Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

राजनीति

बालविवाहमुक्त प्रदेश बनाउने मन्त्री दुलालको अठोट

IMG_97121111-1526556538.jpg

३ जेठ, हेटौँडा । ३ नम्बर प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलालले ३ नम्बर प्रदेशलाई बालविवाहमुक्त प्रदेश बनाउने अठोट गरेका छन् । मन्त्रालयको आयोजनामा हेटौँडामा भएको प्रारम्भिक प्रोफाइल सार्वजनिकिकरण कार्यक्रममा बोल्दै प्रदेशमा रहेको बालविवाहको समस्या अन्त्य गर्दै बालविवाहमुक्त प्रदेश बनाउने अठोट गरेका हुन् । 
प्रदेशमा रहेका केही बाल गृहहरुले धर्म परिवर्तनलाई प्रोत्साहन गरिरहेको भन्दै उनले यसलाई कडाईका साथ अनुगमन गरी कारवाही गरिने बताए । बालगृहहरुमा नै बढि बालअधिकार हनन भईरहेको भन्दै उनले त्यस्ता बालगृहबाट बालबालिकालाई उद्धार गरिने बताए । प्रदेश सरकारले बाल संरक्षण केन्द्रको स्थापना गरी उनीहरुलाई सबै किसिमका सुविधा प्रदान गर्ने मन्त्री दुलालको भनाई छ ।
आफुले पदभार ग्रहण गर्दा पहिलो कामको रुपमा ३ नम्बर प्रदेशको स्वास्थ्य, शिक्षा, सामाजिक सुरक्षा, महिला तथा बालबालिका लगायत क्षेत्रको तथ्यांकीय प्रोफाइल तयार गर्ने पत्रमा हस्ताक्षर भएको भन्दै यो काम पुरा भएको बताए । उनले तथ्यांकलाई निरन्तर परिमार्जन गरी यसकै आधारमा आगामी आर्थिक बर्षमा बजेट विनियोजन गरिने बताए । 
३ नम्बर प्रदेशका मूख्यमन्त्री डोरमणी पौडेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा मन्त्रालयका जनस्वाथ्य प्रशासक सतिश विष्टले प्रदेशको अवस्थाबारे अवगत गराएका थिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
कक्षा १२ को परीक्षा आजदेखि शुरु
Exam-bord-1-1714095612.jpg

१४ बैशाख, हेटौंडा ।  कक्षा १२ परीक्षा आजदेखि देशभर एकैसाथ शुरु भएको छ । बैशाख २६ गतेसम्म बिहान ८ बजेदेखि ११...

बागमतीमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना
bbf45bd431c201febcfc00aae-1714094820.jpg

१४ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । गण्डकी, कर्णाली र...

बागमती प्रदेशमा ४६ जना औलोका रोगी
Bagmati-pradeshh-1714092592.jpg

१४ बैशाख, हेटौंडा । बागमती प्रदेशमा हाल ४६ जना औलोको रोगी रहेको जानकारी दिइएको छ । विश्व औलो दिवस २०८१ को अवसरमा...

रौतहट बमकाण्डका आरोपित आलमसहित चार जनालाई जन्मकैद
alamp-1714092451.jpg

१४ बैशाख, हेटौंडा । रौतहटको राजपुर बमकाण्डका आरोपित आलमसहित ४ जनालाई जन्मकैदको फैसला भएको छ । जिल्ला अदालत...

रोजगारी श्रृजना गर्न छलफल गर्दै उपमहानगर
Hetauda-1714092088.jpg

१४ बैशाख, हेटौंडा । नगर क्षेत्रमा रोजगारीको अभाबमा रहेका युवाहरुलाई रोजगारी श्रृजना गर्ने अभियानमा हेटौंडा...

शिवम् सिमेन्टको अनुगमन गर्न समिति गठन
FB_IMG_1714057431058-1714057524.jpg

१३ बैशाख, हेटौंडा। बिहीबार बिहान प्लाष्टिक बालेर प्रदुषण भएपछि हेटौंडा-१७ का  स्थानीयले अवरोध गरेको हेटौंडा १६...

मनहरी खोलामा डुबेर शेखरको मृत्यु
For-representation-only-1714051520.jpg

१३ बैशाख, हेटौंडा। मकवानपुरको मनहरीमा खोलामा डुबेर एक जनाको मृत्यु भएको छ ।बिहीबार दिउँसो मनहरी खोलामा नुहाउन...

राष्ट्रपतिद्वारा उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति
1_MG_8242-scaled-e1593924-1714038806.jpg

१३ बैशाख, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले उपनिर्वाचनका लागि नेपाली सेना परिचालन गर्न स्वीकृति दिएका...

बिहिबार सुनको मूल्य घट्यो
Gold-1714032209.jpg

१३ बैशाख, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा २०० रुपैयाँले घटेको हो...

थप समाचार