५ जेठ, हेटौंडा । नेपाली काँग्रेसका केन्द्रीय केन्द्रीय एवं पूर्व बनमन्त्री शंकर भण्डारीले हिजो भएको कम्युनिष्टहरुको बाम एकता २ वर्षपनि नटिक्ने बताएका छन् ।
नेपाल विद्यार्थी संघ वन विज्ञान अध्ययन संस्थान हेटौंडा ईकाई आयोजनामा भएको नेविसंघको वार्षिक मुखपत्र सुनगाभा विमोचन कार्यक्रममा शनिबार बोल्दै प्रमुख अतिथि भण्डारीले नेपालका कम्युनिष्टहरुको विगतमा पटकपटक नारी छामिसकेकोले यो एकता २ वर्षपनि नटिक्ने दावी गरे । कम्युनिष्टहरुको सिद्धान्त नै उग्रता, उदण्डता र अराजकता भएकाले कहिल्यै विश्वास गर्न नसकिने बताएका छन् । केन्द्रीय सदस्य भण्डारीले भने–यिनीहरु भनेका खहरे खोला जस्तै हुन् बर्खामा एकदिन आएर विनाश मात्रै गर्छन्, अरुबेला कमिलो हिड्छ ।
नेपाली काँग्रेस मकवानपुरका सभापति एवं ३ नम्बर प्रदेश संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँले काँग्रेस ईतिहास भएको पार्टी भएकाले ईतिहासको कुरा गर्दा कसैलाई टाउको दुख्न नहुने बताए । कम्युनिष्टहरु बारम्बार काँग्रेस ईतिहासको मात्रै कुरा गर्छ ? भन्दै हिडेको सुनेकाले काँग्रेसले ईतिहासमा पनि धेरै काम ग¥यो, बर्तमान र भविष्यमा पनि धेरै लोकप्रिय र जनतामुखी काम गरिरहेको र गर्ने बताउँदै हिजो बन्दुकमा विश्वास गर्नेलाई ब्यालेटमा ल्याउने, संविधान जारी गर्ने र मधेशलाई मिलाउँदै आफू हारेर पनि लोकतन्त्रलाई बचाउन तीनै चरणको निर्वाचन सफलतापूर्वक सम्पन्न गर्ने काम काँग्रेस नेतृत्वले गरेका कारण काँग्रेसले ईतिहास, वर्तमान र भविष्य सबैको कुरा गर्ने बताए ।
ईकाई सभापति पंकजकुमार ठाकुरको सभाध्यक्षतामा भएको बार्षिक मुखपत्र सुनगाभा बिमोचन कार्यक्रममा अतिथिहरु नेविसंघ उपाध्यक्षद्वय रामप्रसाद अधिकारी र पवनकुमार यादव, काँग्रेस मकवानपुरका उपसभापति विष्णुप्रसाद लामिछाने, प्रमूख सल्लाहकार माईकल रामचन्द्र अर्याल, कोषाध्यक्ष गोपीलाल विश्वकर्मा, प्रवक्ता प्रदिप कोईराला, नगर सभापति आनन्दराम पराजुली, तरुण दल अध्यक्ष ईश्वर पाठक, क्याम्पस प्रमूख कृष्णप्रसाद दाहाललगायतले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा स्मारिका विमोचनसंगै विशिष्ठ अतिथि बानियाँलाई सम्मानपत्र, नयाँ विद्यार्थीलाई स्वागत, पूर्व विद्यार्थीहरुलाई सम्मान र सुनगाभा प्रकाशनमा सहयोग गर्ने विभिन्न संघसंस्था तथा व्यक्तिलाई मायाको चिनो वितरण गरिएको थियो ।
७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...
६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...
६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...
६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...
६ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....
६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...
५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...
५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...
५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
२४ भदौ, हेटौंडा । जेनजी आन्दोलनका क्रममा मकवानपुरको भीमफेदी कारागारबाट फरार भएका १२२ जना कैदीबन्दी अझै फरार छन्...
२५ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
२५ भदौ, हेटौंडा । नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि छनोट भएको छ । आज भएको एसीसी प्रिमियर कप सेमिफाइनलमा...
२५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
२५ भदौ, हेटौंडा । मकवानपुरमा रहेका श्रीकृष्ण प्रणामी समुदायबाट प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा ५ लाख...
२६ भदौ, हेटौंडा । नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति...
२६ भदौ, हेटौंडा । कुशेऔँशी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने...
२८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...


















