Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

समाज

गोले बंश उत्थान समाजको अध्यक्षमा राजकुमार

Gola-Samaj-1524924193.jpg

१५ बैशाख, हेटौँडा । गोले (तामाङ) बंश उत्थान समाजका केन्द्रीय अध्यक्ष जय गोलेले आफ्नो बंशको संरक्षणमात्रै नभई समुदायकै हितका लागि गोले तामाङहरु संगठित हुनु जरुरी रहेको बताएका छन् । 
गोले (तामाङ) बंश उत्थान समाज मकवानपुरको हेटौँडामा शनिबार भएको जिल्ला अधिवेशन उद्घाटन कार्यक्रममा बोल्दै केन्द्रीय अध्यक्ष गोलेले आप्mनो बंशको संरक्षण एवं उत्थानसंगै समुदायको हितका लागि जुट्नु जरुरी रहेको बताएका हुन् । उनले विगतमा गोले समुदायहरुको कुनै तथ्यांकीय विवरण नहुँदा समस्या देखेपछि आफुहरुले समाज गठन गरेको भन्दै आगामी दिनमा यसलाई अझ बलियो ढंगले अघि बढाउने बताए । तामाङ समुदायलाई आर्थिक, राजनैतिक र सामाजिक रुपमा अघि बढाउन सबै एक भएर अघि बढ्नुको विकल्प नभएको उनको भनाई थियो । 
कार्यक्रममा बोल्दै समाजका केन्द्रीय संरक्षक डा. कृष्णकुमार गोलेले बंश संरक्षणका लागि समाजको गठन भईसकेको भन्दै यसलाई अझ व्यवस्थित गर्दै आप्mनो समुदायमा रहेका समस्यालाई पहिचान गरेर समाधानमा जुट्नुपर्नेमा जोड दिए । समाजका जिल्ला अध्यक्ष मानबहादुर गोलेको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रीय सदस्य शुभरत्न गोले, हेटौँडा उपमहानगरपालिका कार्यपालिका सदस्य रुपा गोले, नेपाल तामाङ घेदुङ संघ मकवानपुरका अध्यक्ष लिलाकुमार घलान, उत्तरी क्षेत्रबाट रत्नबहादुर गोले, विनायक गोले, पूर्वी क्षेत्रबाट रामबहादुर गोले, पश्चिमी क्षेत्रबाट अवतारसिं गोले, दिनेश गोले, सचिव रोशन गोले, सहसचिव शुभराज गोले, अधिवेशन आयोजक समितिका संयोजक राजकुमार गोलेले  लगायतले मन्तव्य व्यक्त गरेका थिए । 
कार्यक्रममा जनप्रशासन विषयमा विद्यावारधी गरेको र सशस्त्र प्रहरीको अतिरिक्त प्रहरी महानिरीक्षक भएर समाज हितको क्षेत्रमा काम गरेको भन्दै डा. कृष्णकुमार गोलेलाई सम्मान गरिएको थियो । 
समाजको अध्यक्षमा राजकुमार
अधिवेशनबाट राजकुमार गोलेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । समाजको उपाध्यक्षमा रामबहादुर गोले, रत्नबहादुर गोले, दिनेश गोले, सचिवमा रोशन गोले, सहसचिवमा विनायक गोले र कोषध्यक्षमा डोल्मा गोले रहेका छन् । त्यस्तै, सदस्यहरुमा ठूलीमाया गोले,  रामबहादुर गोले, कुमार गोले, बीरबहादुर गोले, रुपा खुलाल गोले, आकाकुमार गोले, कमानसिं गोले, मञ्जुकुमारी गोले, रामबहादुर गोले, मदनकृष्ण गोले, इमानसिं गोले र कुमार गोले रहेका छन् ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
कीर्तिपुरमा बस दुर्घटना, एक प्राध्यापकको मृत्यु
accident.-1714920512.jpg

२३ बैशाख, काठमाडौं । कीर्तिपुरमा बस दुर्घटना हुँदा त्रिभुवन विश्वविद्यालयका एक प्राध्यापकको मृत्यु भएको छ...

जसपा फुट्यो, अशोक राई नेतृत्वमा ३१ सदस्यीय नयाँ कार्यसमिति गठन
ashok-rai-ktaltx03hg-1714919866.jpg

२३ बैशाख, काठमाडौं । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीले ३१ सदस्यीय नयाँ कार्यसमिति गठन भएको छ । आइतबार...

गायक प्रकाश सपूतले चलचित्र निर्माण गर्ने
basanta-movie1-1714901617-1714904206.jpg

२३ बैशाख, काठमाडौं । गायक प्रकाश सपूतले चलचित्र निर्माण गर्ने भएका छन् । आइतबार काठमाडौंमा कार्यक्रम आयोजना...

महेश बस्नेतविरुद्धको जाहेरीबारे अदालतद्वारा लिखित जवाफ माग
mahesh-basnet-1714902005.jpg

२३ बैशाख, काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्वमन्त्री महेश बस्नेतविरुद्ध परेको जाहेरी तामेलीमा राख्ने...

जापानी विदेशमन्त्रीद्वारा दरबार स्क्वायर भ्रमण
Screenshot_20240505_15131-1714901633.jpg

२३ बैशाख, काठमाडौं । जापानी विदेशमन्त्री कामीकावा योकोले काठमाडौँ दरबार स्क्वायरको भ्रमण गरेकी छन् । नेपाल...

नुहाउने क्रममा डुबेर दुई जनाको मृत्यु
5f19617119fb9_dubeko-1714875013.jpg

२३ बैशाख, कञ्चनपुर । कञ्चनपुरको दोदा नदीमा नुहाउने क्रममा दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बेलौरी...

आईपिएलमा बैंग्लोरुद्वारा गुजरात पराजित
1714844855-5868-1714874144.jpg

२३ बैशाख, हेटौंडा । आईपिएलमा रोयल च्यालेन्जर बैंग्लोरु (आरसिबी) गुजरात टाइटनलाई पराजित गर्दै सातौं स्थानमा...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1714872576.jpg

२३ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशका पहाडी भू-भागमा आंशिक...

जापानी विदेशमन्त्री योको नेपाल आउँदै
Capture-1714871318.JPG

२३ बैशाख, हेटौंडा । जापानका विदेशमन्त्री कामिकावा योको आज नेपाल आउँदै छिन् । उनी उपप्रधानमन्त्री तथा...

थप समाचार