Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

एमाले कार्यकर्तालाई जागीर दिने प्राईभेट कम्पनी होः गगन थापा

20180430_153121-1525095841.jpg

तस्विर :सुनिल शिवाकोटी


सुनिल शिवाकोटी   ।
 १७ बैशाख, हेटौँडा
। नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा  पूर्व स्वास्थ्य मन्त्री गगन थापाले नेकपा एमालेले कार्यकर्तालाई जागीर दिएर भोट फकाउने गरेको भन्दै एमाले प्राईभेट कम्पनी  भएको  आरोप लगाएका छन   ।
 उनले शुसिलको कोईरालाले नेतृत्वको सरकारले  संविधान नबनाएको भए र शेर बहादुर देउवाको नेतृत्वमा निर्वाचन नभएको  भए ओली सरकारले रारा तालमा पौडि खेल्न  मात्र पाउने तर  डिलमा बसेर शुभकामना दिन  नपाउने कटाक्ष गर्दै  काँग्रेसले चुनाव हार्न तयार भयो तर निर्वाचन गराएर संविधान कार्यन्वयन गराएरै छोडेको बताए । 
सोमबार  नेपाली काँग्रेस मकवानपुरको जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै थापाले  यसो बताएका हुन । थापाले बाम गठबन्धनलाई  काग्रेसले अबलम्बन गरेको भोटको  र चुनावको बाटो रोज्नु बिकल्प नभएको भन्दै  चुनाव गराउन काँग्रेस बाहेक अरुले नसक्ने र त्यो  काग्रेसले धर्म भएकोले धर्म निर्वाह गरेको बताए ।   
 उनले अब ५ वर्ष काग्रेसले संगठन बिस्तार कार्य र काग्रेस  भित्र भएका कमिकमजोरीलाई  सुधार गर्न मौका दिएको भन्दै संगठन बिस्तार गर्न    अनुरोध गरे । 

त्यसैगरी कार्यक्रममा नेपाली काँग्रेस मकवानपुरका सभापति एवं पूर्वा गृहराज्य मन्त्री  ईन्द्रबहादुर बानियाँले कागे्रसले  देशमा तिनै तहको निर्बाचन सम्पन्न गराई  ऐतिहासिक कार्य गरेको भन्दै केपी ओलीको राष्ट्रबाट लम्पसारबादमा परिणत भएको बताए ।   
 काँग्रेस मकवानपुरका सभापति ईन्द्रबहादुर बानियाँको सभाध्यक्षतामा सम्पन्न सम्मेलनमा  प्रदेशसभा सदस्य सन्त बहादुर चेपाङ, कागे्रस निर्वतमान जिल्ला सभापति रघुरमण न्यौपाने, काग्रेस नेता नेतृ उमा दाहाल, रिता खनाल, बकैया गाउपालीकाका अध्यक्ष दामोदर खनाल, महाधिवेसन प्रतिनिधी  जयराम लामिछाने, नगर उपमहानगरपालिका नगर  सभापति आनन्दराम पराजुलि , थाहानगर सभापति योगेन्द« श्रेष्ठ, नेपालि काग्रेस मकवानपुर क्षेत्र नम्बर २ का सभापति यतीराज सापकोटा ,  नेपालि काग्रेस धादिङ्  क्षेत्र नम्बर १ का सभापति कृष्ण रिजाल , नेविसंघका जिल्ला अध्यक्ष राजु खतिवडा, लगायतले मन्तव्य व्यक्त गरेका थिए ।  सम्मेलनमा जिल्ला कोषाध्यक्ष गोपीलाल विश्वकर्माले आर्थिक प्रतिवेदन र सचिव बुद्ध लामाले प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।
कार्यक्रममा राप्रपा नेता देव लामाको नेतृत्वमा ५० युवा राप्रपा, एमाले र माओवादी पार्टी परित्याग गरी काग्रेसमा प्रवेश गरेका छन । नव प्रवेशीरुलाई प्रमुख अतिथी थापाले टिका र पार्टी सदस्यता प्रदान गरेका थिए । 
 

20180430_150334-1525095844.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मध्यम वर्षाको सम्भावना
rain-weather-1790211819.jpg

८ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । साथै बङ्गालको खाडीको...

प्रशासनिक कार्य वाग्लेले सम्हाल्ने
swarnim-wagle1-1790150442.jpg

७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...

प्रधानमन्त्री शाह अमेरिका प्रस्थान
6-pm-balen-nepal-photo-li-1790089851.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...

प्रधानमन्त्री बालेन आज न्युयोर्क जाँदै
balen-sahaaa1661769967-1790040514.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...

परराष्ट्रमन्त्री र पोल्यान्डका उपप्रधानमन्त्रीबीच भेटवार्ता
meeting1-1790040112.jpg

६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16321-1790039554.jpg

६ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1790039341.jpg

६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...

परराष्ट्रमन्त्री खनालसहितको टोली अमेरिका प्रस्थान
Foreign-minister-667-1536-1789959425.jpg

५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...

मनास्लुमा हिमपहिरो, दुईजनाको मृत्यु
Death-Body_20241108092154-1789958531.jpg

५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...

थप समाचार