३ जेठ, हेटौँडा । जिल्ला प्रहरी कार्यालय मकवानपुरले बिहिबार विभिन्न स्थानबाट अवैध घरेलु मदिरा, राजस्व छलिको कपडा, सार्वजनिक मुद्दाका २ प्रतिवादी सहित गोरु बोकेको ट्रक नियन्त्रणमा लिएको छ ।
प्रहरीले महेन्द्र राजमार्ग अन्तर्गत मनहरी गाउँपालिका ७ मा चेकजाँच गर्नेक्रममा हेटौंडा हुँदै झापातर्फ जादै गरेको ६ वटा ट्रकहरुबाट १ सय ४७ वटा गोरु पक्राउ गरेको छ । झापातर्फ जादै गरेको ना ६ ख ६१६ , ना ३ ख ५६१५ , ना ६ ख ४०३४ , ना ६ ख ४७५८ , ना ४ ख ७४७५, ना ६ ख ६९७ , ना ६ ख २२११ नम्बरको कुल ६ वटा ट्रकहरुमा लोड गरेको १ सय ४७ वटा गोरु कागजात विनाको फेला परेकोले पक्राउ गरी आवश्यक कारवाहीको लागि पशु क्वारेन्टाईन चेक पोष्ट पथलैया बारामा पठाईएको मकवानपुर प्रहरीले जनाएको छ ।
त्यसैगरी हेटौंडा नगरको विभिन्न स्थानबाट प्रहरीले ३ सय लिटर अवैध मदिरा वरामद गरेको छ । प्रहरीले मनहरी गाउँपालिका ५ का बीरेन्द्र मगरको घरबाट १ सय लिटर, हेटौंडा १८ का विभिन्न होटलबाट ६० लिटर र मदिरा बनाउने १८ वटा ड्रम, हेटौंडा १ बाट ना १ ह ७०२३ नम्बर अटोबाट २० लिटर र अटो, मनहरी बजार एरियाबाट ८० लिटर, मनहरी ६ बाट २५ लिटर, हेटोंडा १९ दारिमटारबाट ५० लिटर अवैध घरेलु मदिरा बरामद गरेको मकवानपुर प्रहरी प्रवक्त डिएसपी दिलिप राज झाले बताएका छन ।
त्यसैगरी प्रहरीले मनहरी गाउँपालिका ६ मा हेटौंडाबाट नारायणगढ तर्फ जादै गरेको बसमा चेकजाँच गर्दा १ लाख ४८ हजार पर्ने राजस्व छली ल्याएको कुर्ता सुरुवालका कपडा बरामद गरेको छ भने सार्वजनिक अपराधमा फरार २ जना प्रतिवादीलाई पक्राउ गरेको छ । सार्वजनिक मुद्दामा ३ हजार जरिवाना तोकिएका चित्लाङ १ का २६ वर्षिय सुनिल लामा र चित्लाङ २ बस्ने २५ वर्षिय रामकृष्ण थोकरलाई पक्राउ गरी जिल्ला अदालत मकवानपुरमा जरिवाना तिराई छाडिएको डिएसपी झाले बताए ।
५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...
५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...
५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...
५ असोज, हेटौंडा । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव परेको छ । मनसुनको न्यून चापीय रेखा भने...
४ असोज, हेटौंडा । हेटाैडा उपमहानगरपालिका मेयर मीना कुमारी लामाले रानी सामुदायिक वनले गरेकाे काम उदाहरणीय...
४ असोज, हेटौंडा । जनकपुरमा गएराति एक घरमा आगलागी हुँदा एक जना बृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा जनकपुरधाम...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर शनिबार साँझ स्वदेश फर्किएका छन्...
४ असोज, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दैछ। पार्टी सभापति रवि लामिछानेको...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
२४ भदौ, हेटौंडा । जेनजी आन्दोलनका क्रममा मकवानपुरको भीमफेदी कारागारबाट फरार भएका १२२ जना कैदीबन्दी अझै फरार छन्...
२५ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
२५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
२५ भदौ, हेटौंडा । नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि छनोट भएको छ । आज भएको एसीसी प्रिमियर कप सेमिफाइनलमा...
२५ भदौ, हेटौंडा । मकवानपुरमा रहेका श्रीकृष्ण प्रणामी समुदायबाट प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा ५ लाख...
२३ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली बाढीका कारण सुरुङभित्र फसेका नागरिकको उद्धारमा...
२६ भदौ, हेटौंडा । नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति...
२७ भदौ, हेटौंडा । तेस्रो संस्करणको एससी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि नेपाली पुरुष राष्ट्रिय...

















