Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

जनप्रतिनिधिहरु सबैको साझा हुनुपर्छः नेता बानियाँ

Indra-Bdr-Baniya-1524236184.jpg

७ बैशाख, हेटौँडा । नेपाली कांग्रेस मकवानपुरका सभापति एवम् ३ नम्बर प्रदेश संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँले गाउँपालिकाका जनप्रतिनिधिहरुले निर्वाचित भएर आएपछि सबै जनताको साझा भएर काम गर्नुपर्ने बताए ।
नेपाली कांग्रेस भीमफेदी गाउँपालिकाको क्रियाशिल भेलामा शुक्रबार बोल्दै नेता बानियाँले निर्वाचनमा कुनै एक पार्टीको पक्षबाट निर्वाचन उठेको भएपनि निर्वाचित भैसकेकपछि सबैको साझा जनप्रतिनिधि हुने भएकाले विकास र समृद्धिमा एकपक्षीय भएर काम गरे खबरदारी गर्न अनुरोध गरे ।
कांग्रेसको नीति कहिल्यै कमजामेर नभएको बताउँदै नेता बानियाँले रणनीतिमा केही कमजोरी देखिएकाले देशैभर हार व्योहोर्नुपरेको बताउँदै कांग्रेस जहिल्यै जनताको खुशी र समृद्धिमा लागिरहने बताए ।
कांग्रेसले बाहिर रहेको मधेशी दललाई मिलाएर गणतन्त्र, संविधान र तीन चरणको निर्वाचन सफल बनाएको कुरा कसैले भुल्न नहुने बताउँदै बाम गठबन्धनले निर्वाचनमा गरेका बाचा र प्रतिबद्धता पूरा गर्छ कि गर्दैन हेर्न आम कार्यकर्तालाई आग्रह गरे।
साविक भीमफेदी गाविस सभापति जब्बर सिं वाईबाको सभाध्यक्षतामा भएको कार्यक्रममा पार्टीका निवर्तमान सभापति रघुरमण न्यौपाने, प्रमूख सल्लाहकार माईकल रामचन्द्र अर्याल, सचिव आनन्द कठायत, कोषाध्यक्ष गोपीलाल विश्वकर्मा, सल्लाहकार भरत पराजुली, जिल्ला सदस्य भीमसेन महत, महासमिति सदस्य दीनेश उपाध्याय, क्षेत्रीय सभापति यतिराज सापकोटा, मोमलाल दोङ, क्षत्रीय सचिव ओम बस्नेत, पुरुषोत्तम ठकुरीलगायतले मन्तव्य व्यक्त गरेका थिए ।
भेलाले संजिव श्रेष्ठको संयोजकत्वमा २१ सदस्यीय भीमफेदी गाउँपालिका स्तरीय तदर्थ समिति र ३ सदस्यीय सल्लाहकारमा मोमलाल दोङ, सुवर्ण सिं लामा र शान्ता विश्वकर्मालाई चयन गरेको छ ।

कांग्रेस हेटौंडा–१६ को शुभकामना आदानप्रदान
नेपाली कांग्रेस हेटौंडा उपमहानगरपालिका १६ ले नयाँ वर्षको उपलक्ष्यमा शुक्रबार शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ ।
    हेटौंडा–१६ का सभापति एवं १६ का वडा अध्यक्ष रामकृष्ण कोईरालाको सभाध्यक्षता एवं पार्टीका उपसभापति विष्णुप्रसाद लामिछानेको प्रमूख आतिथ्यतामा शुभकामना आदानप्रदान कार्यक्रम भएको थियो ।
कार्यक्रममा निवर्तमान सभापति रघुरमण न्यौपाने, जिल्ला सदस्य कृष्णप्रसाद दाहाल, हेटौंडा उपमहानगरपालिका सभापति आनन्दराम पराजुली, तरुण दल जिल्ला अध्यक्ष ईश्वर पाठक, नगर अध्यक्ष सुनिल गिरी, रामप्रसाद अधिकारी, बलराम पुलामी, निरन्जन दाहाल, धुब्र दुलाललगायतले मन्तव्य व्यक्त गरेका थिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
एमाले केन्द्रीय कमिटी बैठक जारी
uml-1790213537.jpg

८ असोज, हेटौंडा । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत...

राप्रपाको सातवटै प्रदेशको अधिवेशन हुँदै
raprapa-1790213294.png

८ असोज, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सातवटै प्रदेशको अधिवेशन हुँदैछ । राप्रपाले असोज २१...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16320-1790212662.jpg

८ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । सिंहदरबारमा बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको...

मध्यम वर्षाको सम्भावना
rain-weather-1790211819.jpg

८ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । साथै बङ्गालको खाडीको...

प्रशासनिक कार्य वाग्लेले सम्हाल्ने
swarnim-wagle1-1790150442.jpg

७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...

प्रधानमन्त्री शाह अमेरिका प्रस्थान
6-pm-balen-nepal-photo-li-1790089851.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...

प्रधानमन्त्री बालेन आज न्युयोर्क जाँदै
balen-sahaaa1661769967-1790040514.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...

परराष्ट्रमन्त्री र पोल्यान्डका उपप्रधानमन्त्रीबीच भेटवार्ता
meeting1-1790040112.jpg

६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16321-1790039554.jpg

६ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....

थप समाचार