८ काठमाडौं, बैशाख । स्वर्गिय राजा वीरेन्द्र विरविक्रम शाहको तस्विर राखेर स्वीजरल्याण्डको एक मदिरा कम्पनीले वियर उत्पादन गरेर विक्री गरिरहेको खबर सार्बजनिक भएपछि नेपालमा हलचल मच्चिएको छ ।
वियरको लेबलमा हात राखेर मुस्कुराइरहेको तस्वीरसहित ‘बीरेन्द्र वियर’ सामाजिक संजालमा सार्बजनिक भएपछि नेपालीहरुले आलोचना गरिरहेका छन् । यस विषयमा सामाजिक संजालमा व्यापक बहस भइरहेको छ । उक्त स्वीस कम्पनीले बियरलाई स्पाइस्ड/हर्ब्ड स्टाइलको बियरको श्रेणीमा राखेको छ । बेभसाइटमा उल्लेख भए अनुसार यसको एक बोतलको मूल्य स्वीस फ्रयाङ्क ४४.४० अर्थात ४ हजार ८ सय २७ रूपैंया पर्न जान्छ । त्यस्तै अर्को एक बोतलको मूल्य १.८५ अर्थात करिब दुईसय रुपैंयाँ पर्न आउने उल्लेख छ।
यसरी स्वर्गीय राजा वीरेन्द्र वीर विक्रम शाहको नाम र तस्वीर राखेर वियर उत्पादन गरेको राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनले विज्ञप्ती नै निकालेर आपत्ति जनाएको छ । सो विद्यार्थी संगठनका अध्यक्ष महेशबहादुर सिंहले शुक्रबार एक विज्ञप्ति जारी गर्दै स्वीजरल्याण्डको एक मदिरा कम्पनीले स्वर्गीय शाहको मदिरा पिउन लागेको फोटो राखि ‘वीरेन्द्र वियर’ नामको वियर उत्पादन गरिरहेको सत्य हो भने आपत्तिजनक भनेका छन् ।
संगठनले जारी गरेको विज्ञप्तिमा भनिएको छ ‘यदि यो विषय साँचो हो भने यो नेपालको राष्ट्रिय अस्मिता र पुर्खाहरुमाथिको नांगो बलत्कार हो । तसर्थ यस विषयमा सत्यतथ्य बुझि उक्त गलत कार्यलाई बन्द गराउन नेपाल सरकार, परराष्ट्र मन्त्रालय, नेपालस्थित स्वीस राजदूतावास, जेनेभास्थित नेपाली प्रतिनिधीको कार्यालय, उत्पादक कम्पनी लगायत सम्बन्धित पक्षको गम्भिर ध्यानाकर्षण गराउन चाहन्छौं ।’
सो विद्यार्थी संगठनले राजा वीरेन्द्रको फोटो राखेर मदिरा उत्पादन गर्ने गलत कार्य समयमै बन्द नभए कडा संघर्षमा उत्रने चेतावनी पनि दिएको छ ।
साभार : इमेज खबर
१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी बाढी–पहिरो पीडितको सहयोगार्थ आफ्ना सांसदहरूको आधा महिनाको...
१५ भदौ, हेटौंडा । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा बाढीमा परी हालसम्म ९०३ जनाको...
१५ भदौ, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर हुँदै काठमाडौँ जाने...
१५ भदौ, हेटौंडा । रसुवाको भोटेकोसी बाढी प्रभावित क्षेत्रमा सूचना प्रवाहलाई सहज बनाउन नेपाल दूरसञ्चार...
१५ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको पहिलो खेलमा आज नेपालले बहराइनसँग प्रतिस्पर्धा गर्दै छ ।...
१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समयावधि थपिएको छ । सदस्यता अद्यावधिक...
१५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
१४ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनामा...
१४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
२ भदौ, हेटौंडा । उपसभामुख रुबी ठाकुरले जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठविरुद्ध प्रहरीमा जाहेरी दिएकी...
४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दगोरिया...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामाको घोषणा छन् । आज बसेको...
२ भदौ, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह भदौ १० गते प्रतिनिधि सभामा उपस्थित भएर प्रश्न उत्तर कार्यक्रममा...
४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...






-1788140988.jpg)











