२१ बैशाख, हेटौँडा । अखिल नेपाल फुटबल संघ (एन्फा)को निर्वाचन यही वैशाख २२ गते शनिबार नै हुने पक्का भएको छ । काठमाडौं जिल्ला अदालतमा परेको रिटबारे अन्तरिम आदेश जारी गर्नु नपर्ने अदालतले भनेसँगै निर्वाचन हुने पक्का भएको हो ।
शनिबारका लागि तोकिएको एन्फाको निर्वाचन प्रक्रिया विधानसम्मत् नभएको उल्लेख गर्दै काठमाडौं जिल्ला फुटबल संघका अध्यक्ष विराटजंग शाहीसहितले रिट दायर गरी निर्वाचन रोक्न अन्तरिम आदेशको मागसहित बुधबार काठमाडौं जिल्ला अदालतमा रिट दायर गरेका थिए ।
रिट राष्ट्रिय खेलकुद परिषद (राखेप), एन्फा, एन्फाको निर्वाचन समितिलाई विपक्षी बनाएर दायर गरिएको थियो ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश रमेशराज पोखरेलको एकल इजलासले बिहीबार ‘उच्च अदालत पाटनको आदेशले स्थगन भएको निर्वाचनअगाडि थालनी गरेको निर्वाचन प्रक्रियाअनुरुप पुनः मिति तोकी निर्वाचन गराउन निर्वाचन समितिले सक्ने देखिएको र उम्मेदवारको अन्तिम नामावलीसमेत प्रकाशित भइसकेकाले अन्तरिम आदेश जारी गर्न परेन’ भन्ने निर्णय गरेको छ ।
जिल्ला अदालतले राखेपसहित विपक्षीहरुलाई १५ दिनभित्र लिखित जवाफ पेस गर्न आदेश पनि गरेको छ । यसअघि, चैत १४ का लागि तय भएको निर्वाचन उच्च अदालत पाटनको अन्तरिम आदेशका कारण स्थगित भएको थियो ।
एन्फाका वरिष्ठ उपाध्यक्ष मणि कुँवर र पूर्वउपाध्यक्ष कर्मा छिरिङ शेर्पाको प्यानल एन्फा निर्वाचनमा रहेको छ ।
६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...
६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...
६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...
६ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....
६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...
५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...
५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...
५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...
५ असोज, हेटौंडा । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव परेको छ । मनसुनको न्यून चापीय रेखा भने...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
२४ भदौ, हेटौंडा । जेनजी आन्दोलनका क्रममा मकवानपुरको भीमफेदी कारागारबाट फरार भएका १२२ जना कैदीबन्दी अझै फरार छन्...
२५ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
२५ भदौ, हेटौंडा । नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि छनोट भएको छ । आज भएको एसीसी प्रिमियर कप सेमिफाइनलमा...
२५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
२५ भदौ, हेटौंडा । मकवानपुरमा रहेका श्रीकृष्ण प्रणामी समुदायबाट प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा ५ लाख...
२६ भदौ, हेटौंडा । नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति...
२६ भदौ, हेटौंडा । कुशेऔँशी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने...
२७ भदौ, हेटौंडा । तेस्रो संस्करणको एससी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि नेपाली पुरुष राष्ट्रिय...


















