Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

अपराध गरेर भाग्न खोजे इन्काउन्टर गरिन्छ : एसपी श्रेष्ठ 

Lokendra-Shrestha-1525757905.jpg

२४ बैशाख, हेटौंडा । भर्खरै सरुवा भई आएका मकवानपुरका प्रहरी उपरीक्षक लोकेन्द्र श्रेष्ठले आपराध गरेर भाग्न खोज्नेलाई ‘इन्काउन्टर’ गर्ने चेतावनी दिएका छन् । उनले प्रधानमन्त्रीदेखि प्रहरी प्रमुखबाट समेत अपराधीलाई कुनै पनि हालतमा छुटकारा नदिन निर्देशन पाएको भन्दै अपराध गरेर भाग्न खोज्नेलाई इन्काउन्टर गर्ने चेतावनी दिएका हुन् । 
प्रहरीले अपराध गरेको पुष्टी भएर भाग्न खोजे इन्काउन्टर गर्ने भन्दै उनले आत्मसमर्पण गर्नेलाई भने कानूनी प्रक्रिया अनुसार कारवाही हुने बताए । हेटौँडाका पत्रकारहरुसंगको परिचयात्मक कार्यक्रममा बोल्दै श्रेष्ठले अपराध नियन्त्रण, लागुऔषध नियन्त्रण, महिला हिंसा न्यूनिकरण, फरार अभियुक्त पक्राउ लगायतका काम आप्mनो प्राथमिकतमा रहेको भन्दै दुई साताभित्र जिल्लामा खटिएका प्रहरीको व्यवहारमा समेत आमूल परिवर्तन देखाउने दावि गरे । 
उनले राम्रो काम गर्ने प्रहरीलाई पुरस्कार र नराम्रो गर्नेलाई कारवाही गर्न आफु पछि नहट्ने बताउँदै सदाचार प्रहरीबाटै शुरु गर्ने बताए । जिल्ला प्रहरी कार्यालय परिसरमा धुमपान र मध्यपान गर्नेलाई प्रवेश निषध गरिने समेत उनले बताए । यसअघि मध्य क्षेत्रीय प्रहरी कार्यालय हेटौँडामा रहेका उनी केही समयअघि काठमाण्डौंमा भएका थिए । मकवानपुरका प्रहरी उपरिक्षक ३३ किलो सुनकाण्डमा मुछिएर निलम्बन भएपछि श्रेष्ठ मकवानपुरमा काज सरुवा भई आएका हुन् । 
उनले सोमबार मकवानपुरका विभिन्न इकाईका प्रमुखहरुलाई सामुहिक निर्देशन दिएका छन् । इकाई प्रमुखहरुमा नागरिकसंगको सम्बन्ध सुधार र अपराधमा शुन्य सहनशिलताको नीति अवलम्बन गर्न निर्देशन दिएको जनाईएको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
कांग्रेस सांसदले आधा महिनाको पारिश्रमिक राहत कोषमा जम्मा गर्ने
1644884473_congress-samsa-1788165307.png

१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी बाढी–पहिरो पीडितको सहयोगार्थ आफ्ना सांसदहरूको आधा महिनाको...

रसुवा बाढीबाट हालसम्म ९०३ जनाको मृत्यु
f-7_1-1788164757.jpg

१५ भदौ, हेटौंडा । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा बाढीमा परी हालसम्म ९०३ जनाको...

कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुरमा यस्तो छ रूट व्यवस्थापन
kanti-lokpath_NrsOBeYJfc-1788142156.jpg

१५ भदौ, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर हुँदै काठमाडौँ जाने...

बाढी प्रभावित क्षेत्रमा २० थान स्याटेलाइट फोन
satellite_phone-1788141650.jpg

१५ भदौ, हेटौंडा । रसुवाको भोटेकोसी बाढी प्रभावित क्षेत्रमा सूचना प्रवाहलाई सहज बनाउन नेपाल दूरसञ्चार...

नेपालले बहराइनसँग प्रतिस्पर्धा गर्दै
Nepali-cricket-1788141321.jpg

१५ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको पहिलो खेलमा आज नेपालले बहराइनसँग प्रतिस्पर्धा गर्दै छ ।...

कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समय थप
congress-(1)-1788140988.jpg

१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समयावधि थपिएको छ  । सदस्यता अद्यावधिक...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1788140712.jpg

१५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...

कांग्रेस बागमतीले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गर्ने
Screenshot_20260830_17560-1788091872.jpg

१४ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनामा...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1788052600.jpg

१४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

थप समाचार