७ जेठ, हेटौँडा । ३ नम्बर प्रदेशका मूख्यमन्त्री डोरमणी पौडेलले संघीयता कार्यान्वयनको जिम्मेवारी स्थानीय तह र प्रदेश सरकारमा बढि रहेको भन्दै जनप्रतिनिधिले जिम्मेवार भएर काम गर्नुपर्ने बताएका छन् ।
स्वच्छ र भ्रष्टाचारमुक्त प्रशासनका लागि सबैभन्दा पहिला जनप्रतिनिधिबाट शुरुवात हुनुपर्ने उनको भनाई थियो । उनले लामो समयपछिको संघर्षबाट संघीयता कार्यान्वयनमा आएको भन्दै प्राप्त उपलव्धीको संरक्षण गर्नु आवश्यक रहेको बताए । ३ नम्बर प्रदेश मूख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालयको आयोजनामा आजदेखि हेटौँडामा शुरु भएको प्रदेश समन्वय परिषद् बैठकमा बोल्दै उनले जनताको मतबाट विजयी जनप्रतिनिधिले सेवा सुविधामात्रै ध्यान दिए मतको अपमान हुनेतर्फ सचेत रहनुपर्ने बताए ।
उनले सानातिना योजनामा बजेट हालेर चित्त बुझाउने प्रवृत्तिको अन्त्य गर्दै काम गरेको देखिने गरी बजेट विनियोजनमा जोड दिनुभयो । कार्यक्रममा ३ नम्बर प्रदेशका मन्त्रीहरु शालिकराम जम्कट्टेल, कैलाश ढुंगेल, दावा दोर्जे लामा, प्रमुख प्रतिपक्षी दलका नेता ईन्द्रबहादुर बानियाँले स्थानीय तह जनताको पहिलो सरकार भएकोले जनताले महसुस हुने गरी काम गर्नुपर्नेमा जोड दिएका थिए ।
प्रदेश सरकार गठन भएपछि पहिलो पटक भएको प्रदेश परिषद बैठकमा ३ नम्बर प्रदेशका १ सय १९ स्थानीय तहका प्रमुख र उपप्रमुखको सहभागिता रहेको छ । मंगलबारसम्म संचालन हुने बैठकको उद्घाटन ३ नम्बर प्रदेश मूख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालयका मूख्य सचिव रेश्मीराज पाण्डेको अध्यक्षतामा भएको थियो ।
हेर्नुहोस् भिडियो
७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...
६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...
६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...
६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...
६ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....
६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...
५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...
५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...
५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
२४ भदौ, हेटौंडा । जेनजी आन्दोलनका क्रममा मकवानपुरको भीमफेदी कारागारबाट फरार भएका १२२ जना कैदीबन्दी अझै फरार छन्...
२५ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
२५ भदौ, हेटौंडा । नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि छनोट भएको छ । आज भएको एसीसी प्रिमियर कप सेमिफाइनलमा...
२५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
२५ भदौ, हेटौंडा । मकवानपुरमा रहेका श्रीकृष्ण प्रणामी समुदायबाट प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा ५ लाख...
२६ भदौ, हेटौंडा । नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति...
२६ भदौ, हेटौंडा । कुशेऔँशी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने...
२८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...


















