१३ बैशाख, हेटौँडा । ३ नम्बर प्रदेश सरकारले आफुलाई खर्च गर्ने बजेट ल्याएपनि जनताका लागि केही नल्याएको भन्दै प्रदेशसभा सदस्यहरुले विरोध जनाएका छन् । उनीहरुले प्रदेश सरकारको पहिलो बजेट जनताको हितमा नआएको भन्दै विरोध गरेका हुन् ।
प्रदेशसभा बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगलले प्रस्तुत गरेको आय र व्यय विवरण र विनियोजन विधेयमाथि छलफल गर्दै उनीहरुले विरोध गरेका हुन् । उनीहरुले शिक्षा, स्वास्थ्य, शुद्ध खानेपानी, भुकम्प पीडिलाई राहत, महिला सशक्तिकरण, ठूला पूर्वाधार लगायतका क्षेत्रमा बजेट नआएको भन्दै विरोध गरेका छन् ।
प्रमुख प्रतिपक्षसहित विपक्षि दलका प्रदेशसभा सदस्यहरु छिरिङ दोर्जे लामा, विराजभक्त श्रेष्ठ, प्रभात तामाङ, निमा लामा, गिता वाग्ले, रमेश पौडेल, रिता माझी, रिना गुरुङ सुरेन्द्रराज गोसाई लगायतले सरकारले जनतालाई भन्दा आफुलाई मात्रै हेरेर आय व्यय अनुमान र विनियोजन विधेयक ल्याएको भन्दै आपत्ति जनाएका थिए । सत्तापक्षी प्रदेशसभा सदस्यहरु रामकुमार अधिकारी, मुनु सिग्देल, प्रेमबहादुर पुलामी, केशवराज पाण्डे, पशुपति चौलागाई, धनश्याम दाहाल लगायतले समय अभावका कारण बाध्यतात्मक अवस्थामा विकास बजेट नआएको भन्दै प्रदेश सरकारको बचाउ गरेका थिए ।
बजेट प्रस्तुत गर्नुभन्दा कम्तिमा १५ दिन अघि छलफल गर्नुपर्नेमा प्रदेशसभा संचालन नियमावलीका धारा १२९ (३), १३३ (१–५, ६–१०), १३४, १३५, १३६, १३७ र १३८ निलम्बन गरेर सोझै बजेट ल्याएको भन्दै प्रतिपक्ष प्रदेशसभाहरुले आपत्ति जनाएएका थिए । आय र व्ययको अनुमान र विनियोजन विधेयकमाथि छलफल गर्दै प्रदेशसभा सदस्यहरुले आयव्यय विवरण र विनियोजन बजेट जनताका लागि भन्दा पनि सरकारले आप्mनो लागि मात्रै ल्याएको भन्दै विरोध गरेका थिए ।
प्रदेशसभा बैठकबाट ३ नम्बर प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगलले प्रस्तुत गरेको विधेयक सर्वसम्मत पारित भएको छ । विधेयक आएसंगै चालु आवका लागि खर्चको बाटो खुलेको छ भने यसअघि गरेको खर्च समेत अनुमोदन भएको छ । विहिबारको बैठकको पहिलो सत्रमा मन्त्री ढुंगेलले प्रदेश सरकारको खर्च व्यवस्थापनका लागि प्रस्तुत आव २०७४/०७५ को आय र व्ययको अनुमान पनि सर्वसम्मत पारित भएको थियो । मन्त्री ढुंगेलले प्रस्तुत गरेको आय र व्यय अनुमानमा आयतर्फ संघीय सरकारले उपलव्ध गराएको समानिकरण अनुदानको १ अर्ब २ करोड ५ लाख रुपैँया र व्ययतर्फ चालु खर्च ५५ करोड ४८ लाख ६० हजार रुपैँया र पूँजिगत खर्चतर्फ ४६ करोड ५६ लाख ४० हजार रुपैँया रहेको छ ।
कार्यान्वयन गर्न संरचना तयार नभएको र समय अभावका कारण आयव्यय विवरणमा पूँजिगत खर्चका लागि विकासे योजना भने नरहेको ढुंगेलले जानकारी दिए । आय र व्यय वितरण प्रस्तुत गर्दै ढुंगेलले प्रदेश लेखा नियन्त्रक कार्यालय स्थापना, प्रदेश निजामति सेवा गठन, प्रादेशिक दुग्ध विकास बोर्ड गठन, योजना तथा कार्यक्रम संचालनका लागि प्रोजेक्ट बैंक तयार गर्ने, युवा बैज्ञानिक कोष र प्रदेश बाल उद्धार कोष स्थापना, प्रदेश लोकसेवा आयोग गठन, प्रदेश निजामति कितावखाना स्थापना, सुरुङ मार्गजस्ता परियोजनाको सम्भाव्यता अध्ययन लगायतका कार्य अघि बढाउने बताए ।
बैठक बैशाख १४ गते ३ बजेसम्मका लागि स्थगित भएको छ ।
८ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । साथै बङ्गालको खाडीको...
७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...
६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...
६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...
६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...
६ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....
६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...
५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...
५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
२५ भदौ, हेटौंडा । नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि छनोट भएको छ । आज भएको एसीसी प्रिमियर कप सेमिफाइनलमा...
२५ भदौ, हेटौंडा । मकवानपुरमा रहेका श्रीकृष्ण प्रणामी समुदायबाट प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा ५ लाख...
२६ भदौ, हेटौंडा । नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति...
२८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...
२६ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानकै आसपास रहेको...
२७ भदौ, हेटौंडा । तेस्रो संस्करणको एससी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि नेपाली पुरुष राष्ट्रिय...
२९ भदौ, हेटौंडा । भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका तिज पर्व आज महादेवको पूजा आराधना गरी मनाइँदै छ...
२६ भदौ, हेटौंडा । कुशेऔँशी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने...

















