Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

राजनीति

३ नम्बर प्रदेश राजधानीबारे अध्ययन गर्न समिति गठन

IMG_0233-1524834028.JPG

१४ बैशाख, हेटौंडा । ३ नम्बर प्रदेशको राजधानीबारे अध्ययन गर्न १३ सदस्यीय समिति गठन भएको छ । शुक्रबारको प्रदेशसभा बैठकमा सभामुख सानुकुमार श्रेष्ठले समिति गठनबारे जानकारी दिएका हुन् ।

प्रदेश राजधानीबारे निर्णय गर्न एकभन्दा बढि प्रस्ताव परेको भन्दै संविधान अनुसार समिति गठन गरेको जनाईएको छ । बैठकमा प्रदेश राजधानीको सम्भाव्यता अध्ययन गर्न प्रदेशसभामा रहेका दलको सहभागिता हुने गरी १३ सदस्यीय समिति गठन गरेको जानकारी सभामुख सानुकुमार श्रेष्ठले जानकारी दिएका थिए । । समितिमा एमालेका तर्फबाट दिपक निर्रौला, सरस्वती बस्नेत, बिजय सुवेदी, वसन्त मानन्धर, डा.रामकुमार अधिकारी, माओवादी केन्द्रबाट विशाल खड्का जगत सिंखडा, काँग्रसबाट छिरिङ दोर्जे लामा, प्रभात तामाङ, बिवेकशिलका बिराजभक्त श्रेष्ठ, नेमकिपाबाट सुरेन्दरराज गोसाई, राप्रपाकी रिता माझी र राप्रपा प्रजातान्त्रिकबाट रिना गुरुङ छन् । समितिको संयोजक बैठकले तोक्ने छ भने प्रतिवेदन बुझाउने कार्यावधी कार्य प्रभारम्भ भएको मितिले बढिमा ४५ दिन हुने जनाईएको छ ।

यसअघि, बैठकमा सम्बोधन गर्दै मूख्यमन्त्री पौडेलले समृद्ध र व्यवस्थित ३ नम्बर प्रदेश निर्माण गर्ने उद्देश्य रहेको भन्दै यसमा सबै एकमत भएकोमा खुशी व्यक्त गरे । प्रदेशको विकास निर्माण, सामाजिक सुरक्षा र समृद्धिका लागि सबैको अथक प्रयास र मेहनतले समृद्ध र नमूना प्रदेश बनाउन सम्भव रहेको उनको भनाई थियो ।

प्रदेशसभा बैठकमा शुक्रबार मूख्यमन्त्री डोरमणी पौडेलले प्रस्तुत गर्नुभएको प्रदेश मामिला समितिको प्रतिवेदनसहितको गाउँ, नगर, जिल्ला सभा सञ्चालन सम्बन्धमा व्यवस्थान गर्न बनेको विधेयक र स्थानीय तहका पदाधिकारी तथा सदस्यको सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सर्वसम्मत पारित भएको थियो । यस संगै ३ नम्बर प्रदेशको प्रथम अधिवेशन शुक्रबारबाट समाप्त भएको छ । प्रदेशसभा बैठकमा सभामुख सानुकुमार श्रेष्ठले प्रदेश प्रमुख कार्यालयबाट कोइरालाबाट प्राप्त प्रदेशसभाको प्रथम अधिवेशन समाप्तिको पत्र पढेर सुनाएका थिए । यो अवधिमा १९ वटा बैठक भएको थियो भने ११ घण्टा ११ मिनेट ४५ सेकण्ड बैठक बसेको थियो । यो अवधिमा आधा दर्जन विधेयक पारित भएको सभामुख श्रेष्ठले जानकारी दिएका थिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
सोमबार सुनको मूल्य बढ्यो
Gold-1714972569.jpg

२४ बैशाख, हेटौंडा ।  नेपाली बजारमा सोमबार सुनको मूल्य बढेको रहेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका...

बागमती प्रदेशमा आज सार्वजनिक बिदा
bidaa-1714958666.jpg

२४ बैशाख, हेटौंडा । बागमती प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएको छ । प्रदेश सरकारको बैशाख १२ गते बसेको...

थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना
bbf45bd431c201febcfc00aae-1714958226.jpg

२४ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको...

नेपालको जनसंख्या वृद्धिदर १ प्रतिशतभन्दा तल

२४ बैशाख, हेटौंडा । नेपालको जनसंख्या वृद्धिदर जनगणना भएको इतिहासमै पहिलो पटक एक प्रतिशतभन्दा तल झरेको छ ।...

मकवानपुरगढीमा कृषि सम्बन्धी छलफल
Capture-1714955977.JPG

२४ बैशाख, हेटौंडा । मकवानपुर उद्योग वाणिज्य संघले मकवानपुरगढी गाउँपालिकामा कृषि सम्बन्धी छलफल कार्यक्रम गरेको...

मकवानपुरगढी ४ स्थित फिर्केपाखा सिंचाईंको शिलान्यास
Capture-1714955654.JPG

२४ बैशाख, हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिका ४ को फिर्केपाखा सिचाईं आयोजनाको शिलान्यास गरिएको छ ।...

बागमती विश्वविद्यालयको सम्पर्क कार्यालय स्थापना
Karyalay-udghatan-1714955360.jpg

२४ बैशाख, हेटौंडा । प्रदेशको आफ्नै विश्वविद्यालय स्थापनाको क्रममा बागमती प्रदेश सरकारले सोमबार बागमती...

बागमती प्रदेशः उच्च शिक्षा ऐन २०७८ संशोधन अध्यादेश जारी गर्ने
Mantri-Parishad-Baithak-1714954540.jpg

२४ बैशाख, हेटौंडा । बागमती प्रदेश सरकारले प्रदेश उच्च शिक्षा ऐन २०७८ संशोधन अध्यादेश जारी गर्ने निर्णय गरेको छ ।...

कीर्तिपुरमा बस दुर्घटना, एक प्राध्यापकको मृत्यु
accident.-1714920512.jpg

२३ बैशाख, काठमाडौं । कीर्तिपुरमा बस दुर्घटना हुँदा त्रिभुवन विश्वविद्यालयका एक प्राध्यापकको मृत्यु भएको छ...

थप समाचार