Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

राजनीति

विनियोजन विधेयकको प्राथमिकतामाथिको छलफल सम्पन्न

20180517163628_IMG_9751-1526649371.JPG

४ जेठ, हेटौँडा । आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेलले ३ नम्बर प्रदेशसभा बैठकमा प्रस्तुत गरेको विनियोजन विधेयक ०७५÷०७६ को सिद्धान्त र प्राथमिकता (कर प्रस्ताव बाहेक) माथिको छलफल शुक्रबार सकिएको छ । 

शुक्रबारको छलफलमा भाग लिंदै प्रदेशसभा सदस्यहरुले ३ नम्बर प्रदेश संघीय राजधानी भएको प्रदेश भएकाले अन्य प्रदेशलाई उदाहरण प्रस्तुत गर्ने ढंगले नीति तथा कार्यक्रम ल्याउनुपर्नेमा जोड दिएका थिए । उनीहरुले प्रादेशिक शिक्षा आयोग, प्रादेशिक लोकसेवा आयोग, प्रादेशिक विज्ञान प्रतिष्ठान, प्रादेशिक प्राविधिक शिक्षा लगायतका दिर्घकालिन प्रभाव पार्ने योजनामा काम गर्नुपर्नेमा जोड दिएका थिए ।

उत्पादन र निर्यातमुलक उद्योगलाई प्रवद्र्धन, कम्तिमा ६६ निर्वाचन क्षेत्र र १३ जिल्लामा एउटा महत्पूर्ण योजना छनौट लगायतका विषयमा ध्यान दिन उनीहरुले सुझाव दिए । छलफलमा प्रदेशसभा सदस्यहरु मुनु सिग्देल, नरोत्तम बैद्य, न्हुच्छेमान श्रेष्ठ, विराजभक्त श्रेष्ठ, विजुला बर्मा, रिना गुरुङ, रिता माझी, बुद्धिमान माझी लगायतले प्रदेश सरकारको नीति तथा कार्यक्रमले समृद्धिको खाकालाई अमूर्त रुपमा भन्दा पनि ठोस ढंगले प्रस्तुत गर्नुपर्नेमा जोड दिएका थिए । सभामा उठेका प्रश्नहरुको जवाफ दिंदै मन्त्री ढुंगेलले सुझावलाई समेट्ने प्रतिवद्धता व्यक्त गरे । उनले प्रदेशका सम्पूर्ण राजनीति दलका घोषणा पत्र र सहश्राव्दी विकास लक्ष्यमा उल्लेख भएका विषयबस्तुलाई केन्द्रमा राखेर नीति तथा कार्यक्रम आउनेमा ढुक्क हुन आग्रह गरेका थिए ।

यता, प्रदेशसभामा शुक्रबार प्रदेशसभा सदस्यहरुले धारणा राख्दै हिड्न थालेपछि प्रदेशसभा बैठकका कुर्सीहरु खालि भएका थिए ।  विनियोजन विधेयक माथि धारणा राख्ने विभिन्न दलका प्रदेशसभा सदस्यहरु हिड्न थालेपछि गणपुरक संख्या नपुग्ने देखिएको थियो । गणपुरक संख्या नै नपुग्ने देखिएपछि सबै दलका प्रमुख सचेतक र सचेतकहरुले बैठकमा बाँकी रहेका प्रदेश सदस्यहरुलाई नबाहिरिन आग्रह गरेका थिए । आगामी दिन यस्तो हुन नदिने नेकपा एमालेका प्रमुख सचेतक रामेश्वर फुँयालले प्रतिक्रिया दिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
हानेपा बागमती प्रदेश सरकारमा सहभागी, पर्यटन मन्त्रीको शपथ
IMG-20240328-WA0017-1711631837.jpg

१५ चैत, हेटौंडा । दुई दिन अघि समर्थन फिर्ता लिएको हाम्रो नेपाली पार्टी बागमती प्रदेश सरकारमा सहभागी भएको छ...

ईलाम-२ बाट राप्रपाले गुरूङलाई उठाउने
laxmi-1711609723-1711620301.jpg

१५ चैत, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले इलाम २ मा प्रतिनिधि सभा निर्वाचनमा  लक्ष्मी गुरुङलाई...

राष्ट्रियसभा उपाध्यक्ष अर्यालद्वारा राजीनामा
Screenshot_20240328_15363-1711619508.jpg

१५ चैत, काठमाडौं । राष्ट्रियसभाका उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा दिएकी छिन् । बिहिबार...

नेपाली बजारमा सुनचाँदीको मूल्यो बढ्यो
silver-gold_2019122207002-1711604898.jpg

१५ चैत, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य बढेको छ । बुधबारको तुलनामा बिहीबार सुन तोलामा ११ सय रूपैयाँ बढेको हो...

सुदूरपश्चिमका दुई विना विभागीय मन्त्रीलाई जिम्मेवारी
Screenshot_20240328_10254-1711600857.jpg

१५ चैत, हेटौंडा । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नागरिक उन्मुक्ति पार्टीका दुई विना विभागीय...

बागमतीमा हल्कादेखी मध्यम वर्षाको सम्भावना
Screenshot_20230619_06472-1711592881.jpg

१५ चैत, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। देशभर आंशिकदेखि साधारणतया बदली...

नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’ बिच प्रतियोगिता हुँदै
20240328_080703-1711592553.jpg

१५ चैत, काठमाडौं । नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’ बिचको पहिलो टी-२० क्रिकेट प्रतियोगिता हुँदैछ । खेल...

एसईई आजबाट सुरु, मकवानपुरमा २६ परीक्षा केन्द्र
Neb-1609301848-1711589219.png

१५ चैत, हेटौंडा। यस वर्षको माध्यमिक शिक्षा परीक्षा(एसईई) आजबाट सुरु हुँदैछ। एसईई परीक्षामा देशभरबाट ५ लाख ४ हजार...

योजना छनौटमा नगरवासीसँग छलफल गर्दै हेटौंडा
ff-1711588259.jpg

१५ चैत, हेटौंडा । हेटौंडा उपमहानगरपालिकाकी मेयर मिना लामाले आगामि आर्थिक बर्षको योजना निर्माण गर्दा शिक्षा र...

थप समाचार