Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

साझा यातायात सिध्याउने सरकारले  यातायात क्षेत्र धरासायी वनायोः संयुक्त यातायात आन्दोलन परिचालन समिती

31355271_1615944465157524-1524665423.jpg

फोटोः सुनिल प्रस्ट खबर

१२ बैशाख, हेटौँडा। सरकारले केही दिन अघि यातायात क्षेत्रसंग आवद्ध समितीहरु  सिण्डीकेटका अन्तय गरेसंगै  आन्दोलनरत यातायात क्षेत्र संग  आवद्ध ८ यातायात व्यवसायी संघ सस्थाको संयुक्त यातायात आन्दोलन परिचालन समितीले साझा यातायात सिध्याउने सरकारले सिङेगो  यातायात क्षेत्र धरासायी वनाएको भन्दै  यातायात व्यवसायीहरुले आन्दोलन गर्ने चेतावनि दिएको छ । 
बुधबार हेटौडामा संयुक्त यातायात आन्दोलन परिचालन समितीले आयोजना गरेको  बृहत व्यवसायी भेलालाई सम्बोधन गर्दै यातायात क्षेत्र संग आवद्ध ८ यातायात व्यवसायी संघ संस्थाका प्रतिनिधीहरुले यसो बताएका हुन । 
बृहत व्यवसायी भेलालाई सम्बोधन गर्दै नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका बरिष्ठ उपाध्यक्ष बिजय कुमार स्वाँरले प्रधानमन्त्री केपी शर्मा ओलीले यातायात व्यवसायीलाई सिध्याउने खेलमा लागेको भन्दै सरकारले जारी गरेको यातायात सम्बन्धि निर्देशिका गैर लोकलान्त्रीक भएको बताए । उपाध्यक्ष  स्वाँरले जनआन्दोलनमा  यातायात व्यवसायीले गाडी घरमा थन्काएर लोकतन्त्र ल्याउन सहयोग गरेको तर सत्तामा पुगेर प्रधानमन्त्री ओलीले हैकमबाद लादन खोजेको भन्दै प्रधानमन्त्री ओली अधिनायकबाद तिर लम्केको बताए । 
त्यसैगरी नेपाल ट्रक यातायात व्यवसायी संघका बरिष्ठ उपाध्यक्ष तथा नारायणी यातायात व्यवसायी संघका अध्यक्ष हिरालाल श्रेष्ठले  सरकारले यातायात व्यवसायी माथी राजनिती गर्न खोजेको भन्दै साझा यातायात सिध्याउने सरकारले कसरी व्यवसायीको हक हितको  रक्षा गर्न सक्छ भन्दै अब व्यवसायी चुप लागेर बस्न नसक्ने बताए । उनले संघमा आवद्व यातायात व्यवसायीले समर्थन नगरे संघको सेवा सुविधाबाट बञ्चित गरिन संघ बाध्य हुने बताए । 
त्यसैगरी  कार्यक्रममा  यातायात कर्मचारी युनियन महासंघका बरिष्ठ उपाध्यक्ष समुन्द्र खड्काले यातायात व्यवसायीले सरकार कर तिरदैनन भन्ने सरकारको आरोपमा कटाक्षय गर्दै  यातायात व्यवसायीले तलब भत्ताबाट प्रत्येक महिना १ प्रतिशत कर तिरेको प्रमाण सुरक्षित रहेको भन्दै अब तिरेको करको  सरकारसंग हर हिसाब खोज्नु पर्ने समय आएको बताए ।  

केन्द्रिय आन्दोलन समितीका संयोजन बद्रि प्रसाद चौलागाईको सभाध्यक्षतामा सम्पन्न भएको  कार्यक्रममा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका सदस्य प्रदिप गिरी , टेम्पो तथा मझौला यातायात व्यवसायी संघका अध्यक्ष ज्ञानेन्द्र बहादुर कार्की , मध्यमाञ्चल पेट्रोलियम ढुवानि व्यवसायी संघका अध्यक्ष दिपक शिवाकोटी , मध्यमाञ्चल यातायात व्यवसायी संघका अध्यक्ष रबिन्द्र पोख्रेल, नारायणी यातायात व्यवसायी संघका कानुनि सल्लाहाकार ईश्वरलाल ढकाल  लगायतले सरकारले यातायात क्षेत्रमा लगाएको सिण्डिकेट र संघ संस्था खोरेजि संविधान विपरित भएकौ भन्दै सरकारले नेपालमा बेरोजगार उत्पादन गर्ने बताएका थिए ।   
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मध्यम वर्षाको सम्भावना
rain-weather-1790211819.jpg

८ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । साथै बङ्गालको खाडीको...

प्रशासनिक कार्य वाग्लेले सम्हाल्ने
swarnim-wagle1-1790150442.jpg

७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...

प्रधानमन्त्री शाह अमेरिका प्रस्थान
6-pm-balen-nepal-photo-li-1790089851.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...

प्रधानमन्त्री बालेन आज न्युयोर्क जाँदै
balen-sahaaa1661769967-1790040514.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...

परराष्ट्रमन्त्री र पोल्यान्डका उपप्रधानमन्त्रीबीच भेटवार्ता
meeting1-1790040112.jpg

६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16321-1790039554.jpg

६ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1790039341.jpg

६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...

परराष्ट्रमन्त्री खनालसहितको टोली अमेरिका प्रस्थान
Foreign-minister-667-1536-1789959425.jpg

५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...

मनास्लुमा हिमपहिरो, दुईजनाको मृत्यु
Death-Body_20241108092154-1789958531.jpg

५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...

थप समाचार