Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

समाज

मकवानपुरको क्रसरमाथि प्रहरीको एक्सन, क्रसर र फिरफिरे बन्द

जुनसुकै अवस्था आएपनि यो अभियान नरोकिने :एसपी श्रेष्ठ

20180520_215049-1526833707.jpg

सुनिल शिवाकोटी 

६ जेठ, हेटौंडा । र्भखरै मकवानपुर सरुवा भएर आएका प्रहरी उपरिक्षक –एसपी लोकेन्द्र श्रेष्ठ र प्रहरी टोलीले जिल्लामा देखिएका अपराध र जुवाताज, घरेलु मदिरा नियन्त्रणमा उल्लेखिय भुमिका देखाईरहेका  अवस्थामा एसपी श्रेष्ठले  जिल्ला समन्वय समितिका पदाधिकारी  स्थानिय प्रशासनको मिलेमहतोमा नबिकरण नभई  अवैध रुपमा मकवानपुरका विभिन्न भागमा  संचालीत क्रसर उद्योगहरु एक्लो प्रयासमा बन्द गरेका छन ।

अघिल्लो महिनामा  मात्रै मकवानपुर सरुवा भएर आएका प्रहरी उपरिक्षक –एसपी लोकेन्द्र श्रेष्ठले  दर्ता र नविकरण विना  अवैद्य रुपमा संचालित  क्रसर उद्योग बन्द गर्न शक्रियता बढाएका हुन ।  
प्रहरी उपरिक्षक श्रेष्ठले   जिल्ला समन्वय समितिका पदाधिकारी  र स्थानिय प्रशासनको मिलेमतोमा  विना दर्ता र नविकरण नगरी मापदण्ड विपरीत  मकवानपुरका विभिन्न भागमा संचालित क्रसर उद्योग बन्द गराउने अभियानमा लागी परेको प्रस्ट खबरलाई प्रस्ट पारे ।  

उनले  सवै क्रसर उद्योगका दर्ता र नविकरणको कागजातहरु ल्याउन निर्देशन दिइएको बताउँदै कानुन अनुसार उद्योग संचालन गर्न  पाईन्छ तर गैर कानुनी ढंगले विना दर्ता र नविकरण  क्रसर उद्योगहरु संचालन गर्न नमिल्दैन भन्दै आफु त्यो अभियानमा लागेको बताए ।  उनले क्रसरहरुले जथाभावी खोला उत्खन्न गरी गाउ बस्ती जोखिमा परेको   जनगुनासो आएकोले प्रहरीले आङ्खनो अधिनमा रहेर सो कार्य गरेको बताउदै उनले भने-'सरुवा संग मलाई मतलब छैन प्रहरी हु देशको जुनसुकै कुनामा पुगौला तर जस्तो सुकै अवस्था आएपनि यो अभियानबाट पछि नहटने बताए   । 
एसपी श्रेष्ठले  बकैयाको हात्तिसुढे , हेटौंडा-१४ मयुरधाप, हेटौंडा १६ हटिया र त्यस आसपासका क्षेत्रमा  रहेको बालुवा उत्पादन गर्ने फिरफिरे उद्योग हाललाई बन्द गरिएको र अवैध रुपमा संचालनमा रहेका  उद्योग बन्द गर्न हाल प्रकृयामा  रहेकोले  कागजपत्र संकलन भईरहेको बताए । 

यता केही दिन अघि खोला उत्खनन्को बिषयमा स्थलगत अनुगमन समितिले नबिकरण नभएका क्रसर उद्योगहरु बन्द गर्नुपर्ने, क्रसर उद्योगमा थुपारीएका ढुङगा, गिट्टी, वालुवाहरु जफत गर्नुपर्ने, क्रसर उद्योगमा नदिजन्य सामाग्रीहरु लैजान नपाउने भनेर प्रतिबेदन स्थानिय प्रशासनलाई दिएको भएता पनि सो कार्यले प्रथमिकता नपाए पछी अख्तियार दुरुपयोग अनुसन्धान आयोगको  क्षेत्रिय हेटौंडा कार्यालयले जिल्ला समन्वय समितिका समन्वय अधिकारीमाथी  अनुसन्धान गरिरहेको बुझिएको छ  ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
हेटौंडा ७ न्युरेनीमा बिच सडकमै पल्टियो सुमो
FB_IMG_1716049899279-1716050350.jpg

५ जेठ, हेटौंडा। कान्तिलोकपथ अन्तर्गत हेटौंडा-७ न्यूरेनीमा टाटा सिमो दुर्घटना भएको छ। भर्खरै प्राप्त जानकारी...

कांग्रेस हेटौँडाको बैठक, क्रियाशील सदस्यता वितरणलाई व्यवस्थित गरिने
Screenshot_20240518_18062-1716035241.jpg

५ जेठ, हेटौंडा। नेपाली कांग्रेस हेटौंडा नगर कार्य समितिको बैठक शनिबार बसेको छ। नगर सभापति उत्सव इटेनीको...

कान्तिलोकपथमा फेरी अर्को दुर्घटना, दुईजना घाइते
105389346-1716032888.jpg

५ जेठ, हेटौंडा । कान्तिलोकपथमा अन्तर्गत भिमफेदी-८ कालोपहिरोमा फेरी अर्को दुर्घटना भएको छ। शनिबार बिहान लोकपथ...

पत्रकार गौतम १५ औँ डी सिने अवार्डमा पुरस्कृत
Screenshot_20240518_16543-1716030600.jpg

५ जेठ, हेटौंडा । मकवानपुरे पत्रकार मणिराज गौतम १५ औँ डी सिने अवार्डमा पुरस्कृत भएका छन्। शुक्रबार आयोजित...

राष्ट्रिय राजनीतिमा तमासा भइरहेको छ: नेपाल
1587471088-1716026918.jpg

५ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले राष्ट्रिय...

कान्तिलोकपथ कार दुर्घटना: दुईजनाको मृत्यु (अपडेट)
For-representation-only-1716013929.jpg

५ जेठ, हेटौंडा। शनिबार बिहान कान्तिलोकपथमा अन्तर्गत मकवानपुरको बकैया-१२ मा भएको कार दुर्घटनामा घाईते भएका...

खोकनामा भएको चोरीमा संलग्न ६ जना पक्राउ
Screenshot_20240518_12175-1716013982.jpg

५ जेठ, ललितपुर । ललितपुर महानगरपालिका–१२ खोकनामा भएको चोरीमा संलग्न ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ...

कान्तिलोकपथ दुर्घटना अपडेट :घाइतेहरूको पहिचान खुल्यो
IMG-20240518-WA0000-1716008445.jpg

५ जेठ, हेटौंडा। कान्तिलोकपथमा अन्तर्गत मकवानपुरको बकैया-१२मा भएको कार दुर्घटनामा घाईतेहरुको पहिचान खुलेको...

हेटौंडा १ को वनदेवी-शिखरकोटमा स्लाव ढलानको शुरुवात
FB_IMG_1716005325284-1716005464.jpg

५ जेठ, हेटौंडा। मकवानपुरको हेटौँडा  उपमहानगरपालिका वडा नम्बर १को   विकट मानिएको घ्याङ्सिङटार जोड्ने...

थप समाचार