७ जेठ, हेटौँडा । ३ नम्बर प्रदेश प्रमुख प्रतिपक्ष दलका नेता एवं नेपाली कांग्रेस संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँले डोको र बेल्चा बोकेर समृद्धि आउँछ ? भन्दै प्रदेश सरकारको कटाक्ष गरेका छन् ।
हेटौँडामा सोमबारदेखि शुरु भएको ३ नम्बर प्रदेश समन्वय परिषद बैठकमा बोल्दै नेता बानियाँले विकास निर्माणको काम तिब्र गतिमा भईरहेको अहिलेको समयमा नदिजन्य कच्चा पदार्थ उत्पादन गर्ने क्रसर उद्योग बन्द गरेर विकास सम्भव नरहेको भन्दै डोको र बेल्चाको भरमा अहिलेको युगमा विकास नहुने बताए । विकासका लागि आवश्यक ढुंगा, गिटि र बालुवाको अभावमा काम गर्ने अवस्था नरहेको भन्दै उनले निर्माण व्यवसायीलाई थुनेर कागज गर्दैमा विकास नहुने दावि गरे ।
‘ढुंगा, गिटि र बालुवा उत्पादन गर्ने क्रसर बन्द गर्ने, अनि निर्माण व्यवसायीलाई थुनेर कागज गराउने ?’–उनले भने–‘यस्तो तरिकाले कसरी विकास हुन्छ ?’ विधिवत रुपमा संस्था दर्ता गरेर सेवा दिईरहेका संस्थाको खाता बन्द गरेको प्रति पनि उनले आपत्ति जनाए । सरकारले अपराधीलाई जस्तो व्यवहार गर्दै यातायातसंग सम्बन्धित संस्थाको खाता बन्द गर्नु गैरजिम्मेवारपूर्ण व्यवहार भएको बाँनियको भनाई छ । उनले देश कानून अनुसार चल्नुपर्नेमा जोड दिए । सिण्डिकेट वा कार्टेलिङ गर्नेलाई कानून अनुसार नै कारवाही गरिनुपर्ने भन्दै उनले सबैलाई एकै ढंगले हेर्न नहुने बताए ।
उनले विकासमा नेपाली कांग्रेस प्रतिपक्षमा नरहने बताउँदै प्रदेश सरकारको साथका लागि तयार रहेको बताए । तर कानून र विधिको शासनको वेवास्ता गर्दै आफु खुशी चले चुप लागेर नबस्ने समेत उनको भनाई थियो । जनताको पहिलो सरकार स्थानीय तह भएकाले सबैले जनताको हितलाई प्राथमिकतामा राखेर काम गर्नुपर्नेमा बानियाँले जोड दिए । ३ नम्बर प्रदेशलाई मानवताको प्रदेश बनाउन सबैको सहयोग आवश्यक रहेको उनको भनाई थियो ।
७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...
६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...
६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...
६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...
६ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....
६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...
५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...
५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...
५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
२४ भदौ, हेटौंडा । जेनजी आन्दोलनका क्रममा मकवानपुरको भीमफेदी कारागारबाट फरार भएका १२२ जना कैदीबन्दी अझै फरार छन्...
२५ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
२५ भदौ, हेटौंडा । नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि छनोट भएको छ । आज भएको एसीसी प्रिमियर कप सेमिफाइनलमा...
२५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
२५ भदौ, हेटौंडा । मकवानपुरमा रहेका श्रीकृष्ण प्रणामी समुदायबाट प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा ५ लाख...
२६ भदौ, हेटौंडा । नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति...
२६ भदौ, हेटौंडा । कुशेऔँशी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने...
२८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...

















