Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

राजनीति

एमाले कार्यकर्तालाई जागीर दिने प्राईभेट कम्पनी होः गगन थापा

20180430_153121-1525095841.jpg

तस्विर :सुनिल शिवाकोटी


सुनिल शिवाकोटी   ।
 १७ बैशाख, हेटौँडा
। नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा  पूर्व स्वास्थ्य मन्त्री गगन थापाले नेकपा एमालेले कार्यकर्तालाई जागीर दिएर भोट फकाउने गरेको भन्दै एमाले प्राईभेट कम्पनी  भएको  आरोप लगाएका छन   ।
 उनले शुसिलको कोईरालाले नेतृत्वको सरकारले  संविधान नबनाएको भए र शेर बहादुर देउवाको नेतृत्वमा निर्वाचन नभएको  भए ओली सरकारले रारा तालमा पौडि खेल्न  मात्र पाउने तर  डिलमा बसेर शुभकामना दिन  नपाउने कटाक्ष गर्दै  काँग्रेसले चुनाव हार्न तयार भयो तर निर्वाचन गराएर संविधान कार्यन्वयन गराएरै छोडेको बताए । 
सोमबार  नेपाली काँग्रेस मकवानपुरको जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै थापाले  यसो बताएका हुन । थापाले बाम गठबन्धनलाई  काग्रेसले अबलम्बन गरेको भोटको  र चुनावको बाटो रोज्नु बिकल्प नभएको भन्दै  चुनाव गराउन काँग्रेस बाहेक अरुले नसक्ने र त्यो  काग्रेसले धर्म भएकोले धर्म निर्वाह गरेको बताए ।   
 उनले अब ५ वर्ष काग्रेसले संगठन बिस्तार कार्य र काग्रेस  भित्र भएका कमिकमजोरीलाई  सुधार गर्न मौका दिएको भन्दै संगठन बिस्तार गर्न    अनुरोध गरे । 

त्यसैगरी कार्यक्रममा नेपाली काँग्रेस मकवानपुरका सभापति एवं पूर्वा गृहराज्य मन्त्री  ईन्द्रबहादुर बानियाँले कागे्रसले  देशमा तिनै तहको निर्बाचन सम्पन्न गराई  ऐतिहासिक कार्य गरेको भन्दै केपी ओलीको राष्ट्रबाट लम्पसारबादमा परिणत भएको बताए ।   
 काँग्रेस मकवानपुरका सभापति ईन्द्रबहादुर बानियाँको सभाध्यक्षतामा सम्पन्न सम्मेलनमा  प्रदेशसभा सदस्य सन्त बहादुर चेपाङ, कागे्रस निर्वतमान जिल्ला सभापति रघुरमण न्यौपाने, काग्रेस नेता नेतृ उमा दाहाल, रिता खनाल, बकैया गाउपालीकाका अध्यक्ष दामोदर खनाल, महाधिवेसन प्रतिनिधी  जयराम लामिछाने, नगर उपमहानगरपालिका नगर  सभापति आनन्दराम पराजुलि , थाहानगर सभापति योगेन्द« श्रेष्ठ, नेपालि काग्रेस मकवानपुर क्षेत्र नम्बर २ का सभापति यतीराज सापकोटा ,  नेपालि काग्रेस धादिङ्  क्षेत्र नम्बर १ का सभापति कृष्ण रिजाल , नेविसंघका जिल्ला अध्यक्ष राजु खतिवडा, लगायतले मन्तव्य व्यक्त गरेका थिए ।  सम्मेलनमा जिल्ला कोषाध्यक्ष गोपीलाल विश्वकर्माले आर्थिक प्रतिवेदन र सचिव बुद्ध लामाले प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।
कार्यक्रममा राप्रपा नेता देव लामाको नेतृत्वमा ५० युवा राप्रपा, एमाले र माओवादी पार्टी परित्याग गरी काग्रेसमा प्रवेश गरेका छन । नव प्रवेशीरुलाई प्रमुख अतिथी थापाले टिका र पार्टी सदस्यता प्रदान गरेका थिए । 
 

20180430_150334-1525095844.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
बागमती प्रदेशमा आज सार्वजनिक बिदा
bidaa-1714958666.jpg

२४ बैशाख, हेटौंडा । बागमती प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएको छ । प्रदेश सरकारको बैशाख १२ गते बसेको...

थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना
bbf45bd431c201febcfc00aae-1714958226.jpg

२४ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको...

नेपालको जनसंख्या वृद्धिदर १ प्रतिशतभन्दा तल

२४ बैशाख, हेटौंडा । नेपालको जनसंख्या वृद्धिदर जनगणना भएको इतिहासमै पहिलो पटक एक प्रतिशतभन्दा तल झरेको छ ।...

मकवानपुरगढीमा कृषि सम्बन्धी छलफल
Capture-1714955977.JPG

२४ बैशाख, हेटौंडा । मकवानपुर उद्योग वाणिज्य संघले मकवानपुरगढी गाउँपालिकामा कृषि सम्बन्धी छलफल कार्यक्रम गरेको...

मकवानपुरगढी ४ स्थित फिर्केपाखा सिंचाईंको शिलान्यास
Capture-1714955654.JPG

२४ बैशाख, हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिका ४ को फिर्केपाखा सिचाईं आयोजनाको शिलान्यास गरिएको छ ।...

बागमती विश्वविद्यालयको सम्पर्क कार्यालय स्थापना
Karyalay-udghatan-1714955360.jpg

२४ बैशाख, हेटौंडा । प्रदेशको आफ्नै विश्वविद्यालय स्थापनाको क्रममा बागमती प्रदेश सरकारले सोमबार बागमती...

बागमती प्रदेशः उच्च शिक्षा ऐन २०७८ संशोधन अध्यादेश जारी गर्ने
Mantri-Parishad-Baithak-1714954540.jpg

२४ बैशाख, हेटौंडा । बागमती प्रदेश सरकारले प्रदेश उच्च शिक्षा ऐन २०७८ संशोधन अध्यादेश जारी गर्ने निर्णय गरेको छ ।...

कीर्तिपुरमा बस दुर्घटना, एक प्राध्यापकको मृत्यु
accident.-1714920512.jpg

२३ बैशाख, काठमाडौं । कीर्तिपुरमा बस दुर्घटना हुँदा त्रिभुवन विश्वविद्यालयका एक प्राध्यापकको मृत्यु भएको छ...

जसपा फुट्यो, अशोक राई नेतृत्वमा ३१ सदस्यीय नयाँ कार्यसमिति गठन
ashok-rai-ktaltx03hg-1714919866.jpg

२३ बैशाख, काठमाडौं । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीले ३१ सदस्यीय नयाँ कार्यसमिति गठन भएको छ । आइतबार...

थप समाचार