Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

राजनीति

३ नम्बर प्रदेशको अध्यक्षमा प्रताप विष्ट विजयी  (हेनेहोस सबै जिल्लाको मतपरिणाम सहित)  ।

31914271_1625611184190852-1525526022.jpg

२२ बैशाख, हेटोँडा ।  नेपाल पत्रकार महासंघ ३ नम्बर प्रदेशको अध्यक्षमा प्रताप विष्ट विजयी भएका छन  ।
प्रेस युनियन ,प्रेस चौतारी , र प्रेस सेन्टरको साझा उम्मेदवारको रुपमा उम्मदेवारी दिएका  विष्टले स्वतन्त्र उम्मेदवार गिरिजा अधिकारीलाई १ सय ८० मतन्तरले पछि पर्दै विजयी बनेका हुन  ।

शनिबार मकवानपुर सहित ३ नम्बर प्रदेशको १० जिल्लामा सम्पन्न निर्वाचनमा विष्टले ४ सय ९१ मत प्राप्त गरे भने  अधिकारीले ३ सय ११ मत प्राप्त गरेका  थिए । दुवै  उम्मेदवार मकवानपुरकै भएता पनि  विष्ट २ दशक देखी मकवानपुरमा रहेर पत्रकारीता गर्दै आएका छन भने पत्रकार महासंघ पुर्व केन्दि«य सदस्य र मकवानपुरका पुर्व अध्यक्ष  हुन  त्यसैगरी  अधिकारी महासंघ  मकवानपुरका पुर्व उपाध्यक्ष हुन । १०४ मत खसेको मकवानपुरमा  विष्टको पक्षमा ४८ तथा अधिकारीको पक्षमा ५५ मत खसेको र १ मत बदर भएको   निर्वाचन अधिकृत राममणी दाहालले जानकारी दिए ।  यद्यपी केन्द«ले भने आधिकारीक घोषणा गरिनसेकोले आधिकारीक घोषणा भने भोली आईतबार हुने बताईएको छ । 

 

हेर्नुहोस अध्यक्ष पदमा कस्को कती मत
    

 १ मकवानपुर
प्रताप विष्ट– ४८
गिरिजा अधिकारी– ५५
२ चितवन
प्रताप विष्ट – १०२
गिरिजा अधिकारी – ५२
३ धादिङ
प्रताप विष्ट– ७६
गिरिजा अधिकारी – ३६
४ सिन्धुपाल्चोक
प्रताप विष्ट– ३६
गिरिजा अधिकारी – ४४
५ काभ्रे
प्रताप विष्ट– ८९
गिरिजा अधिकारी – ४२
६ नुवाकोट
प्रताप विष्ट– २९
गिरिजा अधिकारी– ३३
७ रसुवा
प्रताप विष्ट– १८
गिरिजा अधिकारी– २
८ दोलखा
प्रताप विष्ट– ४५
गिरिजा अधिकारी– १९
९ रामेछाप
प्रताप विष्ट– ३०
गिरिजा अधिकारी– ६
१० सिन्धुली
प्रताप विष्ट– १८
गिरिजा अधिकारी– २२

अन्य पदमा   निर्विरोध भईसकेका छन निर्विरोध हुनेमा  खुला उपाध्यक्षमा यदुनाथ गौतम, महिला उपाध्यक्षमा नानीमैया कार्की (सम्झना), महासचिवमा कृष्ण सारुमगर, खुला सचिवमा सुरेशप्रसाद हुमागाइँ, समावेशी सचिवमा राजन विक, कोषाध्यक्षमा सीताराम अधिकारी तथा खुला सदस्यमा रामचन्द्र नेपाल, प्रविण बराल, रामकान्त पौडेल, रामहरि गजुरेल, युवराज पुरी र रबिन्द्र गौतम  रहेका छन ।

त्यस्तै मधेशी सदस्यमा कोमलचन्द्र भगत, दलित सदस्यमा मदन विश्वकर्मा, महिला सदस्यमा नानीमैया बिष्ट, जानुका न्यौपाने र सर्मिला उप्रेती, अल्पसंख्यक सदस्यमा बद्री नयाँघरे र आदिवासी जनजाति सदस्यमा ईश्वरकुमार जोशी र जीवन श्रेष्ठ निर्विरोध निर्वाचित भैईसकेका छन ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
मकवानपुरको थाहानगरमा लोडेरमा च्यापिएर हेल्परको मृत्यु
images-1714829938.jpg

२२ बैशाख, हेटौंडा। मकवानपुरको थाहानगरमा लोडर पल्टिदा च्यापिएर हेल्परको  ज्यान गएको छ। शनिबार दिउँसो  थाहा ९...

पत्रकार होम कार्कीलाई पितृशोक
hd-1714801329.jpg

२२ बैशाख, हेटौंडा । मकवानपुर गृह जिल्ला भई कान्तिपुर दैनिकमा कार्यरत पत्रकार होम कार्कीलाई पितृशोक परेको छ ।...

हेटौंडाले आधारभूत तहमा 'हाम्रो हेटौंडा' पढाइने
IMG_20240504_094323-1714795197.jpg

२२ बैशाख, हेटौंडा। बागमती प्रदेशको एक मात्र उपमहानगरपालिका हेटौंडा उपमहानगरपालिकाले शैक्षिक सत्र २०८१ बाट...

आईपिएलमा मुम्बईमाथि कोलकाताको शानदार जित
1714759884-7051-1714791856.jpg

२२ बैशाख, हेटौंडा ।  इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा मुम्बई इन्डियन्समाथि कोलकाता नाइट...

सुदूरपश्चिमका मुख्यमन्त्रीले आज विश्वासको मत लिने
sodari_GkbKs5IIpa-1714791077.jpg

२२ बैशाख, धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले आज विश्वासको मत लिने भएका छन् । सो...

डाइभर्सिटी भिसाको नतिजा आज बेलुका सार्वजनिक हुने
checkedvresult2025-1714790208.png

२२ बैशाख, काठमाडौँ । अमेरिकाले प्रत्येक वर्ष सञ्चालन गर्दै आएको डाइभर्सिटी भिसा २०२५ को नतिजा आज बेलुका...

नेपाल र वेष्ट इन्डिज ‘ए’ बिच अन्तिम खेल हुँदै
20240504_081645-1714789924.jpg

२२ बैशाख, काठमाडौँ । नेपाल र वेष्ट इन्डिज ‘ए’ बिचको टी–२० श्रृंखलाअन्तर्गत अन्तिम खेल आज  हुँदैछ । खेल...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1714789351.jpg

२२ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशभर आंशिक देखि साधारणतया...

हेटौंडा ६ स्थित प्रज्वल बोर्डिङमा डढेलो नियन्त्रण सम्बन्धी अन्तरक्रिया
FB_IMG_1714750419377-1714750538.jpg

२१ बैशाख, हेटौंडा। विद्यार्थीलाई डढेलाेकाे बारेमा सचेतना गराउने उद्वेश्यका साथ हेटाैडा ६ चाैघडामा रहेकाे...

थप समाचार