Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

भूमि अधिकार मञ्चद्वारा मूख्यमन्त्रीलाई ज्ञापनपत्र

MukhyaMantri-lai-GyapanPa-1526225984.jpg

३० बैशाख, हेटौँडा । राष्ट्रिय भुमि अधिकार मञ्च मकवानपुरले ४ बुँदे माग राख्दै प्रदेश नम्बर ३ का मुख्यमन्त्री र प्रमुख जिल्ला अधिकारीलाई आईतबार ज्ञापन पत्र बुझाएको छ । 
जिल्ला भुमि अधिकार मञ्च मकवानपुरका अध्यक्ष टंकप्रसाद चौलागाईको नेतृत्वमा गएको टोलीले प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेल र प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढालाई ज्ञापनपत्र बुझाएको हो ।
टोलीमा जिल्ला भुमि अधिकार मञ्चकी जिल्ला सचिव मिरा स्याङ्तान, कोषाध्यक्ष डोल्मा स्याङ्बो, सहसचिव यज्ञबहादुर श्रेष्ठ, सामुदायिक आत्मनिर्भर केन्द्रका जिल्ला संयोजक राम शाही लगायतको सहभागिता रहेको थियो ।
मञ्चले मकवानपुरको २०२२ र २०३२ सालमा नापी भई वसोवास तथा भोगचलनमा रहेका जग्गा नापजाँच गरी सम्वन्धित भोगकर्ताको नाममा जग्गा दर्ता गर्न माग गरेको छ । साथै नापी भईसकेको जोतभोगको हकमा स्थानिय तहमै अनुगमन गरी लालपुर्जा वितरण गर्न पनि माग गरेको छ । भुकम्प पीडित लाभग्राही सुचिमा नाम आएका तर जग्गाधनी प्रमाणपुर्जाको कारणले अनुदान सम्झौता गर्न नपाएका ८ हजार २ सय ३७ परीवारसँग सोहि ठाउँमा बसोवास गरेको अन्य प्रमाणको आधारमा छिटो भन्दा छिटो अनुदान सम्झौता गर्नुपर्ने राष्ट्रिय भुमि अधिकार मञ्चको दाबी छ ।
‘बाढि, पहिरोको  जोखिम भएको खण्डमा सुरक्षित वसोवास तथा जिविकोपार्जनमा समेत विचार गरी पुर्नस्थापनाको व्यवस्था गरीयोस्’ मञ्चद्वारा बुझाईएको ज्ञापनपत्रमा उल्लेख छ ।
प्रदेश नम्बर ३  को भुमि तथा कृषि सम्वन्धि ऐन वनाउँदा राष्ट्रिय भुमि अधिकार मञ्चका पदाधिकारीलाई पनि समावेश गराउन माग गर्दै मञ्चले गुनासो दर्ता गरेका भुकम्प प्रभावित परिवारको स्थलगत अध्ययन मार्फत् पुनःसर्वेक्षण गरी स्थानीय तहको अगुवाईमा छिटो भन्दा छिटो गुनासो सम्वोधन गरी अनुदान सम्झौता गर्न पनि माग गरेको जिल्ला भुमि अधिकार मञ्चका सहसचिव यज्ञबहादुर श्रेष्ठले बताए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
प्रशासनिक कार्य वाग्लेले सम्हाल्ने
swarnim-wagle1-1790150442.jpg

७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...

प्रधानमन्त्री शाह अमेरिका प्रस्थान
6-pm-balen-nepal-photo-li-1790089851.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...

प्रधानमन्त्री बालेन आज न्युयोर्क जाँदै
balen-sahaaa1661769967-1790040514.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...

परराष्ट्रमन्त्री र पोल्यान्डका उपप्रधानमन्त्रीबीच भेटवार्ता
meeting1-1790040112.jpg

६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16321-1790039554.jpg

६ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1790039341.jpg

६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...

परराष्ट्रमन्त्री खनालसहितको टोली अमेरिका प्रस्थान
Foreign-minister-667-1536-1789959425.jpg

५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...

मनास्लुमा हिमपहिरो, दुईजनाको मृत्यु
Death-Body_20241108092154-1789958531.jpg

५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1789958019.jpg

५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ ।  दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...

थप समाचार