Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

राजनीति

साझा यातायात सिध्याउने सरकारले  यातायात क्षेत्र धरासायी वनायोः संयुक्त यातायात आन्दोलन परिचालन समिती

31355271_1615944465157524-1524665423.jpg

फोटोः सुनिल प्रस्ट खबर

१२ बैशाख, हेटौँडा। सरकारले केही दिन अघि यातायात क्षेत्रसंग आवद्ध समितीहरु  सिण्डीकेटका अन्तय गरेसंगै  आन्दोलनरत यातायात क्षेत्र संग  आवद्ध ८ यातायात व्यवसायी संघ सस्थाको संयुक्त यातायात आन्दोलन परिचालन समितीले साझा यातायात सिध्याउने सरकारले सिङेगो  यातायात क्षेत्र धरासायी वनाएको भन्दै  यातायात व्यवसायीहरुले आन्दोलन गर्ने चेतावनि दिएको छ । 
बुधबार हेटौडामा संयुक्त यातायात आन्दोलन परिचालन समितीले आयोजना गरेको  बृहत व्यवसायी भेलालाई सम्बोधन गर्दै यातायात क्षेत्र संग आवद्ध ८ यातायात व्यवसायी संघ संस्थाका प्रतिनिधीहरुले यसो बताएका हुन । 
बृहत व्यवसायी भेलालाई सम्बोधन गर्दै नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका बरिष्ठ उपाध्यक्ष बिजय कुमार स्वाँरले प्रधानमन्त्री केपी शर्मा ओलीले यातायात व्यवसायीलाई सिध्याउने खेलमा लागेको भन्दै सरकारले जारी गरेको यातायात सम्बन्धि निर्देशिका गैर लोकलान्त्रीक भएको बताए । उपाध्यक्ष  स्वाँरले जनआन्दोलनमा  यातायात व्यवसायीले गाडी घरमा थन्काएर लोकतन्त्र ल्याउन सहयोग गरेको तर सत्तामा पुगेर प्रधानमन्त्री ओलीले हैकमबाद लादन खोजेको भन्दै प्रधानमन्त्री ओली अधिनायकबाद तिर लम्केको बताए । 
त्यसैगरी नेपाल ट्रक यातायात व्यवसायी संघका बरिष्ठ उपाध्यक्ष तथा नारायणी यातायात व्यवसायी संघका अध्यक्ष हिरालाल श्रेष्ठले  सरकारले यातायात व्यवसायी माथी राजनिती गर्न खोजेको भन्दै साझा यातायात सिध्याउने सरकारले कसरी व्यवसायीको हक हितको  रक्षा गर्न सक्छ भन्दै अब व्यवसायी चुप लागेर बस्न नसक्ने बताए । उनले संघमा आवद्व यातायात व्यवसायीले समर्थन नगरे संघको सेवा सुविधाबाट बञ्चित गरिन संघ बाध्य हुने बताए । 
त्यसैगरी  कार्यक्रममा  यातायात कर्मचारी युनियन महासंघका बरिष्ठ उपाध्यक्ष समुन्द्र खड्काले यातायात व्यवसायीले सरकार कर तिरदैनन भन्ने सरकारको आरोपमा कटाक्षय गर्दै  यातायात व्यवसायीले तलब भत्ताबाट प्रत्येक महिना १ प्रतिशत कर तिरेको प्रमाण सुरक्षित रहेको भन्दै अब तिरेको करको  सरकारसंग हर हिसाब खोज्नु पर्ने समय आएको बताए ।  

केन्द्रिय आन्दोलन समितीका संयोजन बद्रि प्रसाद चौलागाईको सभाध्यक्षतामा सम्पन्न भएको  कार्यक्रममा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका सदस्य प्रदिप गिरी , टेम्पो तथा मझौला यातायात व्यवसायी संघका अध्यक्ष ज्ञानेन्द्र बहादुर कार्की , मध्यमाञ्चल पेट्रोलियम ढुवानि व्यवसायी संघका अध्यक्ष दिपक शिवाकोटी , मध्यमाञ्चल यातायात व्यवसायी संघका अध्यक्ष रबिन्द्र पोख्रेल, नारायणी यातायात व्यवसायी संघका कानुनि सल्लाहाकार ईश्वरलाल ढकाल  लगायतले सरकारले यातायात क्षेत्रमा लगाएको सिण्डिकेट र संघ संस्था खोरेजि संविधान विपरित भएकौ भन्दै सरकारले नेपालमा बेरोजगार उत्पादन गर्ने बताएका थिए ।   
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
कतारका अमिर अल थानी र प्रधानमन्त्री दाहालबीच भेटवार्ता सम्पन्न
PRO_KTM_PRACHANDA_QATARKI-1713942381.jpg

१२ बैशाख, काठमाडौं ।  प्रधानमन्त्री पुष्पकमल दाहाल र कतारका अमिर शेख तमिम बिन हमाद अल थानीबीच आज भेटवार्ता भएको...

नेपाली बजारमा सुनचाँदीको मूल्य बढ्यो
Gold-1713941974.jpg

१२ बैशाख, काठमाडौं ।  नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ । सुनको मूल्य तोला ५०० रुपैयाँले बढेको हो...

नेपाल र कतारबीच द्विपक्षीय सम्झौता सम्पन्न
nepal-qatar-memorendom-1713941756.jpg

१२ बैशाख, काठमाडौं ।  नेपाल र कतारबिच द्विपक्षीय सम्झौता सम्पन्न भएको छ । प्रधानमन्त्री प्रचण्ड र कतारी अमिर...

जीप र मोटरसाइकल ठोक्किंदा ३ जनाको मृत्यु
accident.-1713933582.jpg

१२ बैशाख, झापा ।  झापाको शिवसताक्षी–८ झिलझिलेमा दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते...

आईपिएल: लखनउद्वारा चेन्नईमाथि ६ विकेटको जित हासिल
109532637-1713923853.jpg

१२ बैशाख, हेटौंडा । इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा लखनउ सुपर जायन्ट्सले चेन्नई सुपर...

कर्णालीका मुख्यमन्त्री कँडेलले बिहीबार विश्वासको मत लिने
Screenshot_20240424_07305-1713923166.jpg

१२ बैशाख, सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले बिहीबार विश्वासको मत लिने भएका छन् ।...

कतारका शेख र नेपालका प्रधानमन्त्रीबिच आज द्विपक्षीय वार्ता हुने
amirjpg-pp-1713922484.jpg

१२ बैशाख, हेटौंडा । कतारका शेख तमिम बिन हमाद अल थानी र प्रधानमन्त्री पुष्पकमल दाहालबिच आज द्विपक्षीय वार्ता हुने...

हावाहुरी र छिटपुटदेखि हल्का वर्षाको सम्भावना
bbf45bd431c201febcfc00aae-1713921857.jpg

१२ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशका पहाडी भू-भागमा आंशिक...

मकवानपुरमा कुखुरा खुइल्याउन उमालेको पानीमा परेर बालिका घाइते
t3lkwboabgv8pdeorqsr-1713884121.jpg

११ बैशाख, हेटौंडा। मकवानपुरमा कुखुरा खुइल्याउन उमालेको तातो पानीमा परेर एक बालिका घाइते भएकी छिन्।जिल्लाको...

थप समाचार