Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

मुगुमा १७ घर जलेर नष्ट

FB_IMG_1513959703266-1-1525355810.jpg

फोटो गुगल

२० बैशाख, मुगु ।बिहिवार बिहान ९ बजेदेखि आगलागी हुँदा मुगुको एक दुर्गम गाउँ खरानीमा परिणत भएको छ । मुगुम कार्मारोङ गाउँपालिका वडा नं ४ किम्री गाउँमा आगलागी हुँदा १७ घर जलेर खरानी भएका हुन् । आगलागीपीडित छिरिङ लामाका अनुसार गाउँको माथिल्लो लहरमा रहेका घर तथा त्यहाँका अन्न, लत्ताकपडा र नगद सबै नष्ट भएका छन् ।

आगलागीबाट लामाको घर पनि पूर्णरुपमा नष्ट भएको छ ।स्थानीयवासीले १९ घर जलेको जानकारी दिए पनि जिल्ला प्रशासन कार्यालयले १७ घर जलेको बताएको छ । सदरमुकामदेखि एक दिनको पैदल दूरीमा पुगिने सो गाउँमा सञ्चार सम्पर्क जोड्न कठिन भएकाले क्षतिको विस्तृत विवरण आउन भने ढिलाइ भइरहेको बताइएको छ ।

बिहान ९ बजेदेखि शुरु भएको आगो अपराह्न ३ बजेपछि मात्र नियन्त्रणमा आएको बुझिएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार आगलागी नियन्त्रण र पीडितको उद्घारका लागि प्रहरी चौकी पुलुबाट प्रहरी गए पनि टाढा भएका कारण प्रहरी समयमै पुग्न गाह्रो भएको र सम्पर्क गर्न पनि कठिनाइ भएको छ ।

घटनास्थल जिल्ला सदरमुकाम गमगढीबाट दुई दिन पैदल दक्षिण पूर्व रहेकाले सदरमुकामबाट तत्काल राहतका लागि जान समस्या भएको छ । पीडित परिवारलाई पुनःस्थापित र राहत दिनेबारे आजै प्रमुख जिल्ला अधिकारी एवं जिल्ला प्रकोप व्यवस्थापन समितिका अध्यक्षको सभापतित्वमा भएको बैठकले अग्निपीडितका लागि तत्काल प्रतिपरिवार रु १० हजारका दरले राहत उपलब्ध गराइने निर्णय गरेको छ ।

रेडक्रस सोसाइटीले त्रिपाल, कम्बल, लत्ताकपडा र भाँडा उपलब्ध गराउने गाउँपालिकाले तीन महिनासम्मका लागि खाद्यान्न उपलब्ध गराउने, जिल्ला स्वास्थ्य कार्यालयले स्वास्थ्य टोली खटाउने, खाद्य संस्थानले ५० क्विण्टल खाद्यान्न उपलब्ध गराउने तथा उपलब्ध राहत सामग्रीको व्यवस्थापन र सुरक्षा जिल्ला प्रहरी कार्यालयबाट गर्ने निर्णय गरिएको प्रजिअ उमाकान्त अधिकारीले जानकारी दिए । आगलागीबाट ११२ जना प्रभावित भएका छन् । उनीहरुले छिमेकीका घरमा आश्रय लिएको बताइएको छ । रासस

 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
कांग्रेस सांसदले आधा महिनाको पारिश्रमिक राहत कोषमा जम्मा गर्ने
1644884473_congress-samsa-1788165307.png

१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी बाढी–पहिरो पीडितको सहयोगार्थ आफ्ना सांसदहरूको आधा महिनाको...

रसुवा बाढीबाट हालसम्म ९०३ जनाको मृत्यु
f-7_1-1788164757.jpg

१५ भदौ, हेटौंडा । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा बाढीमा परी हालसम्म ९०३ जनाको...

कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुरमा यस्तो छ रूट व्यवस्थापन
kanti-lokpath_NrsOBeYJfc-1788142156.jpg

१५ भदौ, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर हुँदै काठमाडौँ जाने...

बाढी प्रभावित क्षेत्रमा २० थान स्याटेलाइट फोन
satellite_phone-1788141650.jpg

१५ भदौ, हेटौंडा । रसुवाको भोटेकोसी बाढी प्रभावित क्षेत्रमा सूचना प्रवाहलाई सहज बनाउन नेपाल दूरसञ्चार...

नेपालले बहराइनसँग प्रतिस्पर्धा गर्दै
Nepali-cricket-1788141321.jpg

१५ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको पहिलो खेलमा आज नेपालले बहराइनसँग प्रतिस्पर्धा गर्दै छ ।...

कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समय थप
congress-(1)-1788140988.jpg

१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समयावधि थपिएको छ  । सदस्यता अद्यावधिक...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1788140712.jpg

१५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...

कांग्रेस बागमतीले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गर्ने
Screenshot_20260830_17560-1788091872.jpg

१४ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनामा...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1788052600.jpg

१४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

थप समाचार