Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

मूख्यमन्त्रीले सोधे–सरकारी अस्पतालको सुविधा लिएर निजिमा काम गर्ने कहिलेसम्म ?

Photo-1525611269.jpg

२३ बैशाख, हेटौँडा । ३ नम्बर प्रदेशका मूख्यमन्त्री डोरमणी पौडेलले सरकारी अस्पतालको सेवा सुविधा लिएर निजिमा काम गर्ने प्रवृत्ति अन्त्य हुनु जरुरी रहेको बताएका छन् । उनले यस्तो प्रवृत्ति अन्त्य नभएसम्म स्वास्थ्य सेवामा सुधार नहुने बताए । उनले यस्तो गतिविधि गर्ने स्वास्थ्यकर्मीले कसरी सुशासनको कुरा गर्ने भनेर प्रश्न गरेका थिए । 

३ नम्बर प्रदेश सामाजिक विकास मन्त्रालयले आयोजना गरेको स्थानीय तहमा स्वास्थ्यसम्बन्धी प्रदेशस्तरीय छलफलमा बोल्दै मूख्यमन्त्री पौडेलले अहिलेले कानून अभावले क्षेत्राधिकार स्पष्ट नहुँदा स्वास्थ्य क्षेत्रको समस्या कसले समाधान गर्ने भन्ने निक्र्यौल नभएको भन्दै कानून बनेपछि यस क्षेत्रका समस्या समाधान हुने विश्वास व्यक्त गरे । उनले स्वास्थ्य क्षेत्रमा जनशक्ति र आवश्यक पूर्वाधारको अभावमा जनतालाई न्यूनतम सेवा दिन नसकिएको भन्दै यसबारे गम्भिर ढंगले सोच्नु जरुरी रहेको बताए ।

कार्यक्रममा ३ नम्बर प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलालले स्वास्थ्य क्षेत्रमा रहेका नीतिगत र व्यवहारिक समस्यालाई समाधान गर्न प्रदेश सरकार तयार रहेको भन्दै स्वास्थ्यकर्मीहरु पनि जिम्मेवार ढंगले अघि बढ्नुपर्नेमा जोड दिए । कार्यक्रममा मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख सतिश विष्टले प्रस्तुति गर्दै ३ नम्बर प्रदेशको ११ सय २२ वडामध्ये ९ सय ९६ स्थानमा मात्रै स्वास्थ्य संस्था रहेको जानकारी दिए भने ६८ स्थानमा आर्युवेद तथा बैकल्पिक चिकित्सा केन्द्र रहेको बताए ।

कार्यक्रममा डा. अर्जुन सापकोटाले स्वास्थ्य क्षेत्र व्यवस्थापन तथा सुशासनसम्बन्धी प्रस्तुतिकरण गरेका थिए । कार्यक्रममा स्वास्थ्य सेवा विभागका उपमहानिर्देशक चुडामणी भण्डारी, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल लगायतले मन्तव्य व्यक्त गरेका थिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
प्रशासनिक कार्य वाग्लेले सम्हाल्ने
swarnim-wagle1-1790150442.jpg

७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...

प्रधानमन्त्री शाह अमेरिका प्रस्थान
6-pm-balen-nepal-photo-li-1790089851.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...

प्रधानमन्त्री बालेन आज न्युयोर्क जाँदै
balen-sahaaa1661769967-1790040514.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...

परराष्ट्रमन्त्री र पोल्यान्डका उपप्रधानमन्त्रीबीच भेटवार्ता
meeting1-1790040112.jpg

६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16321-1790039554.jpg

६ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1790039341.jpg

६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...

परराष्ट्रमन्त्री खनालसहितको टोली अमेरिका प्रस्थान
Foreign-minister-667-1536-1789959425.jpg

५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...

मनास्लुमा हिमपहिरो, दुईजनाको मृत्यु
Death-Body_20241108092154-1789958531.jpg

५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1789958019.jpg

५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ ।  दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...

थप समाचार