बुधबार उनले दुई बालबालिकाको अभिभावकत्व ग्रहण गरेका हुन् ।
मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर ६ स्थित राष्ट्रिय माध्यमिक विद्यालय सुनाचुरीमा विद्यार्थी भर्ना अभियान शुभारम्भ गर्दै मूख्यमन्त्री पौडेलले एक बालक र एक बालिकाको अभिभावकत्व ग्रहण गरेका छन् । निम्न आर्थिकस्तरका परिवारका स्थानीय जेसिका प्रजा र सन्जित ब्लोनको अभिभावकत्व ग्रहण गर्दै मूख्यमन्त्री पौडेलले विद्यालय जान नसकेका बालबालिकालाई हरेक सचेत नागरिकले जिम्मा लिएर विद्यालय भर्ना गराउनुपर्नेमा जोड दिए । उनले आफुले अभिभावकत्व ग्रहण गरेका बालबालिकाको सबै खाले शैक्षिक गतिविधिमा सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गरे । 
भर्ना अभियान अन्तरगत सोही विद्यालयमा प्रदेशसभा सदस्य ओम घलानले स्थानीय सुनिल चेपाङ र मनहरी–४ को महेन्द्र किरण माविमा प्रतिनिधि सभा सदस्य विरोध खतिवडाले सविन थिङ र विश्वास थोक्राको अभिभावकत्व ग्रहण गरेका छन् । यसअघि विद्यालय भर्ना अभियान अन्तरगत हेटौँडा उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतले आफ्नी नातिनि र बकैया गाउँपालिकाका प्रमुख दामोदर खनालले आफ्नो छोरालाई सामुदायिक विद्यालयमा भर्ना गराएका थिए ।


समाचार मन परे लाईक गर्नुहोस्



वायु-प्रद-1746937823.gif
Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
नेपाली बजारमा सुनको मूल्य घट्यो
gold-1763274117.png

३० कार्तिक, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । आइतबार सुनको मूल्य तोलामा ६ हजार ९०० रुपैयाँ घटेको हो...

मकवानपुरमा मोटरसाइकल दुर्घटना, २ जनाको मृत्यु
IMG-880aaea6cc908ba6cf23f-1763263441.jpg

३० कार्तिक, हेटौंडा । मकवानपुरको सामरी जाने सडक अन्तरगत बुङ्दल पुलमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु...

पेट्रोलियम पदार्थको मूल्य बढ्यो
petrol-1577002783-1655033-1763220653.jpg

२९ कार्तिक, हेटौंडा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।  निगमले शनिबार राति १२ बजेपछि लागु...

बहुआयामिक आयआर्जन उपसमितिको संयोजकमा पुडासैनी
IMG_20251115_143328-1763199990.jpg

२९ कार्तिक, हेटौंडा । चुच्चेखोला सामुदायिक वन उपभोक्ता समूहद्वारा संचालित बहुआयामिक आयआर्जन उपसमितिको...

गोली हानी वडा अध्यक्षको हत्या
bindeshwor_tOyctoKsd6_edi-1763171424.jpg

२९ कार्तिक, हेटौंडा । धनुषामा शुक्रबार साँझ एक वडा अध्यक्षको गोली हानी हत्या गरिएको छ । हत्या हुनेमा मिथिला...

मौसम मुख्यतया सफा रहने
Screenshot_20251013_06390-1763170772.jpg

२९ कार्तिक, हेटौंडा । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन । हाल कोशी प्रदेश, बागमती प्रदेश र...

राक्सिराङमा गोली हानी एक व्यक्तिको हत्या,संलग्न पक्राउ
1713863514864-1763133939.jpg

२८ कार्तिक, हेटौंडा । मकवानपुरको राक्सिराङमा गोली प्रहारबाट एक जनाको मृत्यु भएको छ। गाउँपालिकाको वडा नम्बर १...

नेपाली बजारमा सुनको मूल्य घट्यो
Screenshot_20251007_11590-1763104257.jpg

२८ कार्तिक, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुन शुक्रबार ५ सय रुपैयाँ घटेको हो । सुन प्रतितोला २ लाख...

मधेशका पाँच सांसदमाथि गरिएको कारवाही उपसभामुखद्वारा बदर
babita-1763096196.jpg

२८ कार्तिक, हेटौंडा । मधेश प्रदेशसभाका ५ सांसदमाथि गरिएको कारवाही उपसभामुख बबिता कुमारी राउत ईशरले बदर गरेकी छन्...

थप समाचार