Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

नेपाली राजनीतिको बादशाह काँग्रेस होः केन्द्रीय सदस्य घिमिरे

20180423_150647-1524498976.jpg


१० बैशाख, हेटौँडा ।  नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं प्रखरवक्ता गुरु घिमिरेले नेपाली काँग्रेस नेपाली राजनीतिक ईतिहाँसको  बादशाह रहेको बताएका छन  ।
काँग्रेस  हेटौंडा उपमहानगर समितिको दोश्रो नगर भेलामा सोमबार बोल्दै केन्द्रीय सदस्य घिमिरेले ईतिहासँदेखि अहिलेसम्म जतिपनि परिवर्तन सबै काँग्रेसको नेतृत्वमा मात्रै भएकोले काँग्रेस सधैं बादशाहको रुपमा स्थापित रहेको बताउनुभयो ।
काँग्रेसले खुला अर्थनीति ल्याएपछि मेडिकल, संचार, सडक, विद्युत, एयरपोर्टलगायतका काम गरेपनि जनतामा प्रचार गर्न नसकेको बताउँदै नेता घिमिरेले एमाले ५१ सालदेखि एउटै बृद्धभत्ताको रटान गर्दै  भोट तान्न लिप्त रहेको  बताए ।
    अन्र्तराष्ट्रीय समुदायले पत्याएका नेपाली नेता भनेका काँग्रेसको मात्रै रहेको बताउँदै प्रखरबक्ता घिमिरेले संसारका कुनैपनि कम्युनिष्ट पार्टीहरु  राष्ट्रवादी नभएको टिप्पणी गर्नुभयो । काँग्रेसको नेतृत्वमा राजातन्त्र फालेर गणतन्त्र ल्याई, संविधान निर्माण र आफू हारेपनि तीनै चरणको निर्वाचन सफलतापूर्वक सम्पन्न गरेर लोकतन्त्र र संघियताको रक्षा गरेको बताए ।
नेपाली काँग्रेसलाई ७४ साल खुशी र पीडादायी दुवै भएको भन्दै अब विगत भुलेर संगठन निर्माण र काँग्रेसले गरेका सकरात्मक कुराहरु आम जनतामा पु¥याउन सम्पूर्ण नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन । त्यस्तै नेपाली काँग्रेसका सभापति, पूर्व गृहराज्यमन्त्री एवं पार्टीका मकवानपुर सभापति ईन्द्रबहादुर बानियाँले गोली हानेर मान्छे मार्दै हिड्ने टाउको काटेर हिड्ने कम्युनिष्ट पार्टीलाई लोकतान्त्रिक धारमा ल्याउने काँग्रेसनै भएको बताउँदै निरन्तर संघर्ष गरेको काँग्रेस पार्टीका नेता पद्धतीमा विश्वास गर्ने बताउनुभयो ।
नगर सभापति आनन्दराम पराजुलीको सभाध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सभा सदस्य एवं काँग्रस ३ नम्बर संसदीय दलका प्रमूख सचेतक राधा घले, प्रजातान्त्रिक सभाजका केन्द्रीय अध्यक्ष डा. केदार नरसिंह केसी, निवर्तमा सभापति रघुरमण न्यौपाने, उपसभापति विष्णुप्रसाद लामिछाने, जिल्ला सचिव बुद्ध लामा, प्रमूख सल्लाहकार माईकल रामचन्द्र अर्याल, महासमिति सदस्य दीनेश उपाध्याय, हेटौंडा १५ का वडा अध्यक्ष महारत्न लामा, नगर कोषाध्यक्ष कविन सांगामी लगायतले मन्तव्य व्यक्त  गरेका थिए  भने  नगर सचिव दीपक खतिवडाले प्रतिवेदन पेश गरेका  थिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मध्यम वर्षाको सम्भावना
rain-weather-1790211819.jpg

८ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । साथै बङ्गालको खाडीको...

प्रशासनिक कार्य वाग्लेले सम्हाल्ने
swarnim-wagle1-1790150442.jpg

७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...

प्रधानमन्त्री शाह अमेरिका प्रस्थान
6-pm-balen-nepal-photo-li-1790089851.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...

प्रधानमन्त्री बालेन आज न्युयोर्क जाँदै
balen-sahaaa1661769967-1790040514.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...

परराष्ट्रमन्त्री र पोल्यान्डका उपप्रधानमन्त्रीबीच भेटवार्ता
meeting1-1790040112.jpg

६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16321-1790039554.jpg

६ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1790039341.jpg

६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...

परराष्ट्रमन्त्री खनालसहितको टोली अमेरिका प्रस्थान
Foreign-minister-667-1536-1789959425.jpg

५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...

मनास्लुमा हिमपहिरो, दुईजनाको मृत्यु
Death-Body_20241108092154-1789958531.jpg

५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...

थप समाचार